एजेन्सी - प्रशिद्ध नोबल पुरस्कारद्वारा सम्मानित गीतकार, कम्पाेजर तथा गायक बब डिलनमाथि बालिकामाथि यौन दूराचारकाे आरोप लागेको छ ।
उनलाई १९६५मा त्यतिबेला १२ वर्षीय बालिकामाथि लागूऔषध र रक्सीको नासामा ६ हप्ताभन्दा बढी समय दुर्व्यवहार गरेको आरोप सहित म्याह्याटन सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको हो ।
जेसी नाम दिइएकी महिला अहिले ६८ वर्षकी भइन् । उनी हाल कनेक्टिीकटको ग्रिनह्विचमा बस्दै आएकी छन् । तिनै महिलाले डिनलमाथि आफ्नो स्तारडमको दुरुपयोग गर्दै उनी १२ वर्षिय बालिका हुँदा ललाई–फकाई गर्दै यौन हिंसा गरेको र अन्तत विक्षिप्त पारेर छोडेको आरोप लगाएकी हुन् । जेसीका अनुसार, डिलन त्यतिबेला २३–२४ वर्षका थिए ।
डिलनले नै उनीप्रति सम्बन्ध बढाएको र यौन हिंसा गरेको आरोप जेसीको छ । डिलन २० औँ शताब्दीकै सबैभन्दा उम्दा र सम्मानित गायक तथा गीतकार मानिन्छन् । उनले सिर्जना गरेका गीतहरूको अद्वितीय काव्यिक पक्षलाई मध्यनजर गर्दै २०१६ मा नोबल पुरस्कार दिइएको थियो ।
उक्त पुरस्कार पाउने डिलन एक मात्र गायक हुन् भने ‘नकिङ्ग अन ह्याभन्स डोर’ ‘मिस्टर ट्यामबोरिन म्यान’ ‘ब्लोइङ्ग इन द वाइन्ड’ लगायतका कैयौँ कालजयी गीत सर्वकालीन उत्तिकै लोकप्रिय छन् ।
एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...