पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलीसा याक्थुङ्बा ( महेन्द्रकुमार नेम्वाङ ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति "केयुक्ना नु आयुक्ना" (निबन्ध संग्रह २०७७), "युप्पारुङ " (कथा संग्रह २०७६), "विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६", "खामाक पाङभेरेन् तुङहा" (नाटक २०५८), "याक्थुङ पान्दाङरेन निरेङ" (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशन भई सकेका छन् । बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले "पकन्दी" , "युगान्तर सन्देश", "सुमहात्लुङ" लगायतका पुस्तकहरु सम्पादन गर्नको साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरुमा अभिनय समेत गरेका छन ।
विषय प्रवेश :
युप्पारुङ् के होला भन्ने कौतुहल लागेको थियो ताकि नाम्भुन्यक् मन्दिर (माङ्हिम)का पुजारी बाजे (महागुरु फाल्गुनन्दको परमचेला) चन्द्रबहादुर फेजोङ् (सिद्धिनन्द)ले सुनाएपछि । कस्तो हुन्छ यो, डल्लो, गोलो, चेप्टो, लाम्चो या त कुनै काठ नै । कसरी निर्माण हुन्छ र केकेमा प्रयोग हुन्छ ? भन्नेमा अन्योल थिएँ, त्यसबेला । बाजेले भन्नु भो : "तेरै गाउँका बुढापाकाहरु छन, तिनीहरुलाई केहि थाहा हुनुपर्छ ।’ आहा ! के खोज्छस् काना आँखो भने झैँ खोज प्रारम्भ गरेँ । बुद्धिले भ्याउञ्जेलसम्म बुढापाकाहरुसँग भेटघाट गरी सोधखोज गर्ने, विचार राख्ने र टिपोट गर्ने २०४७ सालदेखि गरेँ, प्राथमिक श्रोतमा । जुन विषय प्राज्ञिक, वौद्धिक तथा अनुसन्धानधाता विज्ञहरुले साेँचेका पनि थिएनन् र अहिलेसम्मै छैन । जुन कुरा धरातलमा नै जीवित थियो । यसरी कसैको नजरमा पुग्न नसकेको र लेख्न नसकेको विन्दुहरु प्रायस: मेरो छनौटमा पर्दथे । प्राथमिक श्रोतहरु वौद्धिक चेतले नपत्याउने र विश्वास नगर्ने भुक्तभोगीहरुको अगाडि जब्बरे प्रस्तुत हुन्थ्यो मेरो, ताइँ न तुईँ । प्राथमिक श्रोतको माध्यमबाट ‘लिम्बुवानमा पाँचथरको ईतिहास’ कृति पनि आए । युप्पारुङ्को खोजमा थुप्पै संस्कारिक गाथाहरु प्राप्त गरेँ । ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भने जस्तै ‘याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र’ २०४९ (निभुखोला आसपास) नामक कृति बनेर आयो र अरु पनि बन्नेवाला छ । यसको जस युप्पारुङ् खोज अनुसन्धानलाई जान्छ । प्राथमिक श्रोतको आधारमा संकलन गरेर लेखिएका मेरा लेखहरु वौद्धिक र प्राज्ञिकहरुले ‘वर्गत न बुट्टा छानामा खुट्टा’ मान्छन् । तथापी प्राथमिक श्रोत भएपनि ‘झुसे र मुसे बकम्फुसे’ ढंगले नै युप्पारुङ् बारे प्रस्तुत गर्छु ।
कोखमा गर्भ रहेको जानकारीपछि श्रीमानले युप्पारुङ् निर्माण गर्छन् । तेरे:ङ् (माटोको भाँडा) फुटाएको खबटामा अन्दाजी एकतोला बराबरको चाँदीलाई तताएर पगाली सिकुवामा डलर पैसा आकारको डोलो खोविल्टो बनाई त्यहाँ गालेको चाँदी भुईसम्म हुनेगरी लगाएर भर्नुपर्छ । सेलिएपछि त्यो सुन्दर ढक्कि बन्छ, डलर पैसाजस्तो । त्यै ढक्कि नै युप्पारुङ् हो । युप्पारुङ् श्रीमतिले पाएपछि आफ्नो पटुकाको फेरोमा सिउरी राख्छन्, सुत्केरीसम्म । कोखको बच्चाका जीवन रक्षाका लागि कोखपुजा (साप्पोःक् चोमेन्) गर्दा युप्पारुङ्लाई मुख्य आधार बनाई कोखपुजा गरिन्छ । शक्तिशाली देवारी (फेदाङ्मा)ले कोखपुजाको बेला युप्पारुङ् हेरेर गर्भमा छोरा वा छोरी खुट्याउने, जन्मने समय वताउने, बच्चाको भविष्यबारे वाणी गर्ने, सग्ला (कुजेइ) र असग्ला (कुसोभि) गर्भ समेत पत्ता लगाउने गर्दछन् । यसरी वाणी गरेका भविष्यत जोखनाहरु पुग्ने समेत बुढापाकाहरु विश्वास गर्दछन् ।
शब्दार्थ:
याक्थुङ् लाजेमा प्राचिनकाल देखिनै श्रीमतिको कोखमा गर्भ बसेको चाल पाएपछि युप्पारुङ् स्थापना गर्ने चलन थियो र छ । बच्चा जन्मेदेखि लिएर मृत्यूपछि पनि शु्द्ध–शङ्खे विधिसम्म प्रयोग गरिने चाँदीको टुक्रा (ढक्कि)लाई युप्पारुङ् भनिन्छ । युप्पारुङ्को अर्थ युप्पा भन्नाले चाँदी र रुङ (लुङ शब्दलाई प्रत्यय हुँदा रुङ अथवा युप्पा- लुङ = युप्पारुङ) भन्नाले ढुङ्गा अथवा युप्पारुङ = चाँदीढुङ्गा भन्ने अर्थ लाग्छ । यहि युप्पारुङ्बाट याक्थुङ् जातिका व्यक्ति–व्यक्तिको कर्मकाण्डीय संस्कारहरु गर्दछन् । तथापी याक्थुङ् लाजेको अस्थित्व रहुञ्जेलसम्म हरेक व्यक्तिले यसको उपयोग गरे भने कथित नेपाल एकिकरणको नाममा अविजित याक्थुङ्लाजे सन्धि मार्फत गए पश्चात लिम्बुवान नामाकरण गरे । लिम्बुवानमा प्रयोग गरिएको युप्पारुङमाथि अदृष्य रुपमा आक्रमण गर्दै धराशायी बनाएर अचेल मुन्धुम्मा मात्र सिमित रहन पुग्यो । विश्वयुध्दको गम्भिर हुण्डरीका कारण युप्पारुङ्को सट्टा अन्य पैसाका ढकहरु प्रयोग गर्दै आए ।
जन्मावस्थामा प्रयोग : बच्चा र साल–नाल झरी सकेपछि आमाको पटुकामा लुकाई राखेको युप्पारुङ्लाई अचानो बनाएर छिप्पेको काँचो लिसिङ् बाँसको धारेबोक्राले साल–नाल काटिन्छ । यसपछि युप्पारुङ्लाई सुरक्षित रुपमा बच्चासँगै राख्ने चलन छ । कोक्रो (याङ्दाङ्) उठाउँदा युप्पारुङ् समेतलाई उठाएर कोक्रो (याङ्दाङ्)मा झुण्ड्याउनु पर्छ । कोक्रोमा राखेको युप्पारुङ्लाई तातोपानी खरानीले धोई खानाको पहिलो गाँस खुवाउने गर्दछन् । यसपछि कोक