एजेन्सी – कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरू भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरू चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ ।
चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरूमा विगतका केही दिनदेखि निरन्तर रूपमा नयाँ नयाँ सङ्क्रमितहरू देखिने गरेका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका अधिकारीहरूले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरू ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरूले जनाएका छन् । स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।
चीनले कोरोना निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँच शुरू गरेको छ । यहाँ पछिल्ला हप्ताहरूमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन् ।
त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरूमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरूको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...