काठमाडौँ – युद्धग्रस्थ अफगानिस्तानमा रहेका नेपालीको उद्दारका लागि संसदमा नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रश्न उठाएसँगै अफगानिस्तानमा कति नेपाली छन् भन्ने प्रश्न उठेको छ । 

अफगानिस्तानमा अहिले तानिवानी विद्रोहीले क्रमशः विभिन्न सहरहरू कब्जा गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूको चिन्ता हुन थालेको हो ।

सरकारले औपचारिक रूपमा अफगानिस्तानमा कति नेपाली छन् भन्ने तथ्यांक सार्वजनिक नगरेता पनि अफगानिस्तानको अमेरिकी सैनिक ग्रीनजोनमा झण्डै १ सय नेपाली कार्यरत रहेको सरकारी तथ्यांक छ । अनाैपचारिक रूपमा भने १ हजार बढी नेपाली त्यहाँ हुनसक्ने अनुमान गरिएकाे छ । 

अफगानिस्तानको अधिकांश भू-भाग त्यहाँको तालिबानी विद्रोहीले आफ्नो कब्जामा लिइसकेको छ । यस्तो अवस्थामा कुनै पनि बेला राजधानी काबुलसमेत युद्धको चपेटामा पर्ने खतरा बढ्दो छ । अमेरिकाले यही अगस्ट महिनामा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने निर्णय गरेका कारण ग्रीन जोनमा काम गरिरहेका नेपालीहरूको रोजगारी गुम्ने र सुरक्षामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने अवस्था आएको हो ।

अफगानिस्तानको काबुलमा ०७३ साल असारमा बम विस्फोटनमा परेर नेपालीहरूले अनाहकमा ज्यान गुमाउनुपरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार