हिरो ऐठनबाट एक्कासी ब्युझिएँ। ब्युझँदा ढुकढुकी बढेको थियो । श्वास लिन गाह्राे परिरहेको थियो । बाहिर एक किसिमको गहिरो चिच्याहट सुनिन्थ्यो । साँघुरो कोठा, धिपधिपे बत्तीको मधुर प्रकाशमा बायाँ भित्तामा पुरानो र्याक देखिन्छ । र्याकमा औषधिका थाकहरू छन् । अघिल्नेर भित्तामा झुण्ड्याइएको घडीले एकोहोरो आवाज दिइरहेको छ । टकटक, टकटक...। 

मध्यरातको बाह्र बजेको हुँदो हो, जिल्ला अस्पताल इलामको फार्मेसी विभागमा आफूलाई सकुशल पाएँ । सपना र ऐठनले एक किसिमको डर पैदा गरिरहेको थियो ।  कोठाको दाहिने कुनामा ढोका छ । फार्मेसी कक्षमा जान साँघुरो बाटो पार गर्नुपर्छ । फार्मेसी कक्षमा पुग्दा बाहिरबाट कसैले ढोका ढकढकाइ रहेको थियो।

रातको चौँथो प्रहर, पूर्वमा अँध्यारोको साम्राज्य हट्दै थियो । आँखा पोलिरहे पनि निन्द्रा भने थिएन । अकस्मात चर्को आवाज आयो । आवाज भएतिर सबै दगुरे । हत्तपत्त म पनि दगुरेँ । मेरा हातगोडा एक्कासी गले । वातावरण कारुणिक थियो । चौँथो प्रहरको अँध्यारो सँगसँगै बृद्ध बिरामीले हामी सबैलाई छाड्नुभएछ । लाग्यो, आफ्नो अभिभावक गुमाएँ । अन्तिम समयमा समेत उहाँलाई टाढैबाट श्रद्धासुमन गर्नुपर्दा मन खिन्न भयो । छोरीजस्तै लाग्यो तिमी, निको भएपछि तिमीलाई एकपटक हाम्रो घर लान्छौँ'। यो आवाज सदासदाको लागि बन्द भएर गयो । 

"लु न सिस्टर ! डाक्टरले भन्नु भा, यो औषधि दिनु रे ।" आवाजमा एक किसिमको डरको कम्पन सुनिन्थ्यो। प्रेस्क्रिप्सन लेटर हेरेँ । प्रेस्काइब गरिएको औषधिको लिस्ट निक्कै लामो थियो । औषधि लिने मानिसले हतासमै फेरि भन्यो, "चाँडै दिनुहोला, बिरामी साह्राे छ ।"

लिस्टमा भएबमोजिमको औषधिहरूको झोला दिए । आधा औषधिहरू कोभिडका बिरामीलाई दिने किसिमका थिए । औषधि लिने मानिस हतारमै बिरामी कक्षतिर दगुर्यो । "अक्सिजन तयार गर । पल्स अक्सिमिटर ल्याऊ । प्रेसर चेक गर। मोनिटर मिलाउ ।" हतासिएको यो आवाज फार्मेसी कक्षबाटै प्रष्ट सुनिन्थ्यो ।

सुदूर पूर्व नेपालको जिल्ला अस्पताल इलाम । इलाम जिल्लाकै एकमात्र अस्पताल भनेपनि हुन्छ । एकाध ठाउँमा मेडिकलहरू भएपनि जिल्लामा अरू ठूला अस्पतालहरू छैनन् । विश्वभरि आक्रान्त मच्याइरहेको कोभिड-१९ गाउँसम्म फैलिसकेको छ । अरू बिरामीको चाप त उति साह्रो छैन तर पछिल्लो समय दिनहुँजस्तो डेड दर्जन बिरामीहरू कोभिडको लक्षणसहित अस्पताल आउँने गरेका छन् । 

अस्पतालमा पछिल्लो समय व्यस्तता बढेको थियो। खाली समय भयो कि वहाँहरुको अवस्था बुझ्न पुगिहाँल्थे। बिरामी रेड लाईनको एक नम्बर बेडमा राखिएको थियो। आमालाई सन्तानको न्यास्रो लागेको हुँदो हो, एकोहोरो हेर्नुहुन्थ्यो। कतै आँसु पोखिईहाल्छ कि जस्तो! एक किसिमको पारिवारिक बोध हुन्थ्यो। आफु भित्रको मानिस पोखिन्छ कि भनेर वहाँहरुको सामु जाँदा बिरामीको अवस्था के कसो छ? अवस्थालाई सामान्यीकरण गर्न खोँज्थे। 

त्यो रात बिरामीहरूको अस्वाभाविक चिच्याहट सुनिन्थ्यो । त्यही भएर होला, निदाउने मन उति साह्रो भएन । सुत्ने बेला थन्काएको पिपिइ कपडा लाउन लागेको थिएँ, एक्कासी एम्बुलेन्सको साइरन बज्यो। एकपल्ट फेरि साइरनको आवाज चर्को बज्यो र लाग्यो ओरालै ओरालाे । पछि थाहा भो, उक्त बिरामीलाई जिल्ला अस्पतालले रेफर गरेको रहेछ । स्वासप्रस्वासमा अस्वाभाविक समस्या आएपछि अक्सिजन सहित बिरामीलाई झापाको 'बी एण्ड सी' अस्पताल मध्यरातमै लगियो । बिरामीको स्वास्थ्य लाभको लागि माङसँग कामना गरेँ । 

पछिल्लो केही महिनादेखि जिल्ला अस्पताल इलामको फार्मेसी कक्ष नै घरजस्तो भएको छ। फार्मेसीको परिधि नै संसार भएको छ । त्यसमाथि प्रायः लागाइरहनु पर्ने पिपिइको सकसक, सेनिटाइजरको एलर्जी, माक्सले निम्त्याएको कानको दुखाइ । हुन त यो आफूसँगै अरूको पनि सुरक्षाको लागि हो, तर हर प्रहरको प्रयोगमा यसको प्रयोग निस्सासिँदो छ । यस्तो बाध्यताकारी समय हामी कसले पो सोचेको थियौँ होला र ?

मेडिकल क्षेत्रमा औषधि उपचार बाहेक मैले बुझेको अर्को ज्ञान भावनात्मक सम्बन्ध हो। बिरामी र बिरामी सेवकप्रति गरिने व्यवहार हो । बिरामीलाई औषधि उपचार सँगसँगै मनोबलको आवश्यकता पर्छ जस्तो लाग्छ । अहिलेको अवस्थामा झनै बिरामीमा मनोबलको आवश्यक देखिन्छ । पछिल्लोपटक संक्रमितहरूको सूची हेर्दा युवाहरूमा पनि संक्रमणको दर उतिकै छ । रोग प्रतिरोधात्मक क्षमता उच्च भएकाहरूमा गम्भीर प्रभाव नहोला, तर दोस्राे व्यक्तिका लागि ऊ कारक बन्नसक्छ ।

पिपिइ लाइसकेपछि अस्पतालमा भर्ना भएका बिरामीहरूको लिस्ट हेरेँ । मेरो आँखा एकजना बिरामीको नाममा अड्कियो । नाम थियो नन्दबहादुर (नाम परिवर्तन), उमेर ७२ । उहाँ ३ दिन अघि नै अस्पताल भर्ना हुनुभएको थियो । कोरोना भाइरसको संक्रमण पुष्टि भएको रहेछ । शुरूमा अस्पतालसम्म उहाँको छाेरीज्वाइँले ल्याए पनि दोस्राे दिन यता दुईजना श्रीमान-श्रीमती मात्रै हुनुहुन्थ्यो । 

दोस्राे दिन यता उहाँहरूमा ध्यान केन्द्रित भइरह्यो । उहाँहरूका छोराहरू बाहिर रहेछन् । एकजना छोरीको विवाह भएको, एकजना बाहिर । उहाँहरूकाे एक्लोपनले मलाई तान्यो । अहाे, यस्तो प्रौढ अवस्थामा अस्पतालमा एक्लै रहनुपर्ने ? सन्तानबाट रेखदेखको महसुस भएको बेला सन्तान सात समुन्द्रपारी छन् । त्यसपछि लाग्यो, सम्पत्ति त सन्तान पो रहेछ । सन्तानको अविभावक प्रेम पो रहेछ । दायित्वबोध पो रहेछ । सबैभन्दा ठूलो त मानिसको भावनात्मक सम्बन्ध पो रहेछ । भावनात्मक सम्बन्धबाट मैले सम्पति कमाएकी थिएँ ।

अस्पतालमा पछिल्लो समय व्यस्तता बढेको थियो । खाली समय भयो कि उहाँहरूको अवस्था बुझ्न पुगिहाँल्थे । बिरामी रेड लाइनको एक नम्बर बेडमा राखिएको थियो । आमालाई सन्तानको न्यास्रो लागेको हुँदो हो, एकोहोरो हेर्नुहुन्थ्यो । कतै आँसु पोखिइहाल्छ कि जस्तो ! एक किसिमको पारिवारिक बोध हुन्थ्यो । आफूभित्रको मानिस पोखिन्छ कि भनेर उहाँहरूको सामु जाँदा बिरामीको अवस्था के कस्ताे छ ? अवस्थालाई सामान्यीकरण गर्न खोज्थेँ । 

त्यो रात निक्कै सकसपूर्ण रहयो । अरू बेलाभन्दा बिरामीहरूको चिच्याहट असामान्य थियो । घरिघरि बृद्ध बिरामी सामु पुग्थे । किन हो किन उहाँहरूमा ऊर्जा छाएजस्तो लाग्थ्यो। बृद्ध बिरामी श्रीमानलाई अहोरात्र साथ हौसला दिइरहनुभएको हुन्थ्यो उहाँँको श्रीमती । प्रायः आँखा राता हुन्थे । साेच्थेँ, सात समुन्द्रपारी उडिगएका आफ्ना सन्तानको याद हो त्यो आँसु । मेरो कामना त्यही हुन्थ्यो, सन्तानको यादहरू आँसुबाट नबगोस् ।

भावनात्मक निकटता त थियो नै । भौतिक निकटतालाई कोरोना भाइरस नामक महामारीले रोक्यो । यो नहुँदो हो त खाली हातले उहाँको निधार छाम्थे हुँला । हात स्पर्श गरेर मनोबल दिन्थे हुँला । यो सम्भव भएन । असम्भवलाई बोलीले सम्भव बनाउने कोसिस थियो । बिरामीले घरिघरि टाउको उठाएर केही भन्न खोजेको झैँ लाग्यो । उहाँलाई अक्सिजन प्रयोग भएको कारण अप्ठ्यारो हुन्थ्यो । त्यसपछि हामी आँखाको भाकाले बोल्थ्यौँ । एकपटक खाना खाइरहेको बेला उहाँले भन्नुभएको याद छ । "छोरीजस्तै लाग्यो तिमी, निको भएपछि तिमीलाई एकपटक हाम्रो घर लान्छौँ ।"

महामारी संक्रमण फैलिँदो छ । भित्री गाउँसम्म पुग्ने क्रममा छ महामारी । दिनहुँजसो कोरोना संक्रमित बिरामीहरू अस्पताल आउने क्रम बढ्दो छ । संक्रमितहरूको छट्पटी देख्दा मनमा एक किसिमको अत्यास छाउँछ । व्यस्तता बढ्दो छ । छुट्टी भएपछि ड्युटीको दौडधुपले चाँडो निन्द्रा लाग्छ । पछिल्लो समय प्रायः घरबाटै फोन आउँथ्यो। आमाले सोधिरहने प्रश्न यही हुन्थ्यो, सन्चै छस् ? मेरो तयारी उत्तर हुन्थ्यो, सन्चै छु । घर टाढा छ । टाढा घरमा बृद्धा बोजु पनि हुनुहुन्छ । मेरो स्वास्थ्य लाभको लागि हरबखत कामना गरिरहने बोजुलाई केही भयो भने ? आँखैअघि बृद्ध बिरामीको छट्पटी देख्दा मनमा घोर अत्यास छाउँथ्यो ।

सुदूर पूर्वमा तराई र पहाडलाई जोड्ने जिल्ला इलाम पनि हो । झापा सिमाना नजिक भएका बिरामीहरू उपचारको लागि झापातिरै जान्थे । माथिल्लो क्षेत्रको लागि भने जिल्ला अस्पताल इलाम विकल्प रहँदैन । पाँचथर, ताप्लेजुङका बिरामीहरूको लागि पनि जिल्ला अस्पताल इलाम भरोसाको ठाउँ हुन्थ्यो । बिरामीले पार गर्नुपर्ने करिब दुई सय किलोमिटरको दूरी सोच्दा कहाली लाग्छ । त्यसमाथि, जिल्ला सदरमुकाम इलाममा ५० शैय्याको जिल्ला अस्पताल भएपनि पर्याप्त चिकित्सक र विशेषज्ञ सेवा नहुँदा आकस्मिक र जटिल बिरामीहरूलाई झापाको अस्पतालहरूमा रिफर गर्नुपर्ने अवस्था छ । सम्झन्छु, यतिको सुगम जिल्लामा स्वास्थ्य स्थिति यस्तो छ, पश्चिमका कर्णाली लगायतका जिल्लाहरूमा झनै कस्तो होला ?

