अफगानिस्तान छोड्न नचाहने एक अफगान–क्यनेडाली महिलाको कथा

-नदिमा

अगस्ट १५, २०२१मा तालिबानले अफगान राजधानी काबुलमा कब्जा जमायो र २० वर्ष पछि फेरि मुलुकलाई आफ्नो नियन्त्रणमा लियो । त्यसयता हज्जारौं नागरिकले अफगानिस्तान छोडिसकेका छन् । तिनलाई त्रास छ कि फेरी १९९०को दशकमा झै तालिबानको कठोर शासन झेल्नपर्छ । अनि छोरीमान्छेहरुले लेखपढ तथा कामकाज गर्न पाउने छैनन् । यद्यपि कोही भने जेजस्तो परिस्थिति आएपनि अफगानिस्तान नछोड्ने भन्दै दृण भएर बसिरहेका छन् । ३८ वर्षिय नदिमाको परिवारले उनी एक वर्षको नाबालिका हुँदै आफगानिस्तान छोडेको थियो । हुर्किसकेकी नदिमा पछि अफगानिस्तान फर्किएकी थिइन् । अहिले पनि अफगान महिलाको भविश्यमा त्रास र अनिश्चितताको बादल मडारिरहेको छ । तरपनि नदिनाले मुलुक छोड्न मानेकी छैनन् । उनको कथा उनकै शब्दमाः

यहाँ अफगानिस्तानमा रहेका मेरा आफन्तहरु तथा साना बहिनीहरुसँग कुरा गर्छु । उनीहरु साँच्चिकै त्रसित छन् । यसले मलाई भाभुक बनाउँछ । तर, म ठीक छु । म कहीँपनि जादैँ छैन । जुनसुकै अवस्था आएपनि म यो ठाउँ छोडर कतै जाने छैन । म यहाँ जन्मिएकी हुँ, र म यहीँ नै गाडिने छु । 

किन ? म तपाईंलाई सुनाउँछु । यो भागदौडको सिलसिला अन्त्य हुनुपर्छ । म सबैलाई मेरा कुरा भन्न सक्दिन । मैले अफगानिस्तान बाहिर रहेका केही साथीहरुलाई म यहीँ नै बस्ने कुरा सुनाएँ । तिनीहरु मेरो कुरा सुनेर अवाक् बने अनि मसँग कुराकानी गर्न नै छोडे । यसले मलाई केही एक्लो पारेको छ । 

मेरा बा–आमा १९८४मा अफगानिस्तान छोडेका थिए जतिबेला म एक वर्षकी थिएँ । उनीहरु पीडैपीडा बोकेर भागेका थिए । मेरी आमाले मलाई सुनाएकी छिन् कसरी उनी पहाडै–पहाड भागेर पाकिस्तान गएकी थिइन्, कुकुरहरुले कसरी तिनलाई खेदेको थियो, उनका खुट्टामा कसरी फोका उठेका थिए ? कैयौ दिन तिनले केही खान पाएका थिएनन् । त्यसमाथि उनीहरु बाटोमा लुटिएका पनि थिए । 

आमाको पिठुयुँमा म दुधे बालिका थिएँ । भोकले रुन्थे रे, अनि त्यस्तो हालतमा मलाई कसरी फुलाउने उनी केही मेलो–मेसो पाउँदिन थिन् रे ! म आमाले सुनाएको त्यतिबेलाको त्यो हन्डरका बारे ठ्याक्कै बताउन सक्दिन । न त आमाको कुरा राम्ररी सुनेर उनलाई ढाडस नै दिन सक्छु । कुरा सुनाउँदै गर्दा उनी भाभुक भइहाल्छिन् । 

पछिल्लो पटक उनले त्यो कथा मलाई सुनाएको १० वर्ष भयो भन्दा पत्यारै लाग्दैन । पहिलोपल्ट हामी क्यानडामा पुनस्र्थापित भइसकेपछि १९९९मा पाकिस्तान भाग्दाको अनुभव आमाले मलाई सुनाएकी थिइन् । पाकिस्तानबाट हामी दुबई गएका थियौं । र, त्यो नयाँ घरमा हामी १४ वर्ष बसेका थियौं । 

म मेरा बा–आमाले भोगेको र खपेको भुक्तमान सुन्दा र जान्दा छक्क परेकी थिएँ । त्यतिबेला म १६ वर्षकी भइसकेकी थिएँ । मेरी आमा मुस्कुराउँदै भन्थिन्, ‘तिमीहरु त भाग्यमानी छौ, प्लेनमा आउन पायौ, खान पायौ । म कसरी भागेकी थिएँ – तिमीहरुलाई थाहा छ ?’

अनि फेरी अर्को पटक पनि आफ्नो घर भत्कने कुराको उनलाई ठूलो डर थियो । ‘भाग्दा–भाग्दा म वाक्क भइसके’ अब कहिल्यै यो क्यानडा चाहिँ नछोडौं भनिरहन्थिन् उनी बुवालाई । अहिले मैले प्रत्यक्ष देखिरहेकी छु उनी त्यत्तिका वर्ष कस्तो त्रासदीबाट गुज्रिएकी थिइन् । 

मलाई अहिले साथीभाइहरुले तिनलाई अब नचाहिने स्टकमा राखेको खानेकुरा पठाइरहेका छन् । अब तिनले सायद कहिल्यै देख्न नपाउने तिनका फूलका बिरुवाहरु हेरचाह गरिदिनु भन्दै मलाई पठाइरहेका छन् । ‘मेरो बिरुवाको राम्रो ख्याल राखिदेउ है’ तिनीहरु भनेका छन् । 

मेरा बा–आमा पनि जतिसक्दो छिटो म यहाँबाट निस्केको देख्न चाहन्छन् । तर एक शब्द पनि प्रतिवाद नगरी उनीहरुसँगै भाग्न बाध्य त्यो एक वर्षे बालिका अब म होइन ।म यो भागदौडको सिलसिला बन्द गर्छु, कम्तिमा बन्द गर्ने कोसिस भएपनि गर्छु । म यहीँ नै बस्नेछु र मेरो सही समय आएपछि भन्नेछु कि यो मुलुकको लागि के गर्नुपर्छ ।

कतिपय मेरा चिनजनका दिदीबहिनीहरुले आफूहरुले विदेशमा किन्न पाउने भन्दै स्किन केयर लगायतका आफ्ना कस्मेटिकका सर–सामान मलाई छोडेर गएका छन् । एक पछि अर्को गर्दै उनीहरुले पनि मलाई छोडेर गएको म हेरिरहेकी छु । 

कुनै दिन म काबुल छोड्न लागेकी साथीका सर–सामान मिलाइदिन र प्याकिङ्ग गर्न ब्यस्त हुन्छु । यस्तो बेला उनीहरु दुःखी हुन्छन् । यस्तै एकपटक सरसामान प्याक गर्दै गर्दा मैले साथीको मुहारमा हेरें अनि भने, ‘के यसरी कसैलाई मुलुक छोड्दै गर्दा सहयोग गर्न पाउनु चानचुने कुरा हो र ?’ जवाफमा उसले मेरो कुरोमा सहमती जनाइ । 

‘आउ एकछिन् रमाइलो गरौं’ मैले उसको मुड ठीक गर्ने कोसिस गरें – ‘तिमी सर–सामान प्याक गर्दैछौ, तिमी अन्त कतै जादैछौ अनि तिमीसँग सुनाउनको लागि एउटा अनुभव हुनेछ । तिमी भागिरहेकी छैनौ, परिस्थितिका कारण मात्र तिमी यो ठाउँ छोड्दैछौ ।’

‘तिमीले मलाई आफ्नो खानेकुरा छोडेर जादैँछौं । मलाई हप्ता दिनलाई पुग्ने खाना भयो, म मेरो घरमा आउनेहरुलाई सहयोग गर्नेछु । म तिनीहरुलाई तिम्रो बारे सुनाउनेछु । यसैगरि म तिमीलाई सम्झिरहने छु – मेरी एउटी साथी थिइ, उसले काबुल छोडी, जानुअघि मैले सर–सामान प्याक गर्न सघाएको थिएँ, उसले मलाई उसका राम्रा–राम्रा कपडा छोडेकी थिइ ।’

मैले उसलाई सामान्य बनाउने कोसिस गरें । भनें, ‘यि सर–सामानहरु केही होइनन्’ । तर, सर–सामानसँग मानिसका सम्झनाहरु गासिएका हुन्छन् । प्रिय मानिसले दिएका वस्तुमा पनि भावना गासिएको हुन्छ । मैले वस्तुमात्र देखेको केही चिज अर्कोको नजरमा वस्तु मात्र नभएको पनि हुन सक्छ । 

अन्तत मैले उसलाई उत्साहित पारेरै छोडे । मैले उसले परिवार र आफन्तलाई छोडेका सर–सामान पनि थन्क्यउँदै थिएँ । मलाई लाग्यो यि सामान उसका आफन्तको लागि एकदमै प्रिय लाग्नेछन् । अनि जब मसँग ति आफन्तहरु उसले छोडेका सर–सामान लिन आए तिनले गहभरी आँशु पारेर भन्न भ्याए, ‘उनी एक असल महिला थिइन्, इश्वरले उनलाई आशिर्बाद दिउन् । उनको आस्था कहिल्यै नडगमाओस् ।’

मुलुक छोडेर जानेहरुलाई बस्नेहरु के–के भन्छन् त्यो पनि सुन्न रमाइलो हुन्छ । उनीहरु ‘तिमी सफल हुनु’ भनिरहँदैनन्, बरु भन्छन् ‘तिम्रो आस्था कहिल्यै नडगमाओस् ।’

विदा गर्दा बोलेको शब्दले देखाउँछ कि यो कुनै अपेक्षित विदाई होइन । यो विदाईमा प्रयोग भएको धार्मिक भाषाले भन्छ – मानिसहरु ठाउँ सरिरहेका छैनन्, बरु मृत्युवरण गरिरहेका छन् । मृत्युको त्रासमा मुलुक नै रुमल्लिरहेको समयको परिणाम हो यो । मानिसको सब–कन्सियसमा मृत्यु मात्रै जरो गाडेर बसेको छ । 

मेरा बा–आमा पनि जतिसक्दो छिटो म यहाँबाट निस्केको देख्न चाहन्छन् । तर एक शब्द पनि प्रतिवाद नगरी उनीहरुसँगै भाग्न बाध्य त्यो एक वर्षे बालिका अब म होइन ।


नदिमा । फोटोः अल जजिरा 


म यो भागदौडको सिलसिला बन्द गर्छु, कम्तिमा बन्द गर्ने कोसिस भएपनि गर्छु । म यहीँ नै बस्नेछु र मेरो सही समय आएपछि भन्नेछु कि यो मुलुकको लागि के गर्नुपर्छ । डिसेम्बर, १९१९मा अफगानिस्तान आउनु अघि मैले २० वर्ष क्यानडास्थित मेरो घरमा बिताएँ । तरपनि सुरक्षाको लागि अहिले क्यानडा जानु मलाई उचित लागेन । मलाई यहाँबाट हजारौं माइल पर गएर सामाजिक संजालबाट आफ्नो उपस्थिति अफगानिस्तानमा देखाउन कत्तिपनि उचित लागेन । 

मलाई लाग्दैन मैले यो ठाउँ छोडेर म यत्तिकै सशक्त सन्देश दिन सक्छु । त्यसैले म यहीँ छु । म यहीँबाट सामाजिक संजालका माध्यमबाट मानिसहरलाई सन्देश दिन चाहन्छु, झकझक्याउन चाहन्छु कि मैले जस्तै गरि हिम्मत सहित आफ्नो भूमिको लागि आफ्नै भूमिमा बस्नुहोस् ।

तर, जिम्मेबारीवोधले अहिले मेरो मुटु त्यत्तिकै भारी पनि भइरहेको छ । किनकी कतिपय साथीभाई तथा तिनका परिवार मेरै कुरा सुनेर अफगानिस्तानमै रहने कठोर निर्णय लिएका छन् । 

मलाई भित्रैदेखि थाहा छ यहाँ अझै खराब हुनसक्छ । त्यसपछि राम्रा दिन पनि त आउन सक्छन् । भविश्य कसले देखेको छ र ? तर एउटा कुरा चाहिँ के हो भने जे सुकै परि आएपनि म चाहिँ अफगानिस्तान छोडेर जानेवाला छैन ।

‘सुन्नुहोस् ! विमानस्थलको भागदौडतिर नलाग्नुहोस् । तपाईंको एक वर्षे बच्चा पनि छ । त्यहाँ झन् जोखिम हुनेछ । त्यति धेरै खतरा यहाँ थियो भने म चै यहीँ रहिरहने थिएँ र ?’ मैले उनीहरुलाई सम्झाएको थिएँ ।

मलाई भित्रैदेखि थाहा छ यहाँ अझै खराब हुनसक्छ । त्यसपछि राम्रा दिन पनि त आउन सक्छन् । भविश्य कसले देखेको छ र ? तर एउटा कुरा चाहिँ के हो भने जे सुकै परि आएपनि म चाहिँ अफगानिस्तान छोडेर जानेवाला छैन । कोही अर्को भगौडाको विगतको ट्रमा ममा पनि फेरि दोहोरियोस् भन्ने म चाहन्न । 

मैले कहिल्यै हतारमा निर्णय लिदिँन, र हौवाको भरमा दौडनेमा पनि म पर्दिन । म एक कदम पछि बस्छु, हेर्छु, सोच्छु । आउन सक्ने परिस्थिति मुल्याङ्कन गर्छु । म यो आदतलाई अहिले पनि छोड्दिन । म झुण्डको पछि लाग्ने मान्छे होइन, त्यसैले म यहिँ रहिरहेको छु । 

(नदिमा ‘पतिङ्गला काकाइर्’ नामको सामाजिक संजालबाट आधारभूत मानव अधिकारका विषयमा वकालत गर्दै आइरहेकी छिन् ।)
अल जजिराबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार