हिले तालिबानहरु विपक्षी र तिनका परिवार सदश्यको खोजि गर्दै घर–घर चहारिरहेका छन् । यसले गर्दा अफगानिस्तानका नयाँ शासकहरुले बदला लिन खोजिरहेका छन् भन्ने ठूलो त्रास पैदा भएको छ । 

आइतबार काबुल कब्जा गरेपछि २० वर्षे युद्ध सकिएको घोषणा गरेको तालिबानले पुरानो सरकारका समर्थक, तिनका परिवार तथा अन्य कोहीविरुद्ध प्रतिशोध नलिने भनी पत्रकार सम्मेलन मार्फत विश्वलाई नै आश्वस्त पार्दै आएका छन् । तिनले एमनेस्टीको पुरा मुल्य र मान्यता पनि अपनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । 

त्यतिमात्र होइन, महिलाहरुको अधिकारको पनि सम्मान गर्ने बताउदै १९९६–२००१को तालिबान र अहिलेको तालिबानमा धेरै फरक भएको समेत तिनले बताएका थिए । 

तर, अहिले हज्जारौं नागरिकहरु अफगानिस्तान छोडेर बाहिर जान भागदौड गरिरहँदा युएनको रिपोर्टले नागरिकले भोगिरहेको त्राषदी सार्वजनिक गरेको हो । 

अहिले तालिबानहरु हिजो अमेरिकी तथा नाटोको फौजसँग काम गरेका व्यक्तिहरुको घा–घर गएर खोजि गरिरहेको युएनको ‘थ्रेट एसेसमेन्ट रिपोर्ट’मा उल्लेख गरिएको छ ।

नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसले बनाएको रिपोर्ट अनुसार लडाकुहरु अहिले काबुलको विमानस्थलमा समेत मान्छेहरु खोजिरहेका छन् । ‘उनीहरुलाई सहयोग गर्न नचाहने परिवार र तिनका आफन्तलाई तालिबानले निशाना बनाइरहेका छन्, सारिया कानुन अनुरुप सजाय दिइरहेका छन्’ नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसका क्रिस्चियन नेलेम्यानले भनेका छन् ।

तालिबानको पहिलो कार्यकालमा महिलालाई सार्वजनिक जीवनबाट बञ्चित गरिएको थियो । किसोरीलाई स्कुल जान दिइएको थिएन । चरित्रहिनताको नाममा मानिसहरुलाई ढुङ्गाले हानी–हानी मारिएको थियो । गीत–संगित र टेलिभिजन समेत बर्जित थियो ।

जोखिममा जीवन 

तालिबानले भने आफूहरुले यसो नगर्ने भन्दै यो आरोपलाई अस्विकार गरेको छ । उसका अनुसार लडाकुलाई कसैको घरभित्र छिर्न अनुमती छैन । तालिबानले नयाँ शासनसँग महिला र पत्रकारले कत्तिपनि विचलित हुनु पर्दैन पनि भनिरहेका छन् ।

तर, भर्खरै काबुलको भागदौड रेकर्ड गर्न लाग्दा पत्रकारहरुले लडाकुबाट कुटपिट र दुब्र्यवहार भोग्नुपरेको थियो ।

अल जजिराका पत्रकार रब म्याकबिर्डका अनुसार युएनको रिपोर्ट तालिबानले दिएको आश्वासनको ठीक उल्टो देखिएको छ । ‘तिनीहरुले प्रतिशोध नसाध्ने भनिरहेका छन् । तर, प्रतिशोध लिइरहेका छन् । मानिसहरु मारिइरहेका छन्’ उनी भन्छन् । 

म्याकबिर्ड भन्छन्, ‘प्रश्न यो छ कि ब्यक्ति, परिवार र जातिको आधारमा प्रतिशोधको यो सिलसिला कहिलेसम्म चल्ला । अहिले अफगानिस्तानका प्रान्तहरु भागाभाग मच्चिरहेको छ ।’ 

तालिबानको पहिलो कार्यकालमा महिलालाई सार्वजनिक जीवनबाट बञ्चित गरिएको थियो । किसोरीलाई स्कुल जान दिइएको थिएन । चरित्रहिनताको नाममा मानिसहरुलाई ढुङ्गाले हानी–हानी मारिएको थियो । गीत–संगित र टेलिभिजन समेत बर्जित थियो ।

२००१, सेप्टेम्बर ११को घटनापछि अमेरिकाले अल¬–कायदालाई आश्रय दिएको भन्दै अफगानिस्तानमा हमला गर्यो र तालिबान सत्ता ढाल्यो । 

यो हप्ता अफगानिस्तानका विभिन्न भागमा छिटपुट असन्तुष्टीका प्रदर्शन पनि भए । एक सानो अफगान समूहले मुलुकको कालो, रातो र हरियो रंगसहितको राष्ट्रिय झण्डा लिएर प्रदर्शन गरे । तालिवानको गस्तिकै बीच पनि अफगानिस्तानको स्वतन्त्रता दिवशको उपलक्ष्यमा बिहीबार पनि केहीले राष्ट्रिय झण्डा सहित प्रदर्शन गरे ।

यसै हप्ता सरकारी टेलिभिजनकी बरिष्ट महिला पत्रकारले ‘हाम्रो जीवन जोखिममा छ’ भन्दै तालिबानको नयाँ सुधारिएको भनिएको छवीलाई फरक ढंगले प्रश्तुत गरिन् । ‘मेरा पुरुष सहकर्मीलाई कार्यकक्षका छिर्न दिइयो । तर, मलाई दिइएन, अब मैले मेरो काममा निरन्तरता दिन पाउदिँन किनकि पद्धति फेरिएको छ ।’

यो हप्ता अफगानिस्तानका विभिन्न भागमा छिटपुट असन्तुष्टीका प्रदर्शन पनि भए । एक सानो अफगान समूहले मुलुकको कालो, रातो र हरियो रंगसहितको राष्ट्रिय झण्डा लिएर प्रदर्शन गरे । तालिवानको गस्तिकै बीच पनि अफगानिस्तानको स्वतन्त्रता दिवशको उपलक्ष्यमा बिहीबार पनि केहीले राष्ट्रिय झण्डा सहित प्रदर्शन गरे ।

‘विश्व समुदायसँग मेरो गुनासो यो छ कि तिनीहरु अफगानिस्तानमा छिरे, अनि फेरि २० वर्षको यो उपलव्धिलाई धुलिसात पार्न दिए’ एक जना प्रदर्शनकारीले बताए । 

बुधबार जलालबादमा झण्डा सहित प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई तितरवितर पार्न तालिबान लडाकुले गोली चलाए । रसियाले पनि पन्जसिर उपत्यकामा उपराष्ट्रपती अमरुल्हाह सलेह तथा तालिबान विरोधि योद्धा अहमद साह मसुदका छोरा अहमद मसुदका छोराले बिहीबार निकालेको तालिबान विरुद्धको अभियानलाई जोड दिएको थियो । 

त्रसित अफगानहरुले मुलुक छोड्न खोज्दा विमानस्थलमा यो हप्ता ठूला भागदौडहरु मच्चिएका छन् । आफू झुण्डिएको अमेरिकी विमानबाट खसेर अफगानिस्तानका युवा राष्ट्रिय टिमका फुटबलरको निधन भएको छ । 

‘तालिबानले अफगानिस्तानको सबै भू–भाग नियन्त्रणमा लिएका छैनन्’ रसियन परराष्ट्रमन्त्री सेर्गेइ लाभरोभले भनेका छन् ।

पन्जसिर उपत्यकामा ‘आफू बुवाको मार्गमा हिड्न कटिबद्ध भएको’ अहमद मसुदले बताएका छन् । ‘तर हामीलाई थप हतियार र बिस्फोटक पदार्थ चाहिएको छ’ मसुदले वासिङ्गटन पोस्टमा लेखेका छन् । 

तालिबानले काबुल कब्जा गरेपछि दशौं हज्जारले अफगानिस्तान छोडेका छन् । अमेरिकाले बिहिबार भनेको अनुसार अगस्ट १४ यता तिनको जहाजले नौ हज्जार बढी अफगानलाई ओसारेको छ । 

त्रसित अफगानहरुले मुलुक छोड्न खोज्दा विमानस्थलमा यो हप्ता ठूला भागदौडहरु मच्चिएका छन् । आफू झुण्डिएको अमेरिकी विमानबाट खसेर अफगानिस्तानका युवा राष्ट्रिय टिमका फुटबलरको निधन भएको छ । 

अल जजिरा लयागत अन्य एजेन्सीको सहयोगमा 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार