मेलिसा फुङ
खासमा म यो कथा सुनाउन कहिल्यै चाहन्न थिएँः
हामी फेबुवरी, २०२०मा अमेरिकाले तालीबानसँग शान्तीवार्ता गरेएता अफगानिस्तानमा मारिएका महिलाबारे छानबिन गरिरहेका छौँ । र, त्यसयता अफगानिस्तानमा महिला हत्याको दर निरन्तर बढीरहेको छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार, यो वर्षको शुरुवाती ६ महिनामा २१९ जना महिला मारिएका छन् । २०२० को यही अवधिमा १३८ जना मारिएका थिए ।
तर, एकदमै न्युनले मात्रै यी हत्याको जिम्मा लिएका छन् । जुलाइमा हामी मारिएका महिलाको जीवनलाई बुझ्न दुई हप्ता अफगान राजधानी काबुलमा बस्यौँ । प्रशासनबाट जवाफ पर्खिरहेका त्रसित आफन्त महिलाहरूसँग कुराकानी गर्यौँ ।
तर, मुलुकले लुकाएको कथा हामी तयार गर्दै थियौँ, अफगान राष्ट्रपती देश छोडेर भागे अनि अहिले तालिबानले तिनको ठाउँ लिइसकेका छन् ।
अगस्ट १५, आइतबारको विहान नै साथीहरुबाट मलाई मेसेज आउन थाल्यो, ‘हाम्रो मोहल्ला तालिबानले नियन्त्रणमा लिइसक्यो ।’ ‘उनीहरु हाम्रो मस्जिदमा छन्, बाहिर जानु छ भने हिजाब पहिरिएर जानु भन्दैछन् ।’ ‘म घरमै छु, बन्दुक पड्केको सुनिरहेको छु, केही नहोस् भनेर प्रार्थना गरिरहेको छु ।’
तिनको त्रास स्वाभाविक थियो । अनि शान्तीपुर्वक सत्ता लिने भन्दै तालिबान नेताहरु विश्वलाई नै आश्वस्त पार्दै थिए ।
मे, २०२१मा ७० भन्दा बढी छात्राहरुलाई विद्यालयबाट घर फर्कदा बमले उडाएर मारियो । जनवरी २०२१मा दुई महिला न्यायधिशलाई काबुलमा गोली हानियो । डिसेम्बर, २०२०मा एक महिला पत्रकारलाई जलालबादमा कामबाट घर फर्कदै गर्दा बाटोमा गोली हानेर मारियो । यस्ता हत्याका फेहरिस्त लामा छन् ।
महिलाको भविष्य नियतितिर धकेलिएको छः
मैले २००६ बाट अफगानिस्तानलाई नजिकबाट चिनेकी हुँ । यहाँ नाटोको फौज आइसकेको पाँच वर्षपछि क्यानेडियन फोर्ससँगै म कान्दाहर विमानस्थलमा झरेकी थिएँ । म यहाँका महिलाहरु के गरिरहेका छन् भनेर जान्न चाहन्थेँ । किनकी अफगान युद्धले हामी महिलालाई ‘हामी तिमीहरुलाई तालिबानको कठोर शासनबाट मुक्ति दिलाउँछौँ’ भन्दै गुलियो सपना बाडेँको थियो ।
यति वर्षका दौरान मैले स–सना बालिकाहरु किसोरीमा बदलिएको देखेँ, किशोरीहरूले परिपक्क महिला बन्दै प्रोफेसनल जीवन समातेको देखेँ । आफ्नो भाग्य आफैँ निर्माण गरिरहेका महिलाहरुलाई देखेँ ।
म विद्यालयहरुमा गएँ, अझै पनि छात्राहरूले विद्यालयमा भोगिरहेका समस्या तथा तिनका समाधानका बारेमा रिपोर्टिङहरु गरेंँ । मैले रंगशालामा महिला खेलाडीले फुटबल खेलेको हेरेंँ । यिनै रंगशालामा कुनै दिन ‘चारित्रिक दोष’ देखाएर तालिबानहरू महिलाहरुलाई फासीँ दिने गर्थे ।
अफगान हजरआमा र नातिनी । फोटोः अल जजिरा
मैले साच्चिकै गजबका महिलाहरु भेटें जसलाई मेरा साथी भन्दा साँच्चै गर्व लागेर आउँछ । उनीहरू महिलालाई अझै सुरक्षित बनाउने कानुन निर्माण गर्न दवाव दिनेहरू थिए, सामुदायिक नेत्तत्व प्रदान गर्ने प्रहरी अधिकृतहरू थिए, अनि सरकारलाई जवाफदेही बनाउन अहोरात्र खटिने पत्रकारहरू थिए ।
२० वर्ष र अरबौं रकम कसैले नाश भएको ठान्छ भने त्यसले कम्तिमा बुझोस् कि अफगान महिलाहरूको एक पुस्ता शिक्षित भएर निस्किएको छ, सक्षम भएर निस्केको छ र आफ्नो भविष्य र सपना आफैँ निर्माण गर्ने सामर्थ्य बोकेर निस्केको छ ।
तर, त्यसयता भने उनीहरू मारिन थालेका छन् । मे, २०२१ मा ७० भन्दा बढी छात्राहरूलाई विद्यालयबाट घर फर्कँदा बमले उडाएर मारियो । जनवरी २०२१ मा दुई महिला न्यायधीशलाई काबुलमा गोली हानियो । डिसेम्बर, २०२०मा एक महिला पत्रकारलाई जलालबादमा कामबाट घर फर्कँदै गर्दा बाटोमा गोली हानेर मारियो । यस्ता हत्याका फेहरिस्त लामा छन् । अनि तिनको बारेमा छानबिन भएको र दोषी पक्राउ परेका घटना भने एकदमै न्युन छन् ।
खासमा हामीले भन्न खोजेको कथा चाहिँ यो थियोः
हामीले आवश्यक डकुमेन्ट्री खिचेर काबुल छोडेको केही समयपश्चात नै तालिबानले मुलुकभरी नै दबदबा बनायो । प्रान्तहरूले खासै केही प्रतिकार गरेनन् । तालिबानले सुन्दर निलो मस्जिद भएको हेरात, तिनको गृहक्षेत्र कान्दहार, तालिबान विरोधी शहरका रुपमा चिनिएको मजर–इ–सरिफ जस्ता महत्वपूर्ण शहरहरू नियन्त्रणमा लिइसकेका थिए र काबुलतिर बढेका थिए । त्यसैले यिनलाई काबुल कब्जा गर्न केही समस्या भएन ।
तिनले काबुल कब्जा गरेको दिन, कपडाको पसल अघि पोतिएको एक महिलाको पेन्टिङ्गमाथि एक मान्छेले कालो पोतिरहेको फोटो भाइरल भएको थियो । फोटोले साङ्केतिक रुपमा कसरी अफगान महिलाहरु अस्तित्व मेटाईंदैछ भन्ने देखाउँथ्यो । केही महिना पहिला म त्यही पसल अघिबाट हिँड्दा विवाहको लुगामा सजिएकी अफगान महिलाको आकर्षक पेन्टिङ्ग त्यहाँ देखेकी थिएँ । मलाई लागेको थियो तालिबानहरूले अब फेरि कहिल्यै महिलालाई दबाउन सक्ने छैनन् ।
तर, त्यो पेन्टिङ्गको मुहारमा कालो पोतेको दृश्यले म झसङ्ग भएँ । यसले मलाई विक्षिप्त पनि बनायो । महिलाहरुलाई फेरि मेटाईंदै छ । मलाई लाग्यो यो दुई दशकको अथक परिश्रमद्वारा अफगान महिलाले प्राप्त गरेका सबै उपलव्धि फेरिपनि क्षणभरमै नामेट पारिने छ ।
‘मलाई के हुने हो केही थाहा छैन ।’ ‘हाम्रो लागि प्रार्थना गरिदिनुहोस् ।’ ‘मलाई एकदमै डर लागेको छ ।’ यो तालिबानका कारण अफगान महिलाले मसँग ब्यक्त गरेको खास त्रासदी हो । यो विगतको उत्पिडन र अत्याचारको अन्धकार युगमा फेरि फर्कनुपर्छ कि भन्ने त्रासदी हो । आफ्नो भविश्य र भाग्य आफैँ लेख्न पाउने स्वतन्त्रता सकिएला कि भन्ने त्रासदी हो । अब, सपना देख्ने दिन सकिने हुन् कि भन्ने त्रासदी हो ।
हाम्रो लागि कामना गरिदिनुस्ः
तालिबानहरु अहिले भन्दैछन् कि उनीहरू समावेशी ढंगले शासन चलाउनेछन् । महिलाई पनि सरकारमा सामेल हुन आग्रह गर्दैछन् । ‘सारिया कानुनले निर्धारण गरे अनुरुप’ महिलाहरुले पनि काम गर्न पाउनेछन् भनेर उनीहरु भनिरहेका छन् ।
अफगान स्कुलका बालिका । फोटोः अल जजिरा
तर, अधिकांश महिलाहरु विश्वस्त छैनन् । तिनीहरुले तालिबानले महिलाई सार्वजनिक रुपमा नाङ्गेझार पारेर पिटेको देखेका छन् । तिनले महिलालाई बुर्का पहिरिन तथा विद्यालय नजान बाध्य पारेको देखेका छन् । त्यसैले त यस्ता मेसेज आउने क्रम जारी छः
‘मलाई के हुने हो केही थाहा छैन ।’ ‘हाम्रो लागि प्रार्थना गरिदिनुहोस् ।’ ‘मलाई एकदमै डर लागेको छ ।’
यो तालिबानका कारण अफगान महिलाले मसँग व्यक्त गरेको खास त्रासदी हो । यो विगतको उत्पिडन र अत्याचारको अन्धकार युगमा फेरि फर्कनुपर्छ कि भन्ने त्रासदी हो । आफ्नो भविष्य र भाग्य आफैँ लेख्न पाउने स्वतन्त्रता सकिएला कि भन्ने त्रासदी हो । अब, सपना देख्ने दिन सकिने हुन् कि भन्ने त्रासदी हो ।
मेले चिनेजानेका धेरै महिलाहरू अहिले तालिबानले समात्ला कि भनेर लुकेर बसिरहेका छन् । मुलुक छोड्न मैले केही गर्न सक्छु कि भनेर सहयोग मागिरहेका छन् । केहीले त पहिल्यै अफगानिस्तान छोडिसकेका छन् । थाहा छैन फेरि मुलुक फर्कने दिन आउने हो कि होइन ।
रहेकामध्ये पनि धेरैले डरलाग्दो खतरा निम्तिरहेको देखिरहेका छन्, जो हिजो निडर जिन्दगी बाँचिरहेका थिए । म कहिल्यै अफगानिस्तान छोडेर जाने छैन भनेर मलाई सुनाउने एक निडर महिलाले हालसालै मलाई पठाएको मेसेज यस्तो छः
‘अब के हुने हो भनेर म एकदमै त्रसित छु । म मेरी छोरी यस्तो ठाउँमा हुर्कियोस् भन्ने चाहन्न । परिस्थिति झन्–झन् भयावह हुँदैछ ।’ यि सबैलाई सम्झिएर आउँदा मेरो पनि मन भारी हुन्छ । तिनले गुमाउँदै गरेको तिनको घर, तिनका सपना र तिनको भविष्यलाई लिएर म दुःखी हुन्छु ।
अनि मैले माया गरेको मुलुकको भविष्यलाई लिएर मलाई पीडाबोध हुन्छ । गत महिना मैले काबुल छोड्दै गर्दा मलाई कता–कता लागेको थियो, म फेरि यसरी यो भूमिमा फर्किएर आउन नपाउन सक्छु । नभन्दै अहिले मलाई ज्ञात छ – धेरै थोक बदलिसकेको छ । र, यो कथा मलाई कहिल्यै सुनाउन मन थिएन ।
अल जजिराबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...