मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलीसा याक्थुङ्बा ( महेन्द्रकुमार नेम्वाङ ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति "केयुक्ना नु आयुक्ना" (निबन्ध संग्रह २०७७), "युप्पारुङ " (कथा संग्रह २०७६), "विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६", "खामाक पाङभेरेन् तुङहा" (नाटक २०५८), "याक्थुङ पान्दाङरेन निरेङ" (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशन भई सकेका छन् । बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले "पकन्दी" , "युगान्तर सन्देश", "सुमहात्लुङ" लगायतका पुस्तकहरु सम्पादन गर्नको  साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरुमा अभिनय समेत गरेका छन ।

 

विषय प्रवेशः

याक्थुङ्(बा) जाति नेपालको प्रदेश नं. १ को नौ वटा जिल्ला वा दुई वटा अञ्चल (मेचीकोशी)मा बसोबास गर्ने लिम्बूलाई याक्थुङ्(बा) जाति भनिन्छ । यिनीहरु आफूलाई लिम्बू नभई याक्थुङ्बा भन्ने गर्व गर्दछन् , भने मुन्धुम र आख्यानमा समेत लिम्बू शब्द नआई याक्थुङ्(बा) शब्द आउने गरेकोले पनि मुन्धुम (शाष्त्र) तथा आख्यानगत रुपमायाक्थुङ्(बा) स्विकारेका हुन् । यहि याक्थुङ्(बा)हरुको बसोबास गरेको याक्थुङलाजेलाई नेपाल एकिकरण (सन्धि)पछि लिम्बुवान भनेर सम्बोधन गरे ।हरेक ताम्रपत्र, रुक्का, सनद, तिज्र्या आदिहरुमा पाइन्छन् । लिम्बुवान कसले भन्न लगाए भन्ने कुरामा नजरअन्दाजीकरणले ईतिहास निर्माण गरेपनि तथ्य–सत्यको अभाव भने लिम्बुवान भन्ने शब्दमा रहेको छ किनभने याक्थुङ् जातिहरुको मुन्धुमसँग तादम्यतानभएको लिम्बू र लिम्बूवान शब्दले याक्थुङ् र याक्थुङलाजेलाई विस्थापन गर्न पुगेपनि मुन्धुम (शाष्त्र)र आख्यानहरुमा जीवित नै रहेको तुम्याहाङ्हरु बताउँछन्। 

‘अल्पज्ञानी भयङ्करी’ हुन सक्ला, यो लेख । वास्तबमा लिम्बुवान भनेको वि.सं. १८३१ साउन २२ को सन्धिपश्चात नेपालका राजा र तिनका सरकारले नै लिम्बुवान बनाए भन्ने तथ्य छ । र, यहि लिम्बूवानमा बस्ने जातिहरुलाई लिम्बू भनिए । वास्तबमा लिम्बुवान भनिएपनि यो क्षेत्रको पूर्वतिहास भने लिम्बुवान नभएर याक्थुङ्लाजे भनेर चिनिन्छ र यहाँ बसोबास गर्ने जातिलाई याक्थुङ्(बा) जाति भनेर चिनिन्छन् । याक्थुङ्(बा) भन्ने शब्दको लेख्य–परम्परा नेपालीप्रभावी ईतिहासकारहरु त्यत्ति प्रमुखता मानेको पाईंदैनन् र उनीहरुले लिम्बू भन्ने शब्दलाई नजरअन्दाजीकरण गरेर बढावा दिए । तसर्थ याक्थुङ्(बा) शब्द लेखोट प्रमाणमा त्यत्ति आउन सकेन तथापी शाष्त्रिय प्रचलन तथा भाषिक प्रयोगमा जीवन्त रहेको कारणले पनि सामान्य लोकोक्ति र श्रुतिपरम्परा अनुसार  प्रस्तुत छ ।

यक्ष शब्दहुँदै यक्खबाट याक्खा र याक्खाको जेठो (तुम्बा) वंश अथवा याक्खातुम्बाबाट याक्थुङ्(बा) भएको पनि हुनसक्छ । ‘याक्केःक् (भीर)कोबा च्वाःत्केधुङ्बा (पानी पीउने) बाट याक्केःक् थुङ्बाबाट याक्थुङ्बा भनिएको हो’ भनेर याम्बोङ् २ निवासी मनप्रसाद नेम्बाङ बताउनु हुन्छ। ईतिहासकार तथा लेखक उत्तमदाश चवेगुको आधारमा ‘यक् (गढी) तुम्बा (जेठो)बाटयक्तुम्बा हुँदै याक्थुङ्(बा) भएको हो’ भनेर लेख्नुहुन्छ । यस्तै–यस्तै आधारमा पनि याक्थुङ्(बा) शब्द भएको हो तर मुन्धुम र भाषिक उपयोगको आधारमा याक्थुङ् आफैं अटल र अमर शब्द नै हो किनकि नेपाली भाषा जस्तो याक्थुङ् भाषामा अपभ्रंस प्रथा छँदैछैन ।

परिभाषा र अर्थमा अरुको जे-जस्तो भएपनि बन्दुक अथवा तिम्मक् शब्द याक्थुङ् भाषामा तिम् + मक् = तिम्मक् भएको मानिन्छ । थिम्माआङ् फक्पा (भराएर पड्किने) थिम्फक् (थिम् = भर्ने, फक् = पक्कने)बाट तिम्फक् (भरिएर पड्कने) हुँदै तिम्मक् भएको हुनुपर्दछ । वास्तबमा याक्थुङ् भाषामा अपभ्रंस शब्द नभएपनि शब्दावाज चिप्लिएर अर्को शब्द हुने र सम्वर्णका कारणले पनि अक्षरमा परिवर्तन हुने हुन्छ । सुरुको ‘थ’ अक्षरलाई ‘त’ हुन गएर थिम्माको ‘थ’लाई तिम्माको ‘त’ भएको हुन्छ र ‘फ’को फक्पा अक्षरलाई एउटै शब्दमा जोडिन पुग्दा ‘म’को मक् भएको हुनुपर्दछ किनकि ‘फ’को अगाडि सानो ‘म’ आएकोले ‘फ’ अक्षर चिप्लिँदा ‘म’ भएको हुनसक्छ । यसर्थ थिम्फक्बाट तिम्मक् भएको हुनुपर्दछ । कतै तिम्मक्लाई तिम्ब(फ)क् पनि भनेको पाईएको छ तथापी तिम्मक् र तिम्ब(फ)क् अर्थमा एउटै हुन्छ ।

खोज क्षेत्र :

बन्दुक र तिनको प्रयोगको विषयमा पाःन्थःर जिल्ला याम्बोङ गाउँलाई अध्ययनको क्षेत्र बनाइ प्रस्तुत गरिएको छ । अन्य गाउँहरुमा यसको प्रयोग र उपादेयताका बारेमा के कसो छ, मिल्छ मिल्दैन भन्ने कुरा बहसका लागि पाठकहरुलाई स्वतन्त्र छोडिएको छ । पुस्तौं–पुस्ता अगाडिदेखि बन्दुक प्रयोग गरेर आउने स्व. सुभाष फेजोङ् नेम्बाङ, स्व. दीलराज नेम्बाङ, मुन्धुमविद स्व. स्वरुपसिं नेम्बाङ, पूर्णकुमार नेम्बाङ (गोस्वाला) र पुङ्साम सेवाका देवारी डम्बरबहादुर नेम्बाङसँग  भेटवार्तामा सम्बन्धित छ । वर्तमान नेपालको संविधान (२०७२), याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र (२०७२) र मेरै एउटा कार्यपत्रलाई सेकेण्डरी स्रोतको रुपमा लिईएको छ ।

बन्दुक (तिम्मक) :

परिभाषा र अर्थमा अरुको जे-जस्तो भएपनि बन्दुक अथवा तिम्मक् शब्द याक्थुङ् भाषामा तिम् + मक् = तिम्मक् भएको मानिन्छ । थिम्माआङ् फक्पा (भराएर पड्किने) थिम्फक् (थिम् = भर्ने, फक् = पक्कने)बाट तिम्फक् (भरिएर पड्कने) हुँदै तिम्मक् भएको हुनुपर्दछ । वास्तबमा याक्थुङ् भाषामा अपभ्रंस शब्द नभएपनि शब्दावाज चिप्लिएर अर्को शब्द हुने र सम्वर्णका कारणले पनि अक्षरमा परिवर्तन हुने हुन्छ । सुरुको ‘थ’ अक्षरलाई ‘त’ हुन गएर थिम्माको ‘थ’लाई तिम्माको ‘त’ भएको हुन्छ र ‘फ’को फक्पा अक्षरलाई एउटै शब्दमा जोडिन पुग्दा ‘म’को मक् भएको हुनुपर्दछ किनकि ‘फ’को अगाडि सानो ‘म’ आएकोले ‘फ’ अक्षर चिप्लिँदा ‘म’ भएको हुनसक्छ । यसर्थ थिम्फक्बाट तिम्मक् भएको हुनुपर्दछ । कतै तिम्मक्लाई तिम्ब(फ)क् पनि भनेको पाईएको छ तथापी तिम्मक् र तिम्ब(फ)क् अर्थमा एउटै हुन्छ ।

पुङ्साम्(माङ्) देवता : 

गोर्खा राजपरम्परा र हिन्दु धर्म संस्कार अनुसार दुर्ग (गढी)मा मात्र बन्दुक तथा हतियारहरुको पुजा गरिने परम्परा छ अथवा घरभित्र र घरवाह्य पुजा गर्ने चलनदुर्गा–भवानी परम्परा मान्नेहरुमा छैन । जुन देवतालाई दुर्गा–भवानी भन्ने गरेको पाईन्छ तर याक्थुङ् जातिको धर्म–संस्कारमा दुर्ग (गढि)को हाङ्साम पुजा बाहेक घरको हाङ्साम (कूलदेवता)मा नै राखेर पुज्ने प्रचलन प्राचिनकाल देखिनै आएको मान्छन्। घरको बाहिर स्थानमा पुजा गरिने कार्यलाई पुङ्साम् देवता भन्दछन् र पुजा गर्दछन् । तर, दुर्गा–भवानी भन्नाले हाङ्साम् होइन र याक्थुङ् जातिको हाङ्साम् पनि दुर्गा–भवानी पटक्कै होइनन् ।

याक्थुङ्(बा) जातिको बन्दुकको हाङ्साम् तीन तरिकाले पुजासेवा गरिन्छ । गढीमा पुजा गरेजस्तै सामूहिक रुपमा हाङ्साम स्थापित गराई पुङ्सामको आठै दिशामा पुजासेवा सामुहिक गर्छन् । व्यक्तिको घरभित्र हाङ्साम स्थापित भएपछि कुलथानमा पुङ्साम नभई हाङ्साम भएर बस्ने भएको कुलथानको आठै दिशा संरक्षणका लागि पुजा गर्छन् । व्यक्तिले घर बाहिर पुजा गर्दा हाङ्साम नभई पुङ्साम भएकोले आठै दिशाको पुजासेवा गर्छन् । तसर्थ यो परम्परा प्राचिनकालमै पुङ्साम् (घरवाह्य हतियार पुज्ने) देउता स्थापित भई आएकोले याक्थुङ् जातिको संस्कारिक वातावरण र संस्कृति नै भएर बन्दुक पुज्ने चलन आएको हो । 

प्राचिन कालमा विभिन्न हतियारहरु जस्तै :

भाला (बार्छा), वन्चरो, धनु, वाँण (तोःङ्), गुलेली (कुर्था), घुँयेत्रो, पासो (दर्जेन्) हुँदै बन्दुकको पुजा गर्ने देवता पुङ्साम हो । तसर्थ बन्दुकको जन्मसंगै पुङ्साम देवता पुज्ने जाति नै याक्थुङ्(बा) जाति हुन् । तसर्थ पुङ्साम र बन्दुक पुज्ने चलन प्राचिनकाल देखिनै चलाउँदै आएको मानिन्छ । ईतिहासकार तथा वंशावली लेखक स्व. श्री सुभाष फेजोङ (१९९८–२०६९) अनुसार ‘पुङ्साम(माङ्) (जंगली र वनदेवता भनेपनि जंगली र वनदेवताभने पटक्कै होइनन्) पुजा–अनुष्ठान गर्दा याक्थुङ जातिको पुर्खाहरुले शिकार गर्दै जाँदा शिकार कहिले हराउने, गोली लागेपनि नपाउने, शिकारीको आँखा तथा मन भ्रम हुने र यस्तो अवस्थामा शिकारी–शिकारीबीच पनि शिकार जस्तो ठानी गोली हानाहान हुने र शिकारीबीच मारामार हुने जस्ता कार्य आप्चारा (शिकारी) देवताले गरेपछि पुङ्साम्(माङ्)को पुजा गरेको हो ।’

देवारी श्री डम्बरवहादुर नेम्बाङको अनुसार ‘पुङ्साम्(माङ्) देवताको पुजागर्दा कुनै वनभित्र भित्तामा खोपा बनाएर खोपाभित्र थाःङ् (देवताको आशन घर) बनाएर भूईँमा केराको पात वा तितेपातीको पात बीचमा विछ्याई यसमाथि सातजोर लासो राख्ने गर्नु पर्दछ भने यसको शीर पाटामा एक–एक जोर लासो विछ्याउने गर्नुपर्दछ ।’फुको प्रयोग गर्ने जोगदारीले लासोहरु माथि फूल, अक्षता, पानसुपारी, पुलाउहरु राख्ने गर्दछन् । भोग दिने भोगदारीले लासोहरु माथि रगत चढाउने गर्दछन्। लासोहरुको दायाँवायाँ शीरमा कसैले बाँसको पेहे:ङ् (सानो तोःङ्बा) बनाएर त्यहाँ खेसुङ् सोःन्या (मर्चा र कोदो) लगाउने गर्दछन् भने कसैले पेहेङ् बिना एकजोर पात राखेर त्यहि खेसुङ् सोन्या (मर्चा र कोदो) राख्ने गर्दछन् । भोगवली दिने व्यक्तिले भाले वा सुँगुरको पाठा समेत चढाउने गर्दछन् । भोगवली नदिने व्यक्ति जोगदारीले ल्वाङ्, सुपारी, पुलाउ, आदि चढाउने गर्दछन् ।

देवारीसँग धुप,बत्ति, केरा वा तितेपातिको मुठा (लाईक्र) र पानी (वदुम्पक्वा), अक्षता आदिहरु चाहिन्छ। पुजाको बेलामा वन्दुकलाई थानमा राखेर पुङ्साम्(माङ्)को आप्चारा देवतालाई देवारीले फलाकेर पुज्ने गर्दछन् । पुजा सम्पन्न भएपछि कसैले बन्दुक तीन दिनसम्म चलाउँदैनन्, वारन गर्दछन् । कसैले त्यहि दिन नै शिकार गर्न गई शिकार मारेर शिकारको मुटु, कलेजो र रगत चढाउने गर्दछन् ।पुङ्साम्माङ् गरीसकेपछि अनिवार्य रुपमा शिकार मार्न सकिने, शिकार भेटिने, मन तथा आँखा भ्रम नहुने, र दुःख विमार नहुने हुन्छ भन्ने लोकविश्वास छ। यो पुजा उधौली र उभौली गरी वर्षमा दुई पटक गरिन्छ ।

कुनै बेला र कुनै स्थानमा शिकार मारेमा जहाँ शिकार फोरफार गरिन्छ, मान्छेले जुठो नपारी पुङ्साम्(माङ्)को नाममा दुईजोर लासो जुनसुकैको पात भए पनि त्यसमाथि मुटु, कलेजो सामान्य पोलेर वा आलै र रगत राखेर बन्दुक पनि नजिक राखेर देवतामा चढाउँछन् ।बन्दुक धनीले यसो भन्नुपर्छ । ‘कन् खेने पुङ्साम्माङ्रे केलक्लो, ताःक्तेओ । आनिगे सावागेम्बाहा ओ थुम् आविरो, मुक्साम् आविरो, हाङ्वामाङ्वा आविरो । आनिगेयो तुक्मा, सिमाङ् सिरे:प् लप्मा, नाःधाःमा साम्धाःमा मेम्बोःङ्ङे, निङ्वा नु मिक् खः मेन्लए, मिक्मेन्लेङ्ए, माङ्वा हाङ्वा नु मुक्साम केत्ते, नुमावा तारे तामावा तारे । कन् केलक्किले केनिङवा? ताःस्सेआङ् तिम्मकिल्ले कुमाङ्गेन्ना फोःक्खेओ । आनिगे माङ्गेन्नाःइन् फोक्खेओ ।’  भावार्थ, यो पुङ्साम्माङ् (शिकारी देवता)को भाग हो, अर्पणलाई ग्रहण गर्नु । हामी शिकारीलाई शक्ति दिनु, वरदान दिनु, आशिर्वाद दिनु, बिमार नबनाउनु, मन र आँखाभ्रम नपार्नु,  असहज र अवगाल नबनाई शुब्यफाव्य ल्याईदिनु । यो अर्पण भागले खुशि भएर बन्दुकलाई रक्षा गर्नु र हाम्रो पनि शीर उठाई दिनु है यत्ति भनेर बन्दुक र चढाएको वस्तुहरुलाई ढोगेर बन्दुक उठाई लाने गर्दछन् भने लासो नउठाई छोडेर जाने गर्दछन् ।

संस्कार  र संस्कृतिहरुमा प्रयोग :

याक्थुङ्(बा) भनिएका लिम्बू जातिहरुले स्वतःसिद्ध बन्दुक चलाउने अधिकार पाएका थिए र त हरेक संस्कारिक कार्यहरुमा बन्दुक चलाउँदै आए। बन्दुक संस्कारविद श्री दीलराज नेम्बाङ अनुसार‘याक्थुङ्(बा) जातिले बन्दुकलाई जन्म, पर्दा (शुभकाम) र मर्दाका हरेक संस्कारमा चलाउने गरेको हो ।’ यसको मतलव सलामी, सूचना र खुशियाली  बडाईंको रुपमा प्रयोग गर्दै ल्याएको पाईन्छन् भने शिकारका लागि पनि प्रयोग गरेको देखिन्छन् ।

शिकार बाहेक बन्दुकको प्रयोग दुईटा चलनले चलाईने गरेको पाईन्छ । एउटा शुभचलन र अर्को अशुभ चलन । शुभचलन भन्नाले बालक जन्मदा, शुभविवाह गर्दा, कूलपुजा सेवा गर्दा, घर पसाईं गर्दा, साउने संक्रान्ति पर्वमा सहकाल बोलाउँदा जोरनाल बन्दुकको जोर आवाज वा एकनाल बन्दुकको जोरपटक आवाजले पड्काउने गर्दछन् र यसमा बिजोर संख्या (पटक)को आवाज हुनु हुँदैन, यसो भएमा अशुभ र लोदर भन्ने परम्परागत लोकविश्वास रहेको छ। अशुभ चलन भन्नाले मृत्यु संस्कारमा पनि मृतकको प्राणत्याग गरेपछि लास दहन गर्नेसम्म एकनाल, बिजोर आवाज र बिजोर पटक चलाउने गर्दछन् । यसमा कूलथानमा राखेको वा पुङ्साम्माङ् थानमा राखेको शिकारी बन्दुक चलाउनु हुँदैन भने मृत्यु संस्कारमा चलाउने बन्दुक फाल्टै हुनुपर्दछ । यसमा जोरआवाज, जोर बन्दुक र जोरपटक हुनुहुँदैन । यसोभयो भने बन्दुक चलाउने व्यक्ति र बन्दुक उपयोग गर्ने मृतकको परिवारमा अशुभ तथा लोदर लाग्छ र उनीहरुको जनधनको क्षति हुन्छ भन्ने किम्वदन्ति छ ।

कुनै बेला र कुनै स्थानमा शिकार मारेमा जहाँ शिकार फोरफार गरिन्छ, मान्छेले जुठो नपारी पुङ्साम्(माङ्)को नाममा दुईजोर लासो जुनसुकैको पात भए पनि त्यसमाथि मुटु, कलेजो सामान्य पोलेर वा आलै र रगत राखेर बन्दुक पनि नजिक राखेर देवतामा चढाउँछन् ।बन्दुक धनीले यसो भन्नुपर्छ । ‘कन् खेने पुङ्साम्माङ्रे केलक्लो, ताःक्तेओ । आनिगे सावागेम्बाहा ओ थुम् आविरो, मुक्साम् आविरो, हाङ्वामाङ्वा आविरो । आनिगेयो तुक्मा, सिमाङ् सिरे:प् लप्मा, नाःधाःमा साम्धाःमा मेम्बोःङ्ङे, निङ्वा नु मिक् खः मेन्लए, मिक्मेन्लेङ्ए, माङ्वा हाङ्वा नु मुक्साम केत्ते, नुमावा तारे तामावा तारे । कन् केलक्किले केनिङवा? ताःस्सेआङ् तिम्मकिल्ले कुमाङ्गेन्ना फोःक्खेओ । आनिगे माङ्गेन्नाःइन् फोक्खेओ ।’  भावार्थ, यो पुङ्साम्माङ् (शिकारी देवता)को भाग हो, अर्पणलाई ग्रहण गर्नु । हामी शिकारीलाई शक्ति दिनु, वरदान दिनु, आशिर्वाद दिनु, बिमार नबनाउनु, मन र आँखाभ्रम नपार्नु,  असहज र अवगाल नबनाई शुब्यफाव्य ल्याईदिनु । यो अर्पण भागले खुशि भएर बन्दुकलाई रक्षा गर्नु र हाम्रो पनि शीर उठाई दिनु है यत्ति भनेर बन्दुक र चढाएको वस्तुहरुलाई ढोगेर बन्दुक उठाई लाने गर्दछन् भने लासो नउठाई छोडेर जाने गर्दछन् ।

जन्म तथा याङ्दाङ्फोःङ्मा :

शुभकार्जे भित्र बालक जन्मदा सकभर छोरा भएमा जोर बन्दुक (नाल) चारपटक र छोरी भएमा जोर बन्दुक (नाल) तीनपटक प्रयोग गर्दछन् । यसको अर्थ बालकको सलामी र पीताको हर्ष बढाई भन्ने रहेको छ । याङ्दाङ्फोःङ्मा कार्यका लागि छोरी भए तीन दिनमा र पुरुष भए चार दिनमा उठाईन्छ । त्यसदिन छोरी भए जोरनाल तीन पटक र छोरा भए जोरनाल चारपटक बन्दुक पड्काउने गर्दछन् । जोरनाल हुन नसकेमा एउटै बन्दुक भएपनि छोरीको तीनपटक र छोराको चारपटक पड्काउन सक्दछन् । यो पुरै चलन हराएर गएको छ । 

कुलपुजा तथा नयाँघर (घरपैंचो) :

कुलपुजा गर्दापनि बन्दुक राखेर हतियारहरुको पुजासेवा गर्ने चलन छ । यसमा बन्दुक, धनुवाण, भाला बर्छा, तलवार, खुँडा, कत्ती, ढाल, ढालटोपी, खुकुरी आदि युद्धका हतियारहरुको पुजासेवा कुलथानमा राखेर हाङ्साम् (कूल देवता)लाई पुज्ने गर्दछन् । अचेल हाङ्साम् कूलपुजा गर्दा बन्दुक, तलवार, खुँडा, कत्ती आदिको प्रयोग गर्दैनन् , किनभने बन्दुक, तलवार, ढाल, ढालटोपी, खुँडा, कत्तीहरु राख्नका लागि वैधानिक हुनुपर्ने भएकोले याक्थुङ्(बा) जातिहरुले छोड्दै लगेको पाईन्छ ।

यदाकदा यसको प्रयोग भने पुर्ख्यौलीका संस्कारको रुपमा मान्ने गर्दछन् । संस्कार प्रयोगमा बन्देज भएपछि यसको सट्टामा चोयाको धनुवाण बनाएर, बाँस, छट्टु (नाकारसाःङ्बा)को गुदि तथा भकमिलो काटी चिरेर बन्दुक, तलवार आदिको नमुना बनाएर, ढाल र ढालटोपीका लागि मकैको खोस्टा बुनेर हाङ्साम् कूलदेवतालाई बुझाउँदछन् । ओर्जिनल ढाल र ढालटोपी याक्थुङ् मुन्धुम अनुसार यासाबु अथवा यासाको जुरोलाई मान्ने गर्दछन् । याक्थुङ्(बा) जातिको कुलदेवता हाङ्सामको पुजागर्दा अनिवार्य रुपमा बन्दुक, धनुवाण, ढाल (यासाबु), ढालटोपी (यासाबु) तलवार, बार्छा, भाला, चौंरीको चमर चाहिन्छन् । 

चुक्मिबा र लत्तिबा याक्थुङ् पुर्खाले प्रयोग गरेको यासाबु (ढाल)को सट्टामा जाँतो (लुम्सुम्), यासाबु (ढालटोपी)को सट्टामा ओखल (सुम्दाङ्) र तलवार तथा बन्दुकको सट्टामा ओखलको मुङ्ग्रो मुस्लि (किःङ्वेत्) प्रयोग गरे भन्ने आख्यान पनि छ। ढाल (यासाबु), बन्दुक तथा तलवार, ढालटोपी (यासाबु) सरकारले बन्देज लगाईदिएपछि विकल्पमालुम्सुम्, सुम्दाङ् र किःङ्वेत् प्रयोग गर्न बाध्य बनाएको देखिन्छ ।याक्थुङ् मुन्धुममा ढालका लागि यासाबु बाहेक गैंडाको छालालाई पनि प्रयोग गरे भन्ने भनाई पाईन्छ । यी दुवै नपाउँदा ढालको लागि वेत (सिदि र मादि)लाई बुनेर पनि प्रयोग गर्दथे भनेर मुन्धुमले पनि स्पष्ट गरेको भन्ने गर्दछन् ।

श्री ३ सरकारको पालामा नै याक्थुङ्लाजेमा सनद जारी गरी सबै बन्दुक, खुँडा, तलवार, ढाल, टोपी, कत्ती आदि हातहतियारहरु उठाएर लगेको भन्ने मौखिक दोष छ । पछाडि ऐन बनाएर सबै याक्थुङ्(बा) घरहरुमा राखिएका सबै बन्दुक लगायत अन्य हतियारहरुलाई अवैध बनाएर बटुली लगे, पास गर्ने निहुँमा । हाङ्साम पुजामा किन बन्दुक (तिम्मक्) चढाएर राखे होला ? अनुसन्धान गर्न बाँकि छ । वि.सं. १८ सयको तीन दशकभित्र फेञ्जेलिङ्(मुक्) भन्ने विद्रोहीले सुर्केको फलाम खानीबाट फलाम निकाली गलाएर त्यसबाट बन्दुक र अन्य युद्द सामग्रीहरु बनाए भन्ने याम्बोङ्–सुर्केका बुढापाकाहरु बताउँछन् । वास्तविक हाङ्साम् पुजा गर्दा आठ आवाज, आठ बन्दुक, आठ पटक लगातार तीन दिन सम्म पड्काई हाङ्सामको लाम्दाक् (स्वागत) गर्दथे । नसक्ने व्यक्तिले हरेकदिन जोर बन्दुकको जोर आवाजले आठ पटक गरेर हाङ्सामको बढाई गर्दथे ।

गोर्खा राजपरम्परा र हिन्दु धर्म संस्कार अनुसार दुर्ग (गढी)मा मात्र बन्दुक तथा हतियारहरुको पुजा गरिने परम्परा छ अथवा घरभित्र र घरवाह्य पुजा गर्ने चलनदुर्गा–भवानी परम्परा मान्नेहरुमा छैन । जुन देवतालाई दुर्गा–भवानी भन्ने गरेको पाईन्छ तर याक्थुङ् जातिको धर्म–संस्कारमा दुर्ग (गढि)को हाङ्साम पुजा बाहेक घरको हाङ्साम (कूलदेवता)मा नै राखेर पुज्ने प्रचलन प्राचिनकाल देखिनै आएको मान्छन्। घरको बाहिर स्थानमा पुजा गरिने कार्यलाई पुङ्साम् देवता भन्दछन् र पुजा गर्दछन् । तर, दुर्गा–भवानी भन्नाले हाङ्साम् होइन र याक्थुङ् जातिको हाङ्साम् पनि दुर्गा–भवानी पटक्कै होइनन् ।

नयाँ घरको घरसार वा घर पसाईंको अवस्थामा पनि याक्थुङ्(बा) जातिले बन्दुक प्रयोग गर्दछन् । नयाँ घरमा नयाँ हाङ्साम थानको स्थापना, नयाँ वास्तु देवताको पुजा, वाह्य देउदेउताहरुको पुजा गर्ने गर्दछन् । यसरी नयाँ घरको हाङ्साम थान स्थापना गर्दा बन्दुक अनिवार्य स्थापित गरेर थानमा उभ्याउने गर्दछन् । यो बन्दुकसँगै धनुवाण, तलवार, खुँडा, कत्ती, भाला, बार्छा, ढालहरु समेत स्थापना गर्ने गर्दछन् । नयाँ घरमा बसाई प्रारम्भ हुँदा बखत गरिने हाङ्साम् पुजामा पनि सक्नेले आठ बन्दुक, आठ आवाज र आठ पटक दिनमा प्रयोग गर्ने गर्दछन् , भने नसक्ने व्यक्तिले जोर बन्दुक, जोर आवाज र आठ पटक दिनमा प्रयोग गर्ने गर्दछन् । हाङसाम् (कूल)को स्थापनामा हाङसामको स्वागत स्वरुप बढाई गरेको भन्ने विश्वास गर्दछन् ।

शुभविवाहः

शुभ-विवाहमा बन्दुकको प्रयोग याक्थुङ्(बा) जातिले अधिकारिक रुपमा उपयोग गरेको पाईन्छ । शुभ-विवाहमा केटा (दुलहा)को घरले चारबन्दुक, चार आवाज, जत्ति नै पटक भएपनि पड्काउने गर्दछन् । नसक्नेले भने जोरबन्दुक, जोर आवाज, जत्ति नै पटक भएपनि पड्काउने गर्दछन् । केटि (दुलहीपक्ष) देखिपनि बन्दुक सहित केटा (दुलहा)को घरसम्म र विवाहभरी माईतिपक्षबाट जोर–जोर (चारबन्दुक) ल्याएर पड्काउदै पुर्याउने गर्दछन् ।

शुभविवाहमा भने लोकन्दिहरुले जति पटक खाजा, पानी, नास्ता, खाना आदि सेवन गर्ने गर्दछन् उत्तिवेला बन्दुक पड्काउने गर्दछन् । दुलहिलाई कोरीबाटी, फेराउनी र लिनजाँदा पनि पड्काउने गर्दछन् । घरमा भित्र्याउनका लागि आँगनमा पुग्दा, घरभित्र प्रवेश हुँदा, लगन हुँदा, च्याब्रुङ नाच्नेहरुले आशिर्वाद दिँदा, तुम्याहाङहरुले आशिर्वाद दिँदा, अन्य निम्तालुहरुले आशिर्वाद दिँदा पनि बन्दुक पड्काउने गर्दछन् ।

दुलहिले खाना, खाजापानी बाँड्दा पनि बन्दुक पड्काउने गर्दछ, भने लोकन्दिहरुलाई पठाउँदा घरमा एकपटक र लोकन्दि फर्कने बाटोसम्म बन्दुक लगेर एक पटक पड्काएर बन्दुकहरु बाटामा  विछ्याएर लोकन्दिहरुलाई प्रदर्शन गर्ने गर्दछन् । यसरी राखेको बन्दुक कुनैपनि लोकन्दिहरुले नाघेर वा बाटो काटेर जानु मिल्दैन, नाघेर गएमा दुलहा–दुलहिमा शुव्यफाव्य नहुने भन्ने मुन्धुमोक्ति छ । तसर्थ लोकन्दिहरुले उक्त बन्दुक माथि जोरपातको लासो बनाएर सम्मान स्वरुप प्रति बन्दुक रु. १ को दरले राखी मुन्धुम जान्ने एक लोकन्दीले यसो भन्नुपर्छ । ‘आदाङ्बासे, आनिगे तिम्मक्ले याप्मि केदोसि, नुबै पोःक्खे सिराआङ् धाङे, हेक्याङ् नुबा इङ्घङ् सिम्बोहिम्मो केत्तुम्ब्या, आदाङ्बासिरे कन् तिम्मक्किन् फोःक्खेम्मे, लाम्मिन्हन्देम्मे, चेदोरो, सेवारो ।’

भावार्थ,हामीलाई सलामी अर्पण राम्रो गर्नुभयो । यो राम्रो खबर दुलहिको घरमा पुर्याउँछौँ । हजुरहरुको बन्दुक  उठाउनुस् र बाटो खोलाइ दिनुस्, नमस्कार भन्दै बन्दुक उठाउन लगाउँछन् र बन्दुकेहरुले रितप्राप्त गरेपछि चुपचाप बन्दुक  उठाएर बाटो खोलाई दिने गर्दछन् अनिमात्र लोकन्दिहरुले आफ्नो बाटो गरेर जाने गर्दछन् ।

सावने सक्रान्ति पर्व :

साउने संक्रान्तिका दिन बेलुका घाम अस्ताएपछि खानाखाने समयसम्म एउटा बन्दुक  भएपनि जोर पटक हुनेगरी सहकालका लागि बन्दुक  पड्काउने गर्दछन् । यसमा घरको ढुकुटिमा बन्दुक  लिएर फन्को मारेर एकपटक, कुलथानमा एकफन्को मारेर एकपटक, सिरानतलामा एकफन्को मारेर एकपटक र भुईतलामा एकफन्को मारेर एकपटक गरेर बन्दुक पड्काउने चलन रहेको पाईन्छ । बन्दुक  पड्काउने बेलामा ‘साक्नाम् पेगो पङ्धिङ् त्येओ’ (अनिकाल जाउ, सहकाल आउ)भनेर बन्दुक पड्काउँछन् । यसोगर्दा अनिकाल भागि सहकाल आउने जनविश्वास रहेको छ । हरेक याक्थुङ्(बा)का घरहरुले सहकाल ल्याउनका लागि र हाङ्साम् देउतालाई खुशि पार्न बढाँईजस्तो बन्दुक प्रयोग गर्ने गर्दछन् ।

मृत्य सँष्कार :

अशुभ कार्य भन्नाले मृत्युलाई मान्ने गर्दछन् तसर्थ याक्थुङ्(बा) जाति मरेको खण्डमा प्राण त्यागेपछि लास दहनगरि सकुञ्जेलसम्म एकनाल बन्दुक पटकपटक गरी विजोर संख्यामा पड्काउने गर्दछन् । यो बन्दुकको पुजा हुँदैन अथवा पुङ्साम् देउतामा राख्नु मिल्दैन, भनिन्छ । मानिस मरे लगत्तैदेखि बन्दुक पड्काउन सुरु हुन्छ भने लास बोक्ने चे तयार नभईन्जेल बिजोर सङ्ख्यामा पड्काउने गर्दछन् । त्यसपछि लास बोक्नका लागि बाँसको चे बनाउँदा एकपटक, मृतकलाई चेमा लगाउँदा एकपटक, मृतकलाई घरभित्र आगो अर्पण गर्दा एकपटक, लास घरबाट निकाल्दा एकपटक, आँगन नाघेर जाँदा एकपटक, बाटोहरुमा पनि डाँडा तथा चौताराहरुमा पुर्याउँदा एक–एक पटक गर्दै चिहान क्षेत्रमा पुर्याउँदा एकपटक, लास गाड्नका लागि माटो खन्दा एकपटक, खोङ (खाल्डो)मा ढुंगा मिलाई सक्दा एकपटक, स्वर्गीय व्यक्तिको नाममा माटो तर्र्फ्याउँदा एकपटक, लास खोङमा लगाउँदा एकपटक, लासलाई ढुंगाले छोप्दा एकपटक, माटोको लेबलसम्म पुर्याउँदा एकपटक र अन्तमा चिहान उठाएर उल्टो भएर बढार्दा अन्तिम पटक पड्काउने गर्दछन् ।

यसबेला बारुद उब्रेमा आगोमा लगाएर सेलाउने गर्दछन् भने फिर्ता लानु हुँदैन भन्ने विश्वास गर्दछन् । अन्तिमपटक बन्दुक पड्काएर मलामी फर्कन थालेपछि उक्त बन्दुक पड्काउनु हुँदैन । यदि पड्काएमा पड्काउने व्यक्तिमा जनधनको क्षति हुने जनविश्वास छ ।स्व. स्वरुपसिं नेम्बाङ् (१९७६–२०५८) अनुसार ‘पहिले–पहिले मृतकलाई तारान्तारको सुद्धसङखे (फोजेÞ?) गर्ने दिनमा पनि एउटा बन्दुक विजोर पटक पड्काउने चलन चलाएका थिए ।’ यो चलन छाडिसकेकाले किम्वदन्ति मात्र रहेको पाईन्छ । यसमा पनि साम्दाक्खोङ्(मृतकको मृतात्मा राख्नेवस्तु र विधी) राखेदेखि खाउः (मृतआत्मालाई तारान्तार गर्न मौखिक रुपमा वाचित कार्य) संस्कारसम्म बन्दुक पड्काउने गर्दथे भनेर संस्कारविदहरु भन्दछन् ।

निरन्तर संस्कृति :

याक्थुङ्(बा) जातिले प्रयोग गर्ने बन्दुक (मर्दा चलाउने बन्दुक  वाहेक)लाई पुङसाम्माङको थान बनाएर पुजासेवा गर्ने चलन छ । यो शिकार (ढुङ्गे) यूगदेखि चलनमा ल्याएर आएको याक्थुङ्बाको निजत्व संस्कृतिको रुपमा लिन सकिन्छ । अन्य जातिमा छ छैन यावत छैन । हरेक याक्थुङ्(बा)ले पुङसाम्को पुजासेवा गरेपछि बन्दुकले कुलपुजाको सेवा, शुभविवाह, नयाँघर बसाईँ (घरपैँचो), वालक जन्मँदा र याङ्दाङ् (कोक्रो) उठाउने दिनमा र साउने संक्रान्तीमा हर्ष बढाईका साथ प्रयोग गर्ने चलन निरन्तरता छ । यसमा कुलपुजा, घरपैँचो, बालक जन्मँदा र याङ्दाङ् उठाउने दिनमा बन्दुकको प्रयोग हुन छोडिसकेका छन् भने एकादेशको कथा जस्तो बन्न पुगेको छ । बन्दुक प्रयोगमा कमी हुनको कारण भने प्रयोगको आधिकारिकता हो । केहि दिमाग हुनेहरुले बन्दुकलाई दर्ता गरेर पासगरी पासी बन्दुक बनाए, ईलाम धनकुटा गौंडा गएर । सर्वसाधारणहरुको बन्दुक दर्ता गर्न सकेनन् र बिपासी बन्दुक भै अवैधानिक भए ।

पास हुन नसक्ने बिपासी र पास भएका बन्दुकहरुले पुङसाम् देउता पुज्न पनि छोडेनन् । याक्थुङ्(बा) जातिले आफ्नो संस्कार र संस्कृतिमा  बन्दुकको प्रयोग गर्न नपाउने गरी बन्देज लगाउँदै आएकाले पनि निर्वाध संस्कार र संस्कृतिहरुमा प्रयोग र उपयोग गर्न कम हुन गए । हातहतियार तथा खरखजाना ऐन बनाई याक्थुङ्(बा)जातिको संस्कार संस्कृतिमाथि ठाडो आक्रमण नेपाल सरकारले गर्दै ल्याए र वर्तमान संविधानमा पनि यसको निरन्तर छ ।

संविधानतः केहि चर्चा :

‘गरिबलाई दिन्छु नभन्नु, राँडीलाई लान्छु नभन्नु’ उक्तिझैं वर्तमान नेपालको संविधानले शब्दरसमा खेल्दै ल्याएको अनुभूति दिन्छ । नेपालको संविधान (२०७२) ‘भाग–३, मौलिक हक र कर्तव्य धारा ३२ उपधारा (३) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, साँस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ ।’ मौलिक हकमा उल्लेख गरिएका संस्कृति, साँस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक उल्लेख भएपनि वर्तमानसम्ममा याक्थुङ् जातिको बन्दुक सम्बन्धि साँस्कृतिक सभ्यतामाथि खुल्ला प्रयोग गर्न दिएको छैन, बन्देज छ । संविधानको ‘अनुसूची–५ संघको अधिकार सूची क्रमसंख्या ३. हातहतियार, खरखजाना कारखाना तथा उत्पादन सम्बन्धि ’ ऐन बनाउने संघीय सरकारले अधिकार राखेर याक्थुङ् जातिले प्रयोग गरेका बन्दुक संस्कृतिलाई बन्देज लगाएको छ ।

भाला (बार्छा), वन्चरो, धनु, वाँण (तोःङ्), गुलेली (कुर्था), घुँयेत्रो, पासो (दर्जेन्) हुँदै बन्दुकको पुजा गर्ने देवता पुङ्साम हो । तसर्थ बन्दुकको जन्मसंगै पुङ्साम देवता पुज्ने जाति नै याक्थुङ्(बा) जाति हुन् । तसर्थ पुङ्साम र बन्दुक पुज्ने चलन प्राचिनकाल देखिनै चलाउँदै आएको मानिन्छ । ईतिहासकार तथा वंशावली लेखक स्व. श्री सुभाष फेजोङ (१९९८–२०६९) अनुसार ‘पुङ्साम(माङ्) (जंगली र वनदेवता भनेपनि जंगली र वनदेवताभने पटक्कै होइनन्) पुजा–अनुष्ठान गर्दा याक्थुङ जातिको पुर्खाहरुले शिकार गर्दै जाँदा शिकार कहिले हराउने, गोली लागेपनि नपाउने, शिकारीको आँखा तथा मन भ्रम हुने र यस्तो अवस्थामा शिकारी–शिकारीबीच पनि शिकार जस्तो ठानी गोली हानाहान हुने र शिकारीबीच मारामार हुने जस्ता कार्य आप्चारा (शिकारी) देवताले गरेपछि पुङ्साम्(माङ्)को पुजा गरेको हो ।’

यसरी नै भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व धारा ५१. राज्यका नीतिहरु ः खण्ड (ञ) उपखण्ड (८) मा पनि आदिवासी जनजातिको परम्परागतसंस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र संवर्धन गर्ने भनी लेखेता पनि आदिवासी याक्थुङ्बाहरुको बन्दुक प्रयोग गर्ने संस्कृति, सामाजिक परम्परा र अनुभवहरुलाई संरक्षण गरेको देखिएको छैन । तेसरी नै  भाग–५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड धारा ५६. राज्यको संरचना (५) मा पनि सामाजिक सांस्कृतिक संरक्षणका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र कायम गर्ने उल्लेख गरेतापनि यस आधारमा अहिलेसम्म नेपाली समुदाय अन्तर्गत याक्थुङ्बा जातिले वन्दुकको प्रयोग स्वायत्त रुपमा उपभोग गर्न दिइएको छैन । के नेपालको संविधान ‘ठूलालाई चैन, सानालाई ऐन’ मात्र हो या लाटोको धोती बनाउन खोजेको हो ? अवगत छैन ।

केहि संवैधानिक उपाय :

याक्थुङ्(बा) जातिलाई संघीय सरकारबाट पासी बन्दुक सम्भव नभए कित स्थानीय तहबाट सामान्य प्रकृयाले लाईसेन्स उपलब्ध गराई साधारण कर तथा राजश्वमा ल्याएर जन्मदेखि मृत्यु पर्यन्तको संस्कार–संस्कृतिमा प्रयोग गर्न, कुलपूजा र पुङ्साम्माङ् देवतालाई स्वतन्त्रपुर्वक मान्न र पुजासेवा गर्न पाउनुपर्दछ । अब, संविधानको मौलिक हकमा प्रदत्त धारा ३२ उपधारा (३) अनुसार संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्न र त्यसकै लागि संविधानको ‘अनुसूची – ८ (धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) संग सम्बन्धित) स्थानीय तहको अधिकार सूची क्रम संख्या २२. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास’ अन्तर्गत संस्कृतिको ऐन बनाएर सांस्कृतिक सभ्यताका लागि बन्दुक राख्न पाइने कानून बन्नुपर्छ । यसो भएन भने ‘म कुटे जस्तो गर्छु, तिमी रोए जस्तो गर्नु’ जस्तै स्वाङ्मा ‘संस्कृति’ शब्द रखाएर बन्दुक संस्कृतिलाई ‘भिरको चिण्डो उँधो न उभो’ बनाउने नियत ठाडै देखिन्छ, होइन र ? संस्कृति भन्नाले ‘समाजमा धेरै समयदेखि चल्दै आएको चलन, रीतिरिवाज, संस्कार’ (१२१४ नरेन्द्र : २०६७) र सांस्कृतिक भन्नाले ‘संस्कृतिसंग सम्वन्धित’ (१२६१ नरेन्द्र : २०६७) भनी नेपाली शब्दकोशले अथ्र्याएको पाइन्छ ।उसो भने याक्थुङ् जातिको वन्दुक संस्कृति र सांस्कृतिक सभ्यता भनेको के हो? संविधानको धारा ३२ उपधारा (३) को संस्कृति र सांस्कृतिक अर्थ के हो ? संविधानको अनुसूची ८, क्रमसंख्या २२. को संस्कृतिको आशय के हो ? संविधानको धारा ५१ खण्ड (ञ) उपखण्ड (८) को संस्कृति र सामाजिक परम्पराको भाष्यता के हो ? र धारा ५६ उपधारा (५) मा उल्लेख भएका सांस्कृतिक संरक्षणको मर्म के हो ? प्रश्नहरुसंगै संवैधानिक अर्थहरु खोज्नुपर्ने देखिन्छ । 

अन्तमा,

‘अड्को फड्को तेलको धुप’ भन्याझैँअत्ति कम पासी बन्दुकहरुबाट याक्थुङ् संस्कार र संस्कृतिहरुमा प्रयोग गर्दै आएका छन् । विपासी बन्दुकहरु अवैधानिक हुँदै अन्तमा नष्ट भएर गए । याक्थुङ्(बा) जातिको हाङसाम् (कूलपुजा), जन्म, शुभविवाह, घरबसाई, साउने संक्रान्ति पर्व, मृत्यु संस्कार र पुङसाम देउतालाई राज्यले अवैध बनाई दिए र वर्तमानसम्म निरन्तरता छ । तथापी छिटफुट शूभकार्यका लागि पासीबन्दुकहरु खोजि–खोजि प्रयोग गर्दछन्भने मृत्युमा प्रयोगका बन्दुकहरु भने विपासी नै छन् ।

पासी बन्दुक बनाउने सरकारले अवसर दिएन। जन्मदेखि मृत्यु संस्कारमा बन्दुक चलाउने संस्कृति याक्थुङ्(बा) जातिले घरमा बन्दुक राख्न, पुज्न, हाङ्साम् तथा पुङ्साम देवताको पुजा गर्न पाउनु पर्दछ ।जन्मदेखि मृत्युपर्यन्तसम्म चलाउने बन्दुकलाई सांस्कृतिक रुपमा राख्न नदिनु भनेकोसरकारले याक्थुङ्(बा)जातिको मौलिक हकमाथि सांस्कृतिक दमन गरेको देखिन्छ।बन्दुकको आवाजसँग संस्कृति खेल्ने याक्थुङ्बा जाति, तिनीहरुको कुलदेवता, तिनीहरुको पुङ्साम् देवता, तिनीहरुको संस्कृति तथा रीतिरिवाजहरु नेपाल सरकारको विरुद्धमा आफैं छन् (?) या त बनाइएको छ । तसर्थ याक्थुङ कूलदेवता, पुङ्साम् देवता र संस्कृतिहरु संबैधानिक रुपले भद्रविद्रोहमा परेर प्रतिवन्धित र कानूनी कठघरामा छन् अनि राज्यविद्रोही संज्ञामा । सबै याक्थुङ्हरुले मिहिन रुपमा बुझोस् ।
                                                                                                                                   

                                                                                                                         

स्रोत सामग्री तथा व्यक्ति  :
    लिम्बू मलिसा याक्थुङ्बा : याक्थुङ्बा (लिम्बू)जातिका कर्मकाण्डको मौखिक शाष्त्र (२०७३) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेल ललीतपुर
    चवेगु उत्तमदाश (उदयवहादुर), संक्षिप्त किरात ईतिहास र थेगहिम वंशावली
    याङ्देम्बा बीर नेम्बाङ्, लिम्बूको पहिचान के हो ?
    प्रा.डा. सिवाकोटी गोपाल, नेपालको संविधान २०७२, पैरवी प्रकाशन काठमाण्डौं
    चापागाई डा. नरेन्द्र, सङ्क्षिप्त नेपाली शब्दभण्डार (२०६७), श्याम पुस्तक भण्डार विराटनगर
    याङ्देम्बा स्व. स्वरुपसिं नेम्बाङ् (१९७६–२०५८) : याम्बोङ ३ (हाल फाल्गुनन्द गापा २) पाःन्थःर
    फेजोङ् स्व. सुभाष लिम्बू (१९९८–२०६९) : याम्बोङ् ६ (हाल फाल्गुनन्द गापा २) पाःन्थःर
    याङ्देम्बा स्व. मनप्रसाद नेम्बाङ :याम्बोङ् २ (हाल  फाल्गुनन्द गापा २) पाःन्थःर
    याङ्देम्बा स्व. दिलराज नेम्बाङ् : याम्बोङ् ३ (हाल फाल्गुनन्द गापा २) पाःन्थःर
    फेजोङ् पूर्णकुमार नेम्बाङ् :याम्बोङ् ६ (हाल फाल्गुनन्द गापा २) पाःन्थःर
    याङ्देम्बा डम्बरवहादुर नेम्बाङ (देवारी) : याम्बोङ् ३ (हाल फाल्गुन्द गापा २) पाःन्थःर
    लिम्बू मलिसा याक्थुङ्बा, ‘याक्थुङ्(बा) संस्कारमामा  बन्दुकको प्रयोग’कार्यपत्र २०७४, लोकवार्ता परिषद नेपाल सातौं राष्ट्रिय सम्मेलन नवलपरासी त्रिवेणी गजेन्द्रमोक्ष धाम (२०७४ असोज २७ गते)

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...