चार–पाँच वर्षे यि चार सिंहले पुख्र्यौली भूमि ‘मुम्बो’को ‘डेबुको’ सत्तामा दुई पटक हमला गरिसकेका छन् । दुवै पटक यिनीहरु डेबुकोका सत्ताधारी सिंहहरुद्वारा लखेटिएका छन् । तर, यिनीहरु फेरि तत्कालै अर्को हमला गर्ने तयारीमा छन् ।
यो नयाँ सिंहहरुको समूह ‘मोपोरोटा’ ग्याङ हो । यदि यिनीहरु मोपोरोटा सत्तामा जन्मिएका भए, ‘लेपिङकारा’ सिंहका छोराहरु हुन् । अनि नजिकैको ‘माटाटा’ सत्तामा जन्मिएका भए ‘रुमुजाटा’ लगायत लेपिङकाराकै भाइहरुका छोराहरु हुन् ।
डेबुको सत्ता पनि तिनकै पिताहरुको सत्ता थियो कुनै दिन । अहिले त यि ‘मोपोरोटा’ दाजुभाइहरुका बुवाहरु पनि बेपत्ता भइसकेका छन् । आमाहरु पनि छिन्न–बिन्न भएर कहाँ–कहाँ पुगिसकेका छन् ।
तर, यस्तो लाग्छ यो ‘मोपोरोटा’ ग्याङ फेरि कडा चुनौति साथ मुम्बोमा दावि गरिरहेका छन्, ‘यो हाम्रा पुर्खाको भूमि हो ।’
(एजेन्सीको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...