काठमाडौँ – भूतपूर्व गोर्खा सैनिकहरूले सरकारले भेदभाव गरेको भन्दै लण्डनमा अनशन थालेका छन् । बेलायत सरकारले भेदभाव गरेको भन्दै ब्रिटिश सेनाबाट सेवानिवृत्त सैनिकले गत शनिवारदेखि लन्डनमा आमरण अनशन शुरू गरेका हुन् । 

भूतपूर्व गोर्खा सैनिकहरूले रहरले नभई बाध्यताले आफूहरूले आन्दोलन गर्नुपरेको बताएका हुन् । सैनिकले ‘गोर्खा राइट्स म्याटर’ भन्दै शुरू गरेका हुन् । 

सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन् ।अभियानकर्मीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घलेले आमरण अनशनमा सहभागी भएका छन् ।

ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै अनशन बसेका उनीहरूको त्रिपाल मङ्गलवार ब्रिटेन प्रहरीले ‘कानुनविपरीत’ भएको भन्दै हटाइदिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार