इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
६ वर्ष लामो विश्वयुद्ध समाप्त
१९४५, जापानका लागि विनाशकारी साबित भयो । द्वितीय विश्वयुद्धको अन्त्यसम्म लगभग ४ करोड मानिस मारिइसकेका थिए । उता जापानामा भने अमेरिकाले २ वटा बम खसाली ठूलो क्षति पुर्याएको थियो ।
हिरोशिमा बम खसालिएको ७२ घण्टापछि अर्थात् ९ अगस्तमा जापानमाथि पुन बम हमला भयो । यसअघि रुस पनि जापानविरुद्ध उभिएको थियो । र, रुसी सैनिक जापानी सीमाभित्र पुगिसकेका थिए ।
१२ अगस्तमा अमेरिकाले जापानलाई आत्मसमर्पण गर्न भन्यो । जापानले आत्मसमर्पण गरेमा त्यहाँका शासकविरुद्ध कुनै किसिमको मुद्दा नलाउने समेत अमेरिकाको घोषणा थियो । तर, जापान भने यसबीचका ५ दिनमा समेत निर्णय लिन असमर्थ रह्यो ।
जापानबाट कुनै प्रतिक्रिया नआएपछि अमेरिकी राष्ट्रपति हेरी ट्रूमैनले ब्रिटेनका राजदूतमार्फत प्रस्ताव नमानेमा जापानको राजधानी टोकियोमाथि पनि अणु बम खसालिदिने धम्की पठाए ।
धम्कीपछि १४ अगस्त १९४५ को अबेर जापानी सरकारले आफूहरू युद्ध लड्न अक्षम रहेको घोषणा गर्दै आत्मसमर्पण गर्ने बतायाे ।
हिरोहितो राजमहलले भनेको थियो, ‘जापान सरकार युद्ध लड्न अक्षम स्थितिमा छ । अब हामी सहन नसके पनि सहनुपर्ने स्थितिमा आइपुगेका छौँ । म आफैँ पनि आँसु पिएर मित्र राष्ट्रहरूको आत्मसमर्पणको प्रस्ताव स्वीकार्न चाहान्छु ।’ हिरोहितो राजमहलको यो निर्णयसँगै हजारौँ जापानी सेनाले आत्महत्या गरेका थिए ।
एवंप्रकारले द्वितीय विश्वयुद्ध समाप्त भयो । आत्मसमर्पणका दस्ताबेजहरूमा भने सन् १९४५, २ सेप्टेम्बरमा हस्ताक्षर गरियो । यसैलाई विश्वयुद्ध समाप्तीकाे आधिकारिक मितिका रूपमा लिइन्छ ।
आत्मसमर्पण समाराेह । स्राेतः LOS
एटीएमको शुरूवात
२ सेप्टेम्बर १९६९ मा एटीएम मेसिनको शुरूवात भयो ।
एटीएमाको पहिलो प्रयोग भने केमिकल बैंकले आफ्ना ग्राहकहरूका लागि गरेको थियो । मेसिन बनाउन अनेकौँ विज्ञहरूले अनेक प्रयास गरे पनि यसको आविष्कारको श्रेय भने डन वेटजेललाई जान्छ ।
एटीएमबाट पहिलाेपटक पैसा निकालिँदै । फाेटाेः मेट्राे
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...