काठमाडाैँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालिबानको कब्जामा आउनुमा अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेकाे बताएका छन् । 



राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए । यसप्रति टिप्पणी गर्दै बाइडेनले अफगान सेनालाई उत्कृष्ट तालिम र हतियार दिएको तर उनीहरुले तालिबानसँग युद्ध गर्न नसकेको बताएका हुन् ।



अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा रहेका आफ्ना सैनिक फर्काउन थालेपछि तालिबानले त्यहाँ कब्जा जमाएको हो । यही विषयलाई लिएर अहिले अमेरिकी राष्ट्रपति बाइडेन आलोचीत भइरहेका छन् । आलोचनाकैबीच बाइडेनले आफ्नो बचाउ गर्दै अफगानिस्तानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता भने जनाएका छन् । 


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार