२५६३ वर्ष अघि अर्थात् इशापूर्व ५६३ मा तिलौराकोटका राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रको रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनको वास्तविक नाम सिद्धार्थ गौतम थियो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप, तप र साधनाको लागि हिँडेका थिए ।
संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषयमा उपदेश दिएका बुद्ध बाैद्ध धर्मका प्रवर्तक समेत हुन् । शान्तिका प्रतीकका रूपमा समेत चिनिने बुद्धले मानवीय कल्याणका क्षेत्रमा अनेकाैँ उपागमहरूकाे खाेजी गरे । उनका वाणी तथा प्रवचनहरू त्रिपिटकका रूपमा संग्रहित छन् । प्रस्तुत छ, बुद्धका महान वाणीहरूकाे बुँदागत प्रस्तुतिकरण ‘म बुद्ध बाेल्दै छु’
१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।
३.यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।
४. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।
५.प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
६. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
७. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन, तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।
८. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।
९. सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।
१०. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...