काठमाडाैँ - अमेरिकाको वासिङ्टन डीसीमा भएको गोली काण्डमा परि कम्तीमा तीन जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते समेत भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । 

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिवार बेलुका साढे सात बजेतिर गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । घटनाका बारे प्रहरीले ट्विटरमार्फत विज्ञप्ति समेत जारी गरेको छ । 

आक्रमणबाट तीन जनाको ज्यान गएको छ र तीन जना घाइते भएकाे र उनीहरूको अवस्था सामान्य रहेको डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ ।



डीसी प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, संदिग्धहरू एक्कासि गाडीबाट बाहिर निस्किए र शनिवार राति मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

ज्यान गुमाउने सबै वयस्कहरू हुन् । प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार