एजेन्सी- दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) ले जनाएको छ ।

कोरोना महामारी : दक्षिण अफ्रिकाको अवस्था सुधार हुँदै « News24 : Premium  News Channel

डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, “पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने शर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ । यसकारण जेलबाहिर रहँदा पनि उहाँले विशेष शर्तहरूको पालना गर्नुपर्नेछ र उहाँको सजाय समाप्त नभएसम्म उहाँ सुरक्षा अनुगमनको घेराभित्र रहनुपर्नेछ ।”

“यदि कुनै अपराधीले स्वास्थ्यका कारण जेलबाट मुक्त हुँदा गरेका बाचाहरू पालना गरेन भने उसलाई पुनः बाँकी जेलसजाय भुक्तान गर्नुपर्ने हुन्छ ।” नक्सुमालोले जुमाले पालन गर्नुपर्ने शर्तहरूबारे भने बताएनन् । उनले भने, “जुमाको पुनः गल्ती हुने सम्भावना कम छ ।”

अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपतिले जुलाईदेखि ‘एस्टकोर्ट करेक्सनल सेन्टर’मा १५ महिनाको जेल सजाय भोगिरहेका थिए । जुमाले हालै एक शल्यक्रिया गरेको बताइएको छ तर यो के सम्बन्धी उपचार थियो भन्नेबारे जानकारी गराइएको छैन ।

एनक्सुमालोले बताएअनुसार घातक रोग लागेका र शारीरिक तवरमा अक्षमता भएका वा आफ्नो दैनिक क्रियाकलाप वा आत्म–सेवालाई अत्यन्तै सीमित गर्ने रोगबाट पीडित कैदीहरूलाई पनि चिकित्सा उपचारको लागि विचार गर्न सकिन्छ ।

उहाँले थपे, “सबै आवश्यक कुराहरू पूरा गरेमा सजाय पाएका सबै अपराधीहरूको लागि ‘चिकित्सा परोल’ राख्नु एउटा विकल्प हो भनेर हामी दोहोर्याउन चाहन्छौं । हामी सबै दक्षिण अफ्रिकीहरूलाई श्री जुमालाई चिकित्सा उपचार गरिरहँदा सम्मान प्रदान गर्न आग्रह गर्छौं ।”

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार