काठमाडौँ – अफगानिस्तानबाट १२७ जना काठमाडौँ आइपुगेका छन् ।
उनीहरू जजिरा एयरको विमानमार्फत् कुबेत हुँदै काठमाडौँ आइपुगेका हुन् ।
अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरूलाई उद्धार गरेर कुबेत पुर्याएको थियो । नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।
उनीहरूलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...