काठमाडाैँ - अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताएका छन् । राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिएका हुन् ।

जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख एजेण्डा बन्ने भएको छ । तालिबानले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् ।

पछिल्लो २४ घण्टामा झन्डै १६ हजार मानिसको उद्धार गरिएको छ । अगष्ट १४ यता उद्धार हुनेको सङ्ख्या ३७ हजार पुगेको छ । स्थल सीमाबाट पनि आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकी देशसँग पनि कुराकानी भइरहेको स्राेतले जनाएको छ ।

यसअघि आफ्ना साझेदारबाट उद्धारको समयसीमालाई बढाउन माग गरिएको भए पनि अमेरिकाले उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि समयसीमा परिवर्तनको पक्षमा नरहेको जनाउँदै आएको छ ।

तालिबानले पनि समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार