काठमाडाैँ - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेलमुक्त भएका छन् ।
स्वास्थ्यसम्बन्धी समस्याका कारण उनलाई जेलमुक्त गरिएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग डीसीएसले जनाएको छ । पूर्व राष्ट्रपति जुमाले सामुदायिक सुधारका काम गर्ने सर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ ।
सहमति अनुसार जेलबाहिर रहँदा पनि उनले सर्तहरूको पालना गर्नुपर्नेछ । अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपति जुमाले गएको जुलाईदेखि जेल सजाय भोग्दै आएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...