तालिबानले पुरानो सरकारका समर्थक तथा आम नागरिकविरुद्ध प्रतिशोध नलिने भनी पत्रकार सम्मेलन मार्फत विश्वलाई नै आश्वस्त पार्दै आएका छन् । तर, त्यसको ठीक विपरित उनीहरु पूर्व विपक्षीहरुलाई खोजि खोजि निशाना लगाइरहेका छन् ।
अहिले तालिबान लडाकूहरूले अफगानिस्तानका प्रहरी प्रमुख जनरल हाजी मुल्ला आचाकजाईको हत्या गरेका छन् । उक्त हत्या घटनाको सार्वजनिक भिडियोमा आचाकजाईलाई हात बाँधिएको, आँखामा पट्टी लगाइएको र घुँडा मारेर बस्न लगाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बादगिस प्रान्तका कमान्डर आचाकजाईलाई तुर्कमेनिस्तान सीमा नजिक तालिबानले बन्दी बनाएको थियो । अफगानिस्तान कब्जा गरेपछि तालिबानले हाल घरघरमा गएर पूर्ववर्ती सरकारका समर्थकहरूको खोजी गरिरहेको छ । र, कैयौंलाई गायज पारिरहेको छ ।
एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...