अफगानिस्तानमाथिको हमलाको औचित्य दर्शाउँदै २०१०मा पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले भनेका थिए, ‘अफगानिस्तान पूर्णतः पुननिर्माण चाहन्थ्यो । हामीले यसलाई अघिल्लो तानशाहबाट मुक्त बनायौं, अब केही राम्रो बनाएर छोड्नु हाम्रो जिम्मेवारी हो । स्वतन्त्र अफगान समाजको निर्माणको लागि अफगान नागरिकलाई सहयोग पुर्याउनु हाम्रो अर्को खास चासोको विषय हो । किनकि लोकतान्त्रिक अफगानिस्तान नै अतिवादको साटो अर्को आशालाग्दो विकल्प हो ।’
अहिले कम्तीमा काबुल विमानस्थलको भागदौड हेर्दा अमेरिकी हस्तक्षेपको दुई दशक पछि बुसले भनेजस्तो ‘आशालाग्दो विकल्प’को आशा एकदमै झिनो देखिन्छ । अकल्पनीयसँग रातारात तालिबानहरूले मुलुक कब्जा गरेपछि मानिसहरू मुलुक छोड्न तँछाड–मछाड गरिरहेका छन् । पश्चिमले अफगानिस्तान बनाउन र अर्थतन्त्र उकास्न त्यत्रो लगानी र जनशक्ति खर्च गर्दागर्दै पनि अनि अफगान सेनालाई तालिम र हातहतियारले सुसज्जित पार्दापार्दैपनि आज यस्तो दृश्य देखिनु अकल्पनीय छ ।
अफगानिस्तानको हालतबाट अहिले सोमालियामा अतिवादी विरुद्ध लडिरहेकाहरूले पनि पाठ सिक्नुपर्छ । त्यहाँ पनि ठ्याक्कै अफगानिस्तानमा जस्तै अफ्रिकन युनियन मिसन टु सोमालियाले अतिवादी समूहसँग लड्दै मुलुक पुनर्निमाणमा जुटिरहेको छ । विगत १४ वर्षदेखि युगान्डा, बुरुन्डी, केन्या, इथियोपिया लगायतका मुलुकबाट सेना ल्याएर अफ्रिकन मुलुकहरू पश्चिमको सहयोगमा अल–कायदासँग जोडिएका अतिवादीहरूसँग सोमालियामा लडिरहेका छन् । उनीहरू सोमालियाको कमजोर सरकारलाई बल पुर्याइरहेका छन् । सार्वजनिक संघ–संस्था मजबुत पार्न अफ्रिकन युनियन मिसन टु सोमालियाले सर्वसाधारण र प्रहरी दुवै परिचालन पनि गरिरहेको छ ।
अफगानिस्तानमा झै सोमालियामा पनि मोगादिसु लगायत सहरी क्षेत्रबाट अल–सबाबलाई लखेटेपछि त्यहाँ आर्थिक बृद्धी देखिएको थियो । विश्व बैंकको आकंलन अनुसार, २०१५ र २०१६को सोमालियाको आर्थिक बुद्धिदर ५–६ प्रतिशत थियो । तर त्यो त्यो बृद्धि सहरकेन्द्रित र उपभोगमुखी थियो । अर्थतन्त्र दाताको सहयोग, अनुदान र विदेशमा रहेका सोमालियनहरूले पठाएको रेमिट्यान्सको बलमा चलेको थियो ।
वर्षौदेखि वार्षिक ९०० मिलियन डलरभन्दा अधिक खर्च गर्दा पनि राजधानी मोगादिसुको सरकार अझै कमजोर छ र लोकप्रिय पनि छैन । मुख्य सहरी इलाका छोडेर मुलुकका अधिकांश ग्रामीण क्षेत्रमा इस्लाम अतिवादको नियन्त्रणमा छ र तिनले जुनसुकै समय राजधानीमा हमला गर्न सक्छन् ।
अफगानिस्तानमा झै सोमालियामा पनि मोगादिसु लगायत सहरी क्षेत्रबाट अल–सबाबलाई लखेटेपछि त्यहाँ आर्थिक बृद्धी देखिएको थियो । विश्व बैंकको आकंलन अनुसार, २०१५ र २०१६को सोमालियाको आर्थिक बुद्धिदर ५–६ प्रतिशत थियो । तर त्यो त्यो बृद्धि सहरकेन्द्रित र उपभोगमुखी थियो । अर्थतन्त्र दाताको सहयोग, अनुदान र विदेशमा रहेका सोमालियनहरूले पठाएको रेमिट्यान्सको बलमा चलेको थियो ।
रोजगारी नीजि व्यक्तिका कम उत्पादनशिल कृषिमा मात्र केन्द्रित छ । किनकि, असुरक्षा, राजनीतिक अस्थिरता, कमजोर सार्वजनिक संथा, अपर्याप्त पुर्वाधार, भ्रष्टाचार र कठीन ब्यावसायिन वातावरणका कारण अन्य विभिद क्षेत्रहरू फस्टाउन सकेका छैनन् । गत वर्ष ‘डुइङ बिजनेस’ सर्वेका आधारमा मुलुकको स्तर पुछारमा थियो ।
अफगानिस्तानसँगको समानता यत्तिकैमा सकिदैँन । २००६ डिसेम्बरमा युनियन अफ स्लामिक कोर्टले इथियोपिया विरुद्ध धर्म युद्धको घोषणा गर्यो । अमेरिकी समर्थित इथियाृपियाले युनियन अफ स्लामिक कोर्टलाई पाखा लगायो र ६ महिनासम्म सोमालियामा ‘सुनौलो समय’ पनि आयो । मुलुकका ब्यापारिक घरानाबाट संरक्षित युनियन अफ स्लामिक कोर्टले मुलुकमा विभेदकारी हिंसा अनि तालिबानले झैं कठोर स्लामिक कानुन लादेका थिए । संगीत, सिनेमा, खेलकुदमा बन्देज लगाइएको थियो भने महिलाहरूलाई बुर्का अनिवार्य गरिएको थियो ।
त्यस्तै उनीहरू मुगादिसुका गल्लिहरमा केही बन्दुकहरू बोकेर केही हदसम्म स्वतन्त्र सोमालियाको नारा स्थापना पनि गर्न भ्याएका थिए । विमानस्थल पुनः सञ्चालनमा ल्याइएको थियो र आधारभूत आवश्यकताका सामाग्रीहरू ओसारिएको थियो ।
यद्यपि, इथियोपियको हस्तक्षेपका कारण तिनको दबदबा अन्त्य भयो । फेरि, २००९मा इथियोपियाले छोडिसकेपछि हतियारधारी अल–सबाबहरूले मुलुकभर कब्जा जमाए । अन्तराष्ट्र्रिय समुदाय समर्थित सोमालियाको सरकार राजधानीको पनि एक सानो मोहल्लामा सीमित भयो । केही युगान्डा र बुरुन्डीको सेनाले सरकारको संरक्षण दिएका थिए ।
भर्खरै नाइजेरियाका राष्ट्रपती मुहमद बुहारीले फाइनान्सियल टाइम्समा लेखेका छन् कि अफगानिस्तानबाट अफ्रिकाले सिक्नुपर्ने पाठ यो छ कि केवल सैन्य शक्तिले मात्रै अतिवादी समूहहरूलाई परास्त गर्न र समाज रूपान्तरण गर्न सकिन्न । उनका अनुसार, यसरी परास्त गरेका अतिवादी जुनसुकै समय फर्कन सक्छन् । उनको तर्क छ कि अतिवादी आतङ्कबादलाई निस्तेज पार्न अफ्रिकाले अवसरहरूको सिर्जना गर्नुपर्छ । आम मानिसमा रोजगारि र समान अर्थ वितरणको वातावरण तयार पार्नुपर्छ । तल्लो तहमा हामी सुधारका कार्यक्रम सहित पुग्नुपर्छ, सेना लिएर होइन ।
उनले लेखेका कुरा जायज छन् । तरपनि पूर्ण सत्य यही मात्र पनि होइन । समस्याग्रस्त मुलुकमा फराकिलो दायरामा आर्थिक बृद्धी हुनु तथा पर्याप्त मात्रामा सुरक्षा पुर्वाधारहरूको निर्माण गर्नु एकदमै आवश्यक छ । तर यो मात्रै पर्यात हुँदैन । अफगानिस्तान र सोमालिया दुवैमा खड्किएको अभाव भनेको सरकारको वैधानिकता नै हो । त्यो सरकार कत्तिको सहभागितामुलक र आम नागरिकले अपनत्व महसुस गर्ने किसिमको छ वा छैन भन्ने मुख्य विषय हो । वास्तविक लोकतान्त्रिक सरकार नै अवसर सिर्जना गर्ने तथा निर्णय लिने काममा जिम्मेबार हुन सक्छ ।
‘अफगानिस्तानमा साक्षरता दर दुई गुणाले बढेको छ, विद्युत् तीन गुणा बढी भू–भागमा विस्तार भएको छ । २० वर्ष पहिला भन्दा १० गुणा बढी बालबालिका अहिले स्कूल जान्छन् । ति मध्ये ४० प्रतिशत बालिका छन् । तालिबानले अहिले साँच्चिकै विकासोन्मुम मुलुक पाएका छन् ।’
‘तालिबानहरूले अहिले २० वर्ष अघि तिनले छोडेको भन्दा फरक अफगानिस्तान भेटेका छन्’ अमेरिकी कांग्रेस तथा अफगानिस्तानमा खटिएका तत्कालीन सामुद्रिक सेनाका सेनानी ज्याक अचिनक्लोसले एक अन्तर्वार्तामा भर्खरै भनेका छन् – ‘साक्षरता दर दुई गुणाले बढेको छ, विद्युत् तीन गुणा बढी भू–भागमा विस्तार भएको छ । २० वर्ष पहिला भन्दा १० गुणा बढी बालबालिका अहिले स्कूल जान्छन् । ति मध्ये ४० प्रतिशत बालिका छन् । तालिबानले अहिले साँच्चिकै विकासोन्मुम मुलुक पाएका छन् ।’
अचिनक्लोसले भनेजस्तो पश्चिमा नीति निर्माताको लागि तालिबानले यो प्रगतिलाई निरन्तरता देलान्–नदेलान् त्यो सरकोकारको विषय होइन । यति हुँदाहुँहै पनि मुलुक असफल हुन्छ भन्ने तिनको निचोड हो । आम जनसमुदाय आर्थिक विकास पश्चात अतिवादीप्रति आकर्शित हुँदैनन् बरू कठपुतली चुनाव नै किन नहोस् त्यसैलाई आत्मसाथ गर्छन् भन्ने मान्यता छ । तर, यस्तो पनि अफगानिस्तानमा देखिएन ।
अमेरिकाले अफगानिस्तान हमला गरेको विषयलाई लिएर पत्रकार सराह चायसले लेखेकी थिइन्, ‘पहिलाको तालिवान जस्तै आफु अनुकुलको सरकारलाई अफगान जनताले स्विकार्ने चेष्टा गर्छन् भन्ने अमेरिकाले सोचेको थियो, तर दुई दशकको अभ्यासमा पनि न अफगानिस्तानमा रहेका अमेरिकी दस्ताले न वासिङटनले नै यस्तो आभाष दिलाउन सक्यो ।’ ‘दलाली र भ्रष्टाचारले अफगान राजनीतिलाई नै खराब बैंकिङ प्रणली’ जस्तो बनाइदियो । यस्तो पद्धतिले त त्यहाँ खन्याइएको लगानीले छोटो समयमा बाठा–टाठाले कमाउने, चुनाव परिणाम भड्काउने वातावरण मात्र बनाउँछ । दिर्गकालिन समाधान दिदैँन । यसले समाधान होइन, थप समस्या सिर्जना गर्छ ।
यो नै अफगानिस्तानबाट सिक्नपर्ने वास्तविक पाठ हो । सोमालियाको समस्या समाधान गर्न खटिइरहेकाले यसमा विशेष ध्यान दिनुपर्छ ।
अलजजिराबाट
(प्याट्रिक गाथारा लेखक, स्तम्भकार तथा नैरोकी निवासी सुप्रशिद्ध राजनीतिक कार्टुनिस्ट हुन् ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...