भावनात्मक निकटता त थियो नै । भौतिक निकटतालाई कोरोनाभाइरस नामक महामारीले रोक्यो । यो नहुँदो हो त खाली हातले उहाँको निधार छाम्थे हुँला । हात स्पर्श गरेर मनोबल दिन्थे हुँला । यो सम्भव भएन । असम्भवलाई बोलीले सम्भव बनाउने कोसिस थियो । बिरामीले घरिघरी टाउको उठाएर केही भन्न खोजेको झैँ लाग्यो । उहाँलाई अक्सिजन प्रयोग भएको कारण अप्ठ्यारो हुन्थ्यो । त्यसपछि हामी आँखाको भाकाले बोल्थ्यौँ । एकपटक खाना खाइरहेको बेला उहाँले भन्नुभएको याद छ । "छोरीजस्तै लाग्यो तिमी, निको भएपछि तिमीलाई एकपटक हाम्रो घर लान्छौँ ।"

मेडिकल क्षेत्रमा औषधि उपचार बाहेक मैले बुझेको अर्को ज्ञान भावनात्मक सम्बन्ध हो । बिरामी र बिरामी सेवकप्रति गरिने व्यवहार हो । बिरामीलाई औषधि उपचार सँगसँगै मनोबलको आवश्यकता पर्छ जस्तो लाग्छ । अहिलेको अवस्थामा झनै बिरामीमा आत्मबलको आवश्यकता देखिन्छ । पछिल्लो पटक संक्रमितहरूको सूची हेर्दा युवाहरूमा पनि संक्रमणको दर उत्तिक्कै छ । रोग प्रतिरोधात्मक क्षमता उच्च भएकाहरूमा गम्भीर प्रभाव नहोला, तर दोस्राे व्यक्तिको लागि ऊ कारक बन्नसक्छ ।

त्यो रात निक्कै सकसपूर्ण रहयो । अरू बेलाभन्दा बिरामीहरूको चिच्याहट असामान्य थियो । घरिघरि बृद्ध बिरामी सामु पुग्थे । किन हो किन उहाँहरूमा ऊर्जा छाएजस्तो लाग्थ्यो । बृद्ध बिरामी श्रीमानलाई अहोरात्र साथ हौसला दिइरहनुभएको हुन्थ्यो उहाँँकी श्रीमती । प्रायः आँखा राता  हुन्थे । साेँच्थे, सात समुन्द्रपारी उडी गएका आफ्ना सन्तानको याद हो त्यो आँसु । मेरो कामना त्यही हुन्थ्यो, सन्तानको यादहरू आँसुबाट नबगोस् ।

दोस्राे दिनयता उहाँहरूमा ध्यान केन्द्रित भइरह्यो । उहाँहरूका छोराहरू बाहिर रहेछन् । एकजना छोरीको विवाह भएको, एकजना बाहिर। उहाँहरूको एक्लोपनले मलाई तान्यो । अहाे, यस्तो प्रौढ अवस्थामा अस्पतालमा एक्लै रहनुपर्ने ? सन्तानबाट रेखदेखको महसुस भएको बेला सन्तान सात समुन्द्रपारी छ । त्यसपछि लाग्यो, सम्पत्ति त सन्तान पो रहेछ । सन्तानको अविभावक प्रेम पो रहेछ । दायित्वबोध पो रहेछ । सबैभन्दा ठूलो त मानिसको भावनात्मक सम्बन्ध पो रहेछ । भावनात्मक सम्बन्धबाट मैले सम्पत्ति कमाएकी थिएँ ।

रातको चौँथो प्रहर, पूर्वमा अँध्यारोको साम्राज्य हट्दै थियो। आँखा पोलिरहे पनि निन्द्रा भने थिएन । अकस्मात चर्को आवाज आयो । आवाज भएतिर सबै दगुरे । हत्तपत्त म पनि दगुरेँ । मेरा हातगोडा एक्कासी गले । वातावरण कारुणिक थियो । चौँथो प्रहरको अँध्यारो सँगसँगै बृद्ध बिरामीले हामी सबैलाई छाड्नुभएछ । लाग्यो, आफ्नो अभिभावक गुमाएँ । अन्तिम समयमा समेत उहाँलाई टाढैबाट श्रद्धासुमन गर्नुपर्दा मन खिन्न भयो । "छोरीजस्तै लाग्यो तिमी, निको भएपछि तिमीलाई एकपटक हाम्रो घर लान्छौँ ।" यो आवाज सदासदाको लागि बन्द भएर गयो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

एलिसा लिङ्देन

लेखकबाट थप...