इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ४ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
६ सेप्टेम्बर अर्थात् आजकै दिन १९९७ मा वेल्स की राजकुमारी डायनाको अन्तिम बिदाइ गरिएकाे थिए ।
३१ अगस्त १९९७ मा राजकुमारी डायनाको कार दुर्घटनामा निधन भयो । दुर्घटनाअघि डायना पेरिसका ठूला व्यापारी मैंन डोडी अल फायेदसँग डिनर गरी फर्किँदै थिइन् ।
दुर्घटना अघि उनको वरिपरि पत्रकार र फोटोग्राफरहरूको भिड थियो । यसैबीच अण्डरपासमा उनको यो दुखद दुर्घटना भयो । घटनामा डोडी र चालकको समेत निधन भएको थियो ।
राजकुमारीको अन्तिम बिदाइको बेला सडकमा लगभग १० लाख मानिस उत्रिएका थिए ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...