रोलिङ्ग स्टोनका ड्रमर चार्ली वाटको ८० वर्षको उमेरमा आज निधन भ्एको छ । भर्खरै जुनमा आफ्नो ८० औं जन्मदिन मनाएका वाट सन् १९६३ देखि निरन्तर रक संगीत ब्याण्ड रोलिङ्ग स्टोनका मुख्य सदश्यका रुपमा रहेका थिए ।
उनका एजेन्ट तथा वितरक बर्नाड डोरोथीले भनेका छन्, ‘हाम्रा प्रिय चार्ली वाटको निधन भएको खबर सुनाउनु परेकोमा हामी एकदमै दुःखी छौं । उनको आज लन्डन अस्पतालमा आफ्ना परिवार सदश्य माझमा निधन भएको हो ।’
रोलिङ्ग स्टोन सन् १९६२मा बेलायतको लन्डनमा स्थापित विश्व विख्यात रक संगीत ब्यान्ड हो । जसको सुरुवातमा भोकलिस्ट माइक जागर, मल्टी इन्सट्रुमेन्टमा ब्रियान जोन्स, गितारमा केइथ रिचार्ड बेसिस्टमा बिल विम्यान थिए भने ब्यान्डको ड्रम भने चार्ली वाटले सम्हालेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...