एजेन्सी- तालिबान लडाकुले अफगानस्तिान कब्जा गरेसँगै काबुलस्थित हमिद कारजाई विमानस्थलको स्थिति भयावह भएको छ ।विमानस्थलमा कुनै सिस्टमबिना जहाज चढ्नेहरूको भिड बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमान चढ्न नपाएपछि पांग्रामा झुण्डिएका दुई जना खसेको भिडियो सामाजिक सञ्जालमा तीव्र शेयर भइरहेको छ । पत्रकार अमिचाई स्टेनले ट्विट गरेको भिडियोमा दुई जना जहाजको पांग्राबाट खसेको देखिन्छ ।
सोमबार बिहान विमानस्थलमा भीड नियन्त्रण गर्न अमेरिकी सेनाले हवाई फायरसमेत गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...