एजेन्सी - अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उहाँहरूबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेका हुन् । वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विषयमा आवश्यक कुराकानी भएको रुसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको समाचारमा जनाइएको छ । 

रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि दुई देशले कसरी मिलेर काम गर्ने भन्ने बारेमा छलफल भएको छ । उनीहरूबीचमा अफगानिस्तानमा त्यहाँका सर्वसाधारण नागरिकको सुरक्षाको अवस्थालाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ । पछिल्ला दिनमा अफगानिस्तानमा विदेशी दाता राष्ट्र तथा संस्थाहरुले पनि देश छोडिरहेका र त्यहाँका नागरिकहरु असुरक्षा र अभावमा परेको भन्दै यसका लागि मिलेर काम गर्ने विषयमा सहमति भएको बताइएको छ । 

त्यसैगरी बिहीबार नै रुसी राष्ट्रपति पुटिनले इटालीका प्रधानमन्त्रीसँग पनि फोनमा परामर्श गरेका छन् । उनले त्यस अवसरमा आगामी दिनमा अफगानिस्तानका नागरिकका लागि मिलेर अघि बढ्ने सहमति भएको बताइएको छ । यसअघि बुधबार मात्र पनि चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीका बीचमा पनि अफगान मुद्दामा छलफल भएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार