एजेन्सी- युद्धग्रस्त पश्चिमी अफ्रिकेली देश नाइजरमा  बालबालिकामाथि आक्रमण भएको छ। देशको तिल्लाबेरी क्षेत्रमा भएको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको बताइएको छ ।

युद्धसँग असम्बन्धित र हतियारविहीन बालबालिका माथि आक्रमण भएपश्चात  संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले घटनाप्रति निन्दा व्यक्त गरेको छ । मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ ।

तिल्लाबेरी क्षेत्रमा सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण बन्दै गइरहको छ । युनिसेफलगायत अन्य विभिन्न निकायहरुले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन् । विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतको ख्याल गर्न पनि आक्रमणकारीहरुलाई पटक-पटक आग्रह गरेका छन् । “बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,” युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार