एजेन्सी – चीनले आफ्ना खतरनाक आणविक क्षेप्यास्त्रहरू राख्नका लागि तेस्रो विशाल भण्डार (साइलो) बनाउन थालेको छ ।
भूउपग्रहीय तस्वीरबाट पत्ता लागेअनुसार, तेस्रो साइलो चिलानताईमा बनाइँदैछ । त्यो इन्नर मंगोलिया नजिक छ । यस नयाँ साइलोमा चीनका १०० वटा नयाँ डीएफ–४१ अन्तर्महादेशीय क्षेप्यास्त्र राख्न मिल्छ ।
अमेरिकाका गुप्तचर निकायहरूले भूउपग्रहीय तस्वीरका आधारमा चीनको नयाँ क्षेप्यास्त्र भण्डार पत्ता लगाएका हुन् । दुई अन्य साइलो जस्तै यो पनि निकै विशाल छ ।
अमेरिकाको रणनीतिक कमान्डका कमान्डर चार्ल्स रिचार्डले चीनको आणविक शक्ति व्यापक रूपमा विकसित भइरहेको बताए । यसलाई असाधारण भन्नुपर्ने उनको भनाइ छ ।
यसअघिका दुई साइलोहरू हामी र युमेन इलाकामा बनाइएका छन् । ती दुवै ठाउँ प्रत्येकमा ११० मिसाइल राख्न मिल्छ ।
चीनका यी नयाँ क्षेप्यास्त्रहरूले उसको अन्तर्महादेशीय क्षेप्यास्त्रको संख्यालाई थप बढाउनेछ । उसले ठूलो संख्यामा क्षेप्यास्त्रहरूलाई पनडुब्बी, जमीन र रेल मोबाइल लोन्चरमा तैनाथ गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...