Opinion

पि साइनाथ


फोर्बसको २०२१ को सुचि अनुसार यो पछिलो १२ महिनामामात्र भारतिय बिलियनर्सहरुको संख्या १०२ बाट बढेर १४० पुगेको छ । जब बिलियनर्सको कुरा आउँछ, हामीले फोर्बसलाई पत्याउनै पर्छ । यि सबै भारतिय बिलिनियर्सको कुल सम्पत्ती यो एक वर्षमा झण्डै दुई गुणले बढेर ५९६ बिलियन डलर पुगेको छ ।

यसको अर्थ जम्मा १४० जना (०.००००१४ प्रतिशत)सँग हाम्रो मुलुकको कुल ग्राहस्थ्य उत्पादन (२.६२ ट्रिलियन डलर)को पाँच भागको एक भाग अर्थात् २२.७ प्रतिशत सम्पत्ती मौजात छ । यसले ‘कुल’ ग्राहस्थ्यकै परिभाषा बदलिदिएको छ । प्राय भारतका प्रमुख अखबारले यसलाई ठूलो उपलब्धिका रुपमा लिइरहेका छन् । 

‘कोभिड १९ को अर्को लहर भारतभरी चलिरहेको छ, संक्रमितको संख्या अहिले १२ मिलियन नाघिसकेको छ’ भन्दै त्यही फोर्बसले पहिलो अनुच्छेदमा यो मुलुकको अर्को समाचार लेखेको छ । यति हुँदाहुदैँपनि मुलुकको स्टक मार्केट उकालो चडेको चढ्यै छ । एक वर्ष यता बेन्चमार्क सेन्सेक्स ७५ प्रतिशतले आकासिएको छ ।  कुल बिलियनर्सको संख्या १०२ बाट बढेर १४० पुगेको छ । तिनकोे कुल सम्पत्ती एक वर्षमा दुई गुणले बढेर ५९६ बिलियन डलर पुगेको छ । मुलुकको कुल जिडिपि ७.७ प्रतिशतले बढ्दा तिनको आय यसै वर्षमात्रै ९०.४ प्रतिशतले बढेको हो । 

र, यस्तो उपलब्धिको समाचार हामी यतिबेला सुनिरहेका छौं जतिबेला कोभिडको दोस्रो लहरका कारण फेरी अर्कोपटक असंख्य मजदुरहरु सहर छोडेर गाउँ फर्किरहेका छन् । यसरी मजदुरहरु रोजगार विहिन हुनुले पक्कै जिडिपिमा असर पर्छ । तर धन्न यसले हाम्रा बिलियनर्सहरुलाई खास्सै केही फरक पर्नेवाला छैन । फोर्बस यसको साक्षी छ ।

तर कोभिड–१९को प्रवृति भने बिलियनर्सको सम्पत्तीको भन्दा ठीक उल्टो छ । जति धेरै सावधानी र सुरक्षा बिधि अपनायो यो त्यतिनै कम मात्रामा फैलन पाउँछ । 
पैसाले पैसा तान्छ भनेझैं तीन धनाढ्य भारतिय मात्रैले एक सय बिलियन डलर भन्दा धेरै यसै वर्ष थपेका छन् । यि तीनको कुल सम्पत्ती १५३.५ बिलियन छ र यो भने कुल १४० बिलियनर्सको कुल सम्पत्तीको २५ प्रतिशत हो । सबैभन्दा धनाड्य दुई अम्बानी (८५.५ बिलियन डलर) र अदानी (५०.५ बिलियन डलर) भनेको सिङ्गो पंजाब (८५.५ बिलियन डलर) तथा हरियाना (१०१ बिलियन डलर) को कुल ग्राहरुथ्य उत्पादन भन्दा अधिक हो ।

यो महामारीको वर्षमा मात्र अम्बानीले आफ्नो सम्पत्तीमा ४७.७ बिलियन डलर (३.५७ ट्रिलियन भारु) थपे । अर्थात् उनले प्रति सेकेन्ड १.१३ लाख कमाए । १.१३ लाख भनेको मासिक १८,०५९ रुपैयाका दरमा सरदर ६ पंजाबी कृषक परिवारको एक महिनाको कुल कमाइ हो । अम्बानीको कुल सम्पत्तीनै झण्डै पंजाबको कुल ग्राहस्थ्य उत्पादन बराबर छ । यो पनि नयाँ कृषि विधान आउनु पहिलाको हो । यो विधान आएपछि यो अझै आकासिने छ । अझ ख्याल गर्नुपर्ने कुरा यो छ कि पंजाबी कृषकको सरदर मासिक आय ३,४५० भारु मात्रै छ ।

धेरै पत्रपत्रिकाले पिटिआइ रिपोर्टलाई मात्रै आधार बनाएका छन् । यसले फोर्बसको स्टोरीसँग कुनै सरोकार राख्दैन । पिटिआइ रिपोर्टमा कोभिड–१९ वा कोरोना भाइरस या महामारीको बारेमा कतै उल्लेख छैन । फोर्बसको स्टोरीमा जस्तो यिनीहरुले केही खुलाएका पनि छैनन् । जस्तै फोर्बसले लेखेको छ, ‘दशमा दुई भारतिय धनाढ्यले स्वास्थ्य सामाग्रीबाट सम्पत्ती बटुलेका छन् । महामारीका कारण यो क्षेत्र संसारभर फस्टाएको थियो ।’

पिटिआइ र अन्यको स्टोरीमा ‘स्वास्थ्य क्षेत्र’ भन्ने शब्द कतै आएको छैन । जबकी हाम्रा १४० मिलियनर्स मध्ये २४लाई फोर्बसले ‘स्वास्थ्य सेवा’ उद्दोग वा ब्यावसाय अन्तर्गत राखेको छ । फोर्बसले स्वास्थ्य सेवा क्षेत्रमा राखेका हाम्रा २४ मिलियनर्स मध्ये उच्च १०ले यो महामारीमा २४.९ बिलियन डलर सम्पत्ती थपेका थिए । तिनले प्रत्येक दिन सरदर पाँच मिलियन भारु कमाएका थिए भने कुल ७५ प्रतिशतले आफ्नो सम्पत्ती बढाउँदै ५८.३ बिलियन डलर पुर्याएका थिए । 

कोभिडले कतिसम्म कमाल गरेछ ? अहिले भारत अमेरिका र चिनपछि सबैभन्दा धेरै बिलियनर्स भएको तेस्रो मुलुक बनेको छ । कुनै दिन रसियन र जर्मनहरुले हामीलाई पछि पार्ने गर्थे । तर यो वर्ष तिनीहरु आफ्नो औकातमा आएका छन् । अहिले हाम्रा भारतिय बिलियनर्ससँग कुल ५९६ बिलियन डलर छ । अर्थात् ४४.५ ट्रिलियन भारु छ । यो भनेको भारतले फ्रान्ससँग गरेको राफा सम्झौताको पैसा भन्दा ७५ गुणा ज्यादा हो । 

भारतमा सम्पत्ती कर लाग्दैन । यदि यसो हुन्थ्यो भने र १० प्रतिशत मात्रै कर कायम गर्दा पनि ४.४५ ट्रिलियन भारु जम्मा यि १४० जनाबाट थपिन्थ्यो । यति पैसाले ६ वर्षसम्म ‘महात्मा गान्धी रुरल इम्लोइमेन्ट ग्यारेन्टी प्रोग्राम’ चलाउन सकिन्छ । यसको २०२१–२२ को वार्षिक बजेट ७३ हज्जार करोण भारु छ । र, त्यो १० प्रतिशत करले ग्रामिण भेगमा अर्को ६ वर्षसम्मको लागि १६.८ बिलियन रोजगारी सिर्जना गर्न सकिने थियो । अहिले दोस्रो चरणको महामारीको कारण आप्रवासी कामदारहरु सहर छोडेर निरास हुँदै गाउँ फर्किरहेका छन् । यस्तोमा ग्रामिण क्षेत्रमा कामको झन् जरुरत छ ।

ति अद्भूत १४० लाई साथीभाइले सरसहयोग गरिरहनै पर्दैन । विगत दुई दशक यताको भरमजदुर कर कटौति अगस्ट, २०१९ यता झन् उकालो लागेको छ ।
महामारीको वर्षमा कृषकलाई प्रावधान गरिएको न्युनतम सहयोग रकम उपलब्ध गराइएन, श्रमिकहरु बिना ओभरटाइम तलब न्युनतम ज्यालामा १२ घण्टा काम गर्न बाध्य भए । अझ प्राकृतिक श्रोत÷साधन तथा सार्वजनिक सम्पत्ती धनी ब्यावसायीहरुलाई जिम्मा लगाइयो । 

यो महामारीमा खाद्य बैङ्कको भण्डारण १०४ मिलियन टन पुर्याइयो । तर जनतालाई दिइयो, पाँच किलो पिठो या चामल र १ केजी दाल । त्यो पनि जम्मा ६ महिना । जस–जसलाई राष्ट्रिय खाद्य सुरक्षा एनले समेटेको थियो तिनले मात्र यो सहयोग पाएका थिए । यसले सहयोगको खाचोँ भएका अधिकतम समुहलाई समेट्न सकेन । यसै वर्ष करौणौं भारतियहरु दशकौं देखिकै सबैभन्दा धेरै भोकै बस्नुपर्यो ।

तर सम्पत्तीमा भने फोर्बसले भनेजस्तै संसारभर बढोत्तरी भयो । गत वर्ष सरदर १७ घण्टामा एक बिलिनियर थपिए । समग्रमा संसारका धनीहरुले यसै वर्ष अरु पाँच ट्रिलियन सम्पत्ती थपेका छन् । यो पाँच ट्रिलियनभित्र १२ प्रतिशत त भारतिय बिलियनर्सको पोल्टोमा आयो । यसको अर्थ, आर्थिक असमानतामाथि भने कुनै प्रहार भएन । यो अझै झाङ्गिएर आयो ।

सम्पत्ती प्राय सबै खाले विपद्को बेला थुप्रन्छ, महामारीमा मात्रै होइन । प्राकृतिक विपद् आफैमा एउटा गजबको ब्यापार हो । अरु हज्जारौंको पीडा र दुःखमा पैसा बनाउन सजिलो हुन्छ । हाम्रा बिलियनर्सको बुझाइ फोर्बसको भन्दा फरक छ । ‘मौकामा चौका हानेर’ यिनले देखाइदिए । फोर्बसले भनेको महामारीका कारण स्वास्थ्य सेवा÷सामाग्री ब्यावसाय मालामाल भएको सत्य हो । तर, विपद्को प्रवृति हेरेर हरु क्षेत्र पनि मालामाल हुने गर्छन् ।

डिसेम्बर, २००४ को सुनामीको एक हप्तापछि सबैतिरको सेयर बजार आकासिएको थियो । सुनामीले कम क्षति पुर्याएका मुलुकमा पनि । दिनहिनका लाखौं घर, ढुङ्गा तथा सरसामान नष्ट भएका थिए । इन्डोनेसियामा लाखले ज्यान गुमाएका थिए । त्यत्तिबेलै जाकार्ताको सेयर इन्डेक्स अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको थियो ।
हाम्रो सेनसेक्स पनि उकालो लागेको थियो त्यतिबेला । यो त्यही क्षतिका कारण लाग्ने पुनर्निमाण खर्चको परिणाम थियो ।

यतिबेला स्वास्थ्यसेवा तथा सफ्टवेर सर्भिसजस्ता टेक्नोलोजीका क्षेत्र मालामाल भए । भारतका दश टेक्नोलोजीका ठूला हस्ती कम्पनीले यो १२ महिनामा थप २२.८ बिलियन डलर कमाए । तिनको सरदर दैनिक कमाइ ४.६ बिलियन भारु थियो । यसरी तिनले जम्मा कुल सम्पत्ती ५२.४ बिलियन डलर (३.९ ट्रिलियन भारु) पुर्याएका थिए । यो भनेको ७७ प्रतिशतले सम्पत्ती बृद्धी हुनु हो ।

अनि अर्को क्षेत्र हो अनलाइन एजुकेसन । हो, लाखौं सरकारी विद्यालयका विद्यार्थी सबै प्रकारको पठा–पाठनबाट बञ्चित भए । तर यति हुँदाहुँदै पनि केहीलाई फाइदा भयो । बैजु रबिन्दरनले यसैबाट ३९ प्रतिशत आय बृद्धी गर्दै आफ्नो सम्पत्ती २.५ बिलियन पुर्याए । 

मलाई लाग्छ, ‘हामीले बाँकी विश्वलाई देखाइदियौं’ भन्नु जायज नै छ । तर युएनको मानव विकास सुचकांशमा हामी नराम्ररी नाङ्गिएका छौं । कुल १८९ देशको सूचिमा हामी एक सय ३१ औं स्थानमा छौं । यल साल्भाडोर, ताजकस्तान, काबो भर्डे, ग्वाटेमाला, निकारागुवा, भुटान र नामिबिया जस्ता मुलुकहरुले हामीलाई उछिनेका छन् ।
कुन चैं षड्यन्त्रले विश्वमा हामीलाई मानव विकास सुचकांशमा पोहोरभन्दा धेरै तल धकेलेको हो ? उच्च अनुसन्धानको पर्खाइमा छौं ।

(पि साइनाथ पिपल्स आर्काइभ अफ रुरल इन्डियाका संथापक सम्पादक हुन् ।)

द वायरबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...