यदि तपाईं ज्यालादारी कामदार, विपन्न, घरविहीन तथा सुकुम्बासी हुनुहुन्छ भने क्युबा तपाईंको लागि स्वर्ग हो । क्रान्तिले खाना, स्वास्थ्य र शिक्षा तीन आधारभूत मानव अधिकारको सुनिश्चित गरेको छ । साथमा काम र बसोबासको समेत व्यवस्था छ । आफूलाई मन लागेको स्वादको खाना नपाए पनि तपाईंले कहिल्यै भोको बस्न पर्दैन । तपाईंको परिवारले शिक्षा र स्वास्थ्यको सुविधा पाउनेछन् । ठूलठूला शल्यक्रिया गर्नपरेपनि तपाईंको एक पैसा खर्च हुँदैन । यो त राज्यको दायित्व अनि तपाईंको अधिकार हो । 

- फ्रेइ बेटो

क्युवाली क्रान्तिसँगको मेरो ऐक्यबद्धताका किन भन्ने  केहीलाई लाग्न सक्छ । मैले प्रतिबद्धता व्यक्त गरेका काम गर्न तथा विभिन्न समारोहमा निम्तालुको रूपमा विगत ४० वर्ष देखि म बारम्बार यो टापुमा गइरहेको छु । लामो समयसम्म त मैले क्याथोलिन चर्च र क्युबाली सरकारबीचको वार्तामा मध्यस्तकर्ताको भूमिका पनि निभाएँ । यो मैले मेरो पुस्तक 'फिडेल एण्ड रिलिजन एण्ड प्याराडाइस लस्ट तथा जर्निज टु द सोसियालिस्ट वर्ल्ड' पुस्तकमा पनि उल्लेख गरेको छु ।

भर्खरै मैले खाद्य तथा कृषि संगठनको सम्झौता अनुरूप क्युबाली सरकारलाई खाद्य सम्प्रभुत्ता र पोषण शिक्षा योजना लागू गर्न सुझाव दिएको छु । मलाई क्युबाको दैनिक जीवनबारे सम्पूर्ण ज्ञान छ । त्यहाँका जनमानसले भोगिरहेका समस्याहरू, क्रन्तिका चुनौतीहरू तथा बौद्धिक तथा कलाकार वर्गले गरिरहेको सरकारको आलोचना जस्ता तमाम कुरा बारे म जानकार छु । म जेलमा गएको छु, क्रान्तिका विपक्षीहरूसँग पनि भेटेर कुराकानी गरेको छु, क्युबाका पादरीहरूसँग बसेको छु । समाजवादका विरोधीहरूसँग पनि खाइखेली गरेको छु ।

यदि कुनै ब्राजिलियनले क्युबामा लोकतन्त्र छैन भन्छ भने यसले मलाई बोलीमा अल्झिरहन होइन त्यहाँको कामको वास्तविकतातिर लैजान्छ । क्युबेलीहरूको कन्तबिजोक भएको, सडक किनारामा दयनीय भिखारी माग्न बसेको, बालबच्चालाई सडकमा छोडिएको, सार्वजनिक ठाउँमा दिनहीनका परिवारहरू पाल टाँगेर बसेको त्यस्ता कुनै फोटो या समाचार आएको छ आजसम्म ? कि कतै परेड खेल्न लागेको सैनिकको ताँतीजस्तो वर्षौदेखि उपचार नपाएका बिरामीको लाम कुनै अस्पताल या स्वास्थ्य चौकी अघि देखिएको छ कतै ? 

म साथीभाइहरूलाई सम्झाउन चाहन्छुः 

यदि तपाईं ब्राजिलको धनाड्य हुनुहुन्छ र क्युबामा बसोबास गर्न जानुभयो भने क्युबा तपाईंको लागि नर्क जस्तै हुनेछ । तपाईं वर्षेनी नयाँ कार फेर्न पाउनुहुन्न, डिजाइनरले बनाएका लुगा त्यहाँ पाउनुहुन्न, जतिबेला मन लाग्यो त्यतिबेला छुट्टी लिएर विदेश सयर गर्न पनि पाउनुहुन्न । अनि अझ कसैलाई पनि तपाईं काममा जोताउन पाउनुहुन्न । आफ्नै कारिन्दाको पनि तपाईं बेवास्ता गर्न पाउनुहुन्न । त्यसैले २० वर्षदेखि तपाईंको लागि खाना पकाइरहेकि भान्से मारियाप्रति तपाईं धन्य हुनुहोस् जसलाई अझै तपाईंले परिवारको सदस्यजस्तो व्यवहार गर्न परेको छैन । तिनलाई शिक्षादिक्षा दिन परेको छैन, अनि स्वास्थ्य योजनामा समेट्न पनि परेको छैन । 

यदि तपाईं मध्यमवर्गमा पर्नुहुन्छ भने क्युबा तपाईंको लागि नर्क र स्वर्गबीचको बैतर्नी (पुर्गाटरी) जस्तो हो । अब क्युबाको समाज राज्य नियन्त्रित छैन, तरपनि कर्मचारीतन्त्र उस्तै छ । बजारमा सामान किन्न लाम लाग्न तपाईंलाई धीरता चाहिन्छ । यो महिना पाइएको सर–सामान अर्को महिना नपाइन सक्छ । किनकी निर्यातमा एकरूपता छैन । नाकाबन्दी छ ।

यद्यपि, यदि तपाईं ज्यालादारी कामदार, विपन्न, घरविहिन तथा सुकुम्बासी हुनुहुन्छ भने क्युबा तपाईंको लागि स्वर्ग हो । क्रान्तिले खाना, स्वास्थ्य र शिक्षा तीन आधारभूत मानव अधिकारको सुनिश्चित गरेको छ । साथमा काम र बसोबासको समेत व्यवस्था छ । आफूलाई मन लागेको स्वादको खाना नपाए पनि तपाईंले कहिल्यै भोको बस्न पर्दैन । तपाईंको परिवारले शिक्षा र स्वास्थ्यको सुविधा पाउनेछन् । ठूल–ठूला शल्यक्रिया गर्नपरेपनि तपाईंको एक पैसा खर्च हुँदैन । यो त राज्यको दायित्व अनि तपाईंको अधिकार हो । 

कुरालाई जसरी अर्थ्याएपनि हुन्छ । लोकतन्त्रको उदय प्राचीन ग्रीकमा भएको मानिन्छ । यसको श्रेय पनि ग्रीकलाई नै जान्छ । तर सम्झनुपर्ने कुरा यो छ कि एथेन्सबासी जम्मा २० हजार थिए । तर, तिनको लागि काम गरिदिने दासहरूको संख्या चार लाख थियो । ग्रीसेली लोकतन्त्रको महिमागान गाउँदै गर्दा तीमध्ये एक दासले कस्तो प्रतिक्रिया देला ?

म क्युबाको भविष्य अहिलेको ब्राजिल, ग्वाटेमाला, होन्डुरस, पुर्टो रिको तथा अमेरिकी उपनिवेशबाट मुक्त हुन नचाहेका अन्य उपनिवेशहरूको जस्तो होस् भन्ने चाहन्न । अमेरिकाले ग्वान्तानामामा गरेजस्तो म क्युबाले अमेरिकालाई उपनिवेश बनाओस् अनि क्यालिफोर्नियाको समुन्द्री किनारासम्मै भू-भाग कब्जा गरेस् भनेर पनि भन्दिन । ग्वान्तानामोलाई आतङ्गकारीको नाममा अमानवीय यातना दिने बन्दीगृहको रूपमा बदलिएको थियो । 

मेरो लागि लोकतन्त्र भनेको प्रकृति र मानवीय श्रमले सिर्जेका उपलब्धीहरूको सबैमा समान वितरण नै हो । चुनावी भोटले मात्रै लोकतन्त्रको सुनिश्चितता गर्न सक्दैन । ब्राजिल र भारतमा लोकतन्त्र छ भन्ने मानिन्छ । तर, त्यही नै सबैभन्दा ठूलो गरिबी, विपन्नता, विभेद, दमन, उत्पीडन र दुःख छ ।

आफ्नो स्वार्थ अनुकुल क्युबालाई प्रयोग गर्न नसक्ने भएपछि अमेरिका कहिल्यै क्युबाप्रति सकरात्मक भएन । त्यसैले गुरिल्लाहरुले सिरिया मास्ट्रामा कब्जा जमाउनासाथ अमेरिकाले निर्दयी पारामा यो टापुलाई उपनिवेश बनाउन खोजेको थियो । अप्रिल १९६१ मा उनीहरू पराजित भएका थिए । अर्को वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले क्युबामाथि नाकाबन्दी शुरू गरेका थिए, जुन अझैपनि जारी छ ।

ती जसले १९५९ अघिको क्युबालाई राम्ररी बुझेका छन् तिनलाई थाहा छ किन र कसरी फिडेलले लोकप्रिय ढंगबाट क्रन्तिलाई सफल पारेका थिए । यो मुलुकलाई त्यतिबेला ‘क्यारेबियनको वेश्यालय’को उपमाले चिनिन्थ्यो । पर्यटन तथा बाणिज्य क्षेत्रमा माफियाको जगजगी थियो । कतिपय फिल्ममा आजपनि हामी त्यो देख्न सक्छौँ । हवानाको मुख्य छिमेकी ठाउँ जसलाई भेडाडो भनिन्छ किनभने त्यतिबेला त्यस ठाउँमा अश्वेतलाई आउजाउ गर्न निषेध थियो ।

आफ्नो स्वार्थ अनुकुल क्युबालाई प्रयोग गर्न नसक्ने भएपछि अमेरिका कहिल्यै क्युबाप्रति सकरात्मक भएन । त्यसैले गुरिल्लाहरूले सिरिया मास्ट्रामा कब्जा जमाउनासाथ अमेरिकाले निर्दर्यी पारामा यो टापुलाई उपनिवेश बनाउन खोजेको थियो । अप्रिल १९६१ मा उनीहरू पराजित भएका थिए । अर्को वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले क्युबामाथि नाकाबन्दी शुरू गरेका थिए, जुन अझैपनि जारी छ ।

न्यूनतम स्राेतसाधन भएको क्युबा एक टापु हो । मुलुकलाई चाहिने ६० प्रतिशत आवश्यक सामाग्री आयात गर्नु यसको बाध्यता हो । अझ पछिल्लो समय ट्रम्पले नाकाबन्दीमा अरू २४३ मापदण्ड थपेका थिए, जसलाई बाइडेनले समेत हटाएका छैनन् । त्यसमाथि महामारीको विश्वव्यापी मार त छँदैछ । महामारीले मुलुकको मुख्य आम्दानीको स्राेत पर्यटन धरासायी भएको छ । यसले मुलुकको आन्तरिक अवस्थालाई कष्टकर बनाएको छ । 

क्युबाले अहिले दह्रोसँग उभिनु पर्नेछ । क्युवाली क्रान्तिसँग असन्तुष्टले अमेरिकन ड्रिमबाट प्रेरितहरूले जुलाई ११ मा प्रदर्शन गरेका थिए । यसमा सिआइए प्रमुखले समेत ऐक्यबद्धता जनाएका थिए । भर्खरै दक्षिण अमेरिकी महादेश भ्रमण गरेका सिआइए प्रमुख पेरु र चिलीको चुनावी परिणामलाई लिएर एकदमै चिन्तित छन् । 

क्युबाको वर्तमान अवस्थाको बारेमा राम्रोसँग कसैले भन्न सक्छ भने क्युबाकै राष्ट्रपति डियाज क्यानेले भन्न सक्छन् । उनले भनेका छन्ः

वित्तीय, आर्थिक, व्यापारिक र उर्जा लयायतका क्षेत्रमा व्यापक दवाब शुरू भइसक्यो । उनीहरू (ह्वाइट हाउस) क्युबामा आन्तरिक रूपमा ठूलो सामाजिक विखण्डन सिर्जन चाहन्छन् । अनि ‘मानवीय’ संकट समाधानको नाममा सैन्य हस्तक्षेप गर्न चाहन्छन् । त्यसैले हामी इमान्दार बन्नुछ, पारदर्शी बन्नुछ, र, हरेक बखत हाम्रा जन-मानससामु हामीले वर्तमान को संकट र संक्रमणकालीन स्थितिको बारेका प्रष्टसँग बुझाउनुपर्नेछ ।

मलाई थाह छ, डेढवर्ष अघि २०१९को पछिल्लो समयमा नै हामीले हाम्रो एकदमै अफ्ठ्यारो अवस्थामा छौँ भन्ने बारेमा खुलस्त पार्न पर्थ्याे । अमेरिकाले सिलसिलेबार ढंगले नाकाबन्दी कडा पार्दै, उर्जाको क्षेत्रमा वित्तीय संकट लाद्धै, हाम्रो अर्थतन्त्र धरासयी पार्न शुरू गरिसकेको थियो । यसले आम सामाजिक असन्तुष्टि निम्त्याउने नै थियो र यसैको आधारमा मानवीय सहायताको नाममा सैन्य हस्तक्षेप गर्ने अमेरिकाको प्रपञ्च थियो । 

यो अवस्थाले निरन्तरता पाइरह्यो । अनि ट्रम्पले नाकाबन्दी झन् कडा बनाए, क्युबालाई आतङ्ककारीलाई प्रशय दिने मुलुकको सूचीमा राखियो । यी तमाम निषेधका कारण पर्यटनबाट आउने आम्दानी तथा क्युबेली–अमेरिकी आप्रवासीले भित्रि्याउने रेमिट्यान्समा ठूलो ह्रास आयो । अझ क्युबाको चिकित्सकिय ब्रिगेडको पनि छवी धमिल्याउने योजना थियो । क्युबाले चिकित्सकिय सेवा र सर–सहयोगको माध्यमबाट मित्रराष्ट्रसँगको सहकार्यबाट वैदेशिक मुद्रा विनिमय गर्दै आएको छ । 

यी सबका कारण मुलुकमा मुख्यतया खाद्यान्न, औषधि तथा कच्चा पदार्थको अभाव सिर्जना भयो । यसले उत्पादन र निर्यातमा नै संकट उत्पन्न गर्यो । खासमा यसले निर्यात क्षमता र स्राेत–साधनमा लगानीको क्षमतामा सीधा प्रभाव पार्यो । हामीसँग इन्धन तथा पार्टपुर्जा पनि सीमित छ, त्यसैले यो स्थितिले अझै निरासातिर धकेल्यो । त्यसो त ९० को दशकपछि सोभियत युनियन विघटन पश्चात् क्युबाले निरन्तर जसो चुनौतीहरूको समना गर्दै आएको थियो । त्यसमाथि क्युबा लोककल्याणकारी नभएको भन्दै राज्य र जनताबीच फाटो ल्याउन अघोषित युद्धजस्तो मिडियाबाजी समेत चलाइयो ।

क्युबाली क्रान्तिको उदाहरणले ६० वर्षदेखि अमेरिका चिन्तित हुँदै आएको छ । तिनले अन्यायपूर्वक, आपराधिक र अमानवीय नाकाबन्दी लगाइरहेका छन् । र, यो नाकाबन्दी यो महामारीबीच झन् कडा पारिएको छ । यस्तो नाकाबन्दी र निषेध त उनीहरूले आजसम्म कसैलाई लगाएका छैनन् । तिनकै खुल्लमखुल्ला दुश्मन मुलुकलाई पनि लगाएका छैनन् । 

त्यसैले पूर्वाग्रही ढंगले अमेरिकाले यस्तो नीति लिएको छ । त्यो पनि एउटा सानो टापु मुलुक जो मात्र सार्वभौम र स्वतन्त्र रहन चाहन्छ । र, यसले अपनाएको व्यवस्थामा ८६ प्रतिशत मुलुकबासीको समर्थन छ । 

प्रत्येक एक मिलियनमा कोभिड मृत्युदर क्युबाको भन्दा अमेरिकाको निक्कै उच्च छ । त्यहाँ एक मिलियन जनसंख्यामा १,७२४ मरिरहेका छन् भने क्युबामा ४७ जना मरिरहेका छन् । अमेरिका खोपमा राष्ट्रियताको राजनीतिमा लागिरहँदा क्युबेली चिकित्सकहरूको हेन्री रिभ ब्रिगेड विश्वका दूरदराजका संक्रमित विपन्नहरूको उपचार र सेवामा अहोरात्र खटिइरहेका छन् ।

यस्तो विषम परिस्थितिको बीचमा महामारी फैलियो । महामारीले क्युबामात्र प्रताडित छैन, सारा विश्व प्रताडित छ, अमेरिका पनि प्रताडित छ ।  महामारीले धनी मुलुकलाई पनि प्रभावित पारेको छ । अमेरिका लगायतका अन्य धनी मुलुकहरूको स्राेत र साधनले समेत महामारीको प्रभावलाई कम गर्न सकिरहेको छैन । विपन्नहरू अझै ठूलो मारमा छन् । तर, तिनलाई लक्षित गरेर कुनै नीति अख्तियार गरिएको छैन । धेरै कुराहरूमा क्युबाको तुलनामा तिनको स्थिति दयनीय देखिन्छ ।

प्रत्येक एक मिलियनमा कोभिड मृत्युदर क्युबाको भन्दा अमेरिकाको निकै उच्च छ । त्यहाँ एक मिलियन जनसंख्यामा १,७२४ मरिरहेका छन् भने क्युबामा ४७ जना मरिरहेका छन् । अमेरिका खोपमा राष्ट्रियताको राजनीतिमा लागिरहँदा क्युबेली चिकित्सकहरुको हेन्री रिभ ब्रिगेड विश्वका दूरदराजका संक्रमित विपन्नहरूको उपचार र सेवामा अहोरात्र खटिइरहेका छन् । यसको लागि निश्चय नै यिनीहरू नोबल शान्ति पुरस्कारको हकदार छन् ।

जबसम्म अमेरिकाले क्युबामाथि सफलतापूर्वक कब्जा गर्ने सम्भावना रहन्न, तबसम्म यसले क्युबालाई कडा भन्दा कडा नाकाबन्दी लगाइरहनेछ । सोभियत युनियन विघटन अघि नाकाबन्दीसँग लड्न केही हदसम्म उनीहरूले सहयोग गरेका थिए । त्यसयता भने अमेरिकाले क्यारेबियन मुलुकमा आफ्नो प्रभुत्व जमाउन खोजिरहेको छ । १९९२ को शुरूमै संयुक्त राष्ट्रसंघमा बहुमतद्वारा नै क्युबाको नाकाबन्दी अन्त्य गरिनुपर्ने निर्णय गरिएको थियो । 

क्युबेली सरकारका अनुसार, २०१९ अप्रिल देखि मार्च २०२० सम्ममा नाकाबन्दीकै कारण क्युबाले पाँच बिलियन डलर बराबरको नोक्सानी ब्यहोरेको थियो । पछिल्लो ६ दशकमा क्युबाले नाकाबन्दीकै कारण १४४ बिलियन डलर बराबरको नोक्सानी भोगेको छ । अहिले अमेरिकाले यो टापुमा तेल बोकेर आउने जहाजहरूलाई समेत कडाइ गरिरहेको छ । 

यो अहिलेको संक्रमणकालीन असन्तुष्टि सडक प्रदर्शनको रुपमा देखिएको हो । र, यो सरकारी हस्तक्षेप बिना नै अर्थात् सैन्य ट्याङ्क सडकमा नओरालीकनै साम्य हुनेछ । यसको प्रतिकार पनि क्युबेलीले नै गर्नेछन् । क्युबेली जनताहरूको प्रतिकारको विज मार्टी, चे ग्वभेरा र फिडेलहरूले पहिल्यै रोपिसकेका छन् । हामी संसारका सबै न्याप्रेमीहरू क्युबाली जनतासँग ऐक्यबद्ध हुनुपर्छ । मन्थ्ली रिभ्युबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार