तिनले फलाकेको एउटा नाराले भन्दैथियो, ‘जब मुल्ले काटे जाएङ्गे, वो राम–राम चिल्याएङ्गे !’
तिनले फलाकेको एउटा नाराले भन्दैथियो, ‘जब मुल्ले काटे जाएङ्गे, वो राम–राम चिल्याएङ्गे !’
भारतिय सत्तारुण दल बिजेपीका पुर्वप्रवत्ता सहित कम्तिमा ६ जना दिल्लीमा मुस्लिम विरोधि नारा लगाएको अभियोगमा दिल्ली प्रहरीद्वारा समातिएका छन् ।
भारतिय जनता पार्टीका नेता एवं सर्वोच्चका वकिल समेत रहेका अश्मिनी उपाध्यायको नेत्तृत्वमा आइतबार औपनिवेशकालिन कानुन खारेजीको माग सहित दिल्लीमा प्रदर्शन भएको थियो ।
एक सय जना भन्दा बढी प्रदर्शनकारीहरुले जन्तरमन्तर आसपासका अल्पसंख्यक मुस्लिम विरुद्ध हिंसात्मक रुपमा उत्रनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
भिडियो फुटेजमा देख्न सकिन्छ कि उनीहरुले मुस्लिमलाई ‘सुँगुर’ संज्ञा दिएका छन् । अनि तिनको गर्दन छेदुनु पर्छ भन्दै उफ्रिरहेका छन् । भारतमा मुस्लिमहरुको जनसंख्या १४ प्रतिशत अर्थात् १.३५ बिलियन रहेको छ ।
तिनले फलाकेको एउटा नाराले भन्दैथियो, ‘जब मुल्ले काटे जाएङ्गे, वो राम–राम चिल्याएङ्गे !’ बिजेपीले नेत्तृत्व गरेको एक अभियानले अयोध्यामा १६औं शताब्दीमा बनेको बाबरी मस्जित भत्काएको थियो जुन ठाउँलाई हिन्दुहरुले रामको जन्मस्थानको रुपमा लिने गर्छन् । मस्जिद १९९२ मै भत्काइएको थियो भने अघिल्लो वर्ष मात्रै प्रधानमन्त्री मोदीले त्यहाँ राम मन्दिरको शिलान्यास गरेका छन् ।
दिल्ली प्रहरीका प्रवक्ताका अनुसार, उपाध्याय लगायत अन्य चारलाई सोमबार नै पुर्पक्षको लागि थुनामा लिइएको हो भने थप एकजनालाई आज मंगलबारमात्रै पक्राउ गरिएको हो ।
स्मरण रहोस्, गत वर्षको फेब्रुवरीमा दिल्लीकै हिंसामा ५३ जना निहत्थाहरु मारिएका थिए । मारिने प्राय सबै मुस्लिमहरु थिए ।
एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...