एजेन्सी - तालिवानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जशिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । तर, तालिवानको दाबीलाई अफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ । विगत चार दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ । 

तालिवानले पन्जशिरमा विजय हासिल गरेको भन्दै अफगानिस्तान अब युद्धको दलदलबाट बाहिरिएको दाबी गरेका छन् । ‘विजयसँगै हाम्रो देश युद्धको दलदलबाट बाहिर निस्किएको छ,’ तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले भने ।

तर, फोर्सले भने तालिवानको दाबी अस्वीकार गर्दै युद्ध जारी राख्ने जनाएको छ । अहिले रणनीतिक ढंगले युद्ध जारी रहेको भन्दै फोर्सले भनेको छ, ‘तालिवानविरुद्धको युद्ध जारी रहनेछ ।’ यसअघि फोर्सले आफ्नोतर्फ ठूलो क्षति सामना गरेपछि तालिवानसँग शान्तिवार्ताको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको थियो । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार