तालिबान काबुलमा, राष्ट्रपती निवासमै, शान्तिपुर्ण सत्ता हस्तान्तरणको सम्भावना 

काबुलको पछिल्लो घटनाक्रमको विकास यस्तो छः 

१) तालिबान सबैतिरबाट राजधानी काबुल छिरेका छन्ः 

तालिबानहरुले अहिले सबैतिरबाट राजधानी काबुल छिर्न थालेको त्यहाँको गृह मन्त्रालय र विद्रोही दुवैले बताएका छन् । आइतबार काबुल पुर्वको जलालाबाद कब्जा गरेको केही घण्टाभित्रै उनीहरुले काबुल प्रवेश गर्न शुरु गरेका हुन् । 

२) शान्तीपुर्वक सत्ता हस्तान्तरण हुनेः

तर, बलपुर्वक भन्दापनि बार्ता र रणनीतिको माध्यमबाट मानविय क्षति बिना काबुललाई नियन्त्रणमा लिने अनलाइन मार्फत तालिबानहरुले बताएका छन् । त्यसैगरि, त्यहाँका आन्तरिक मामिला मन्त्रीका अनुसार शान्तिपुर्वक सत्ता हस्तातरण हुने बताएका छन् ।

३) राष्ट्रपती घानी आफ्नै निवासमाः

धेरैले आशंका गरेका थिए कि राष्ट्रपती अस्रफ घानीले अफगानिस्तान छोडिसकेका छन् । तर विश्वस्त श्रोतका आइतबार विहान उनी आफ्नै राष्ट्रपती निवासको बगैचामा प्रथम महिलासँगै टहलिरहेका थिए । 

एजेन्सीको सहयोगमा

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार