मंगलबार मध्यरात काबुलस्थित भारतीय दूतावासअघि केही अनौठो दृश्य देखियो । दूतावासको अघिल्तिरको फलामे गेट अघि स्वचालित हातहतियार र मेसिनगनद्वारा सुसज्जित तालिबान लडाकुहरू तम्तयार भएर बसेका थिए । परिसर भित्र भने तालिबानले काबुल कब्जा गरिसकेपछि त्रसित बनेर लुगलुग कापिरहेका १५० जना भारतीय कुतनीति तथा कर्मचारीहरू थिए ।
लामो समयदेखि तालिबानलाई सहयोग र कुतनीतिक तवरबाट समर्थन गरिरहेको पाकिस्तानसँग भारतको आफ्नै विशेष शत्रुता रहीआएको छ । अर्कोतिर फेरि भारतले तालिबानलाई सत्ताच्युत गरेर आएको पश्चिमी समर्थित सरकारलाई अस्तिसम्म जोडले खुलेरै समर्थन र सहयोग गर्दै आएको थियो ।
तर, त्यहाँ भारतीय दूतावासका अघि तालिबानी लडाकुहरू भारतीयसँग बदला लिन भने आएका थिएनन् । उनीहरू भारतीय अधिकारीहरूलाई विमानस्थलसम्म स्कर्टिङ्ग गर्न आएका थिए । विमानस्थलमा भारतीय सेनाको जहाज आफ्ना कर्मचारी लिएर जान तम्तयार भएर बसेको थियो भने दिल्लीले आफ्नो काबुलसँगको कुटनीतिक मिसन रोक्ने निर्णय गरेको थियो ।
पहिला सोमबार अबेला दुई दर्जन सवारी भारतीय दूतावासबाट बाहिरिएका थिए । केही लडाकुले सवारीमा सवारमाथि मुस्कुराउँदै हात हल्लाएका थिए । एक लडाकुले त्यतिबेला पनि विमानस्थलतिरको सहज बाटो देखाइदिएका थिए ।
दूतावासले नै तालिबानहरूलाई विमानस्थलसम्म पुर्याइदिन सहयोग मागेको थियो । अरू २०० जना जतिले भने काबुलमा नयाँ शक्तिको पूर्ण नियन्त्रण हुनुअघि नै अफगानिस्तान छोडिसकेका थिए ।
घण्टाैँअघि अन्धकार भइसकेको थियो अनि गाडीहरू दूतावासबाट निस्किएर विमानस्थलतिर लागेका थिए । पाँच किलोमिटर परको विमानस्थल पुग्न भिडका कारण कछुवाको गतिमा पाँच नै घण्टा लागेको थियो । युद्धबाट विस्थापित हजारौँ मानिस सडकमा थिए । र, ठाउँठाउँमा तालिबानी लडाकु आफ्नो गाडीबाट ओर्लन्थे र हतियार देखाउँदै भिडलाई पछि सार्थे । एक लडाकुले त भिडलाई तर्साउन केही राउण्ड हवाइ फायर पनि गरेका थिए ।
अमेरिकी सेनाले सुरक्षा दिइरहेको विमानस्थल क्षेत्रमा भारतीयहरूलाई पुर्याएर तालिबानी लडाकुहरू फर्किएका थिए । अरु दुई घण्टाको पर्खाइपछि भारतीयहरू भारतीय सेनाको सि–१७ मा चडेर बिहान भारतको गुजरातमा उत्रिएका थिए । अहिलेको भारतीय सत्तापक्ष पहिचान स्वरूप हिन्दु राष्ट्रवादको खोजीमा तल्लीन छ भने अफगानिस्तान पूर्णतः मुस्लिम अतिवादी तालिबानको नियन्त्रणमा आइसकेको छ ।
एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...