काठमाडाैँ - अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ ।

अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएकाे थियाे । तर, समाचार संस्था अल जजिराले घानी र उनको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।

सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उनको आलोचना पनि भइरहेको छ ।  पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हालेका थिए ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अफगानिस्तानमा हजारौँ नागरिक विस्थापित भएका भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओले अफगानिस्तानमा तत्काल मानवीय सहायता र स्वास्थ्य सेवाको आवश्यकता रहेको पनि जनाएको छ।  

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार