काठमाडौँ- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ जना अफगान नागरिकको हत्या भएको छ ।
एपी न्यूजले बताएअनुसार अघिल्लो साता तालिबानले देश नियन्त्रणमा लिएसँगै तालिबानी शासनबाट भाग्न खोज्ने अफगान नागरिकका लागि अझै खतरा बाँकी छ ।
एपीले बेलायती सेनालाई उद्धृत गर्दै लेखेकाे समाचारमा अफगास्तिानमा इस्लामिक स्टेट सक्रिय हुन थालेसँगै पछिल्लो घटना भएको उल्लेख छ ।
गत आइतबार तालिबाने अफगानिस्तान आफ्नाे नियन्त्रणमा लिएकाे थियाे । अफगानिस्तानमा नयाँ सरकार गठनकाे तयारी रहेकाे तालिबानबाट अफगान नागरिक भागिरहेका छन् । अगस्ट १५ देखि काबुल विमानस्थलमा हजाराैँकाे भिड लागिरहेकाे छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...