एजेन्सी-  संयुक्त राज्य अमेरिकाले आफ्नो सम्पूर्ण सेना फिर्ता नगरेसम्म अफगान सरकार बन्न नसक्ने तालिवानले खुलाएको छ।

तालिवानका प्रवक्ता सुहेल शाहिनले पश्चिमी देशका सैनिकहरूलाई अफगानिस्तान छोड्न दिइएको समयसीमा नबढाउने प्रष्ट पार्दै आज सो कुरा बताएका हुन् ।  

अफगानिस्तान छाड्ने अन्तिम समयसीमा ३१ अगस्टसम्म रहेको छ। तालिबानले भनेको छ, ‘अफगानिस्तानमा एकजना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्रिपरिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’

काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने ‘परिणाम’को जिम्मेवार उनीहले लिनुपर्ने तालिवान समूहले बताएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार