काठमाडाैँ - युरोपमा रहेर व्यवसाय सँगै समाजसेवामा सक्रिय सागर लामाले गैर-आवासीय नेपालीसंघ युरोपको सह-संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
भुम्लुगाउँपालिका काभ्रेका सागर बेलायत हुँदै हाल आयरल्याण्डमा ह्याण्डिक्राफ्टको व्यवसाय गर्छन् । उनी युरोपका स्थापित व्यवसायी हुन् ।
कर्मथलोको रूपमा युरोप रोजेर विदेशी भूमिमा कर्म गरिरहे पनि उनले जन्मथलो नेपालमा भने समाजसेवा गर्दै आइ रहेको छ ।
लामो समय युरोप बसेर कर्म संगै धर्मको कार्यमा पनि संलग्न भएर राम्रो छवी बनाउन सफल लामाले आफू गैर-आवासीय नेपाली संघमै बसेर काम गर्न इच्छुक रहेकोले आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...