तालीबानी आक्रमणले सिर्जिएको सकस

‘दिनभर हरेकले ट्राभल एजेन्ट, दुताबास वा नियोगका कर्मचारीलाई टिकट र भिसाको लागि फोन गरिरहेका छन्’ अर्थ मन्त्रालयका एक कर्मचारीले बताएका छन् । एक शहरबाट अर्को शहर अनि एक मुलुकबाट अर्को मुलुकमा भागिरहेकाको जमात कत्रो छ भन्ने त माजर विमानस्थलका एक प्रहरीको भनाइले बताउँछ – ‘माजरका सबै मानिस गैसकेका छन्, कोही बचेको छैन । हामीजस्ता टिकट किन्न नसक्नेको हालत के होला ? भगवान भरोसा ?

केही हप्ता अघि तालिबानहरु उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो शहर मजर–इ–सरिफतिर अघि बढ्दै थिए । गत हप्ता तिनले हेरात र कान्दहार कब्जा गरिसकेपछि अब सरकारी फौजको नियन्त्रणमा मात्र तीन ठूला शहर माजर, जलालाबाद र काबुल बाँकी छन् । 

माजरका बासिन्दाले त्रास त्यत्तिबेलै भोगे जतिबेला गतहप्ता त्यहाँबाट ११ किमी मात्र परको जिल्ला देडाडीमा तालिबानले आक्रमण गरेका थिए । त्यही जिल्लामा १० प्रान्तका ११४ जिल्लालाई सुरक्षा प्रदान गर्न ३०,००० संख्यामा सुरक्षा फौज तैनाथ थिए । 

भला त्यो आक्रमण सफल भएन, तर यसले अफगानिस्तानकै एक प्रमुख ब्यापारिक तथा सांस्कृतिक केन्द्रका बासिन्दालाई त्रसित तुल्याइदियो । 

अब्दुल वाहबले यो आक्रमणको खबर सुन्दा उनी ब्यापारिक काममा काबुलबाट माजर आएका थिए । उनले तत्कालै सुरक्षित पाँच चारे होटल छोडे र साथीको घरमा गएर आश्रय लिए । ‘कोही सम्पन्न र शक्तिशाली त्यहाँ भेटिए उनीहरु निशानामा पर्न सक्छन्’ उनका साथीले उनलाई सुझाएका थिए । 

मंगलबार रात तिनले त्यहीँ बिताए र छिटो भन्दा छिटो काबुल फर्कने निक्र्योल निकाले । किनकी विमानस्थल पनि बन्द हुन सक्थ्यो । भिडन्तका कारण पश्चिमी शहर हेरातको विमानस्थल हप्तौदेखि बन्द थियो । धेरैले धमाधम काबुल जाने सोचेका थिए । जहाजको एकतर्फी भाडा दुई गुणले बढेको थियो । टिकटको अभाव थियो । धन्न ट्राभल एजेन्सीका साथीको सहयोगमा वाहबले काबुलको टिकट पाए । 

त्यति मात्रै कहाँ हो र ? वाहबले टिकेटको लागि पैसा पाएनन्, एटिएम रित्ता थिए । बैंकमा घुईंचो थियो, सबै सकेजति पैसा झिक्न चाहन्थे । टिकटको पैसाको लागि पनि उनले राजधानी काबुलकै साथीसँग सापटी लिन पर्यो ।  मुल्ला जलालुद्धिन विमानस्थल आइसकेपछि उनले थाहा पाए कि टिकट हुदैँमा प्लेन चडिन्छ भन्ने टुङ्गो थिएन । यात्रुको अथाह घुईंचो थियो त्यहाँ । 

मानिसहरु विमानस्थलतिर कुदिरहेका छन् 

आभा आफ्ना बुवा, आमा र भाइसँग छिन् । विमानस्थलको करिडर, पेसेज तथा प्रतिक्षालयमा यस्तो भिंड थियो कि २१ वर्षिय उनलाई प्यानिक एट्याक नै भयो । ‘यहाँ अत्याधिक भिंड र गर्मी थियो, मैले सास फेर्न सकिन’ उनले सुनाइन् । उनको दिदीको घर काबुलमा छ । 

दुवै वाहब र आभाले अस्तब्यस्त भिंडमा आफूलाई मुस्किलले उभ्याइरहेका थिए । ‘पसलमा पानी र खानेकुरा सकिएको थियो । मानिसहरुले घण्टौंदेखि पानी र खानेकुरा खान पाएका थिएनन् । 

वाहबको उडान ४ बजेको थियो । तर ब्यस्तताको कारण् उडान समय पछि धकेलिएर मध्यरात उनी उडेका थिए । यात्रु र उडानको घुईंचोले मध्यरात पनि उडान तालिका ब्यस्त थियो । 

कतिपय त टिकट र उडान भएपनि घुईंचोकै कारण अन्तिम टर्मिनलसम्म आफ्नो सामान जाँच गर्न नपाएकै कारण उडानबाट बञ्चित भएका थिए । घुईंचोकै कारण बोर्डिङ्ग पास लिइसकेपछि पनि सबैको सुरक्षा जाँच गर्न नभ्याएकै कारण कतिपयले उड्न पाएका थिएनन् । 

‘माजरका सबैजना बाहिरिएका छन्’

माजरको उडान अब सामान्य हुँदै जादैछ । तर, अरु शहरको स्थिति पनि राम्रो छैन । गत हप्तादेखि नै तालिवानले नियन्त्रणमा लिइसकेपछि हेरात र कान्दहारका उडान रद्द गरिएका छन् । बिदेशी मिडिया एजेन्सीको लागि काम गर्ने कान्दहारका एक पत्रकार त्रसिद मुद्रामा काबुलको उडान पर्खिरहेका छन् । उनलाई डर छ कि उनी तालिबानको निशानामा पर्नेछन् । 

‘यदि हामी काबुल बाहिर जान सक्ने हो भने थाहा हुन्थ्यो स्थिति कति भयावह छ’ उनले सुनाएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तराष्ट्र्रिय विमानस्थलको हालत पनि त्यस्तै छ । अमेरिका र बेलायतले त्यहाँ आफ्ना नागरिकलाई सुरक्षितसँग स्वदेश फर्काउन विमानस्थलको सुरक्षार्थ ३६०० सेना ओराल्दैछन् । 

तर तालिबानहरु काबुलको नजिक–नजिक आइरहेका छन् । यसले आगामी दिनलाई लिएर मानिसहरुलाई चिन्तित पारेको छ । राजधानीका ट्राभल एजेन्सीहरु तालिबानको शासन सहनुभन्दा जसरी हुन्छ मुलुक छोडेर बाहिर जान खोज्ने चिन्ताग्रस्त मानिसको भिंडले भरिएका छन् ।

अधिकांश अफगानीहरु बारम्बार जाने गन्तब्य दुबइ र इस्तानाबुलको टिकटको मूल्य आकासिएको छ । प्रवेशाज्ञामा तोक लगाउनेको घुईंचो पनि त्यस्तै छ ।

‘दिनभर हरेकले ट्राभल एजेन्ट, दुताबास वा नियोगका कर्मचारीलाई टिकट र भिसाको लागि फोन गरिरहेका छन्’ अर्थ मन्त्रालयका एक कर्मचारीले बताएका छन् । एक शहरबाट अर्को शहर अनि एक मुलुकबाट अर्को मुलुकमा भागिरहेकाको जमात कत्रो छ भन्ने त माजर विमानस्थलका एक प्रहरीको भनाइले बताउँछ – ‘माजरका सबै मानिस गैसकेका छन्, कोही बचेको छैन । हामीजस्ता टिकट किन्न नसक्नेको हालत के होला ? भगवान भरोसा ?

(अल जजिराबाट, अलि एम लातिफीको रिपोर्टमा आधारित ।)

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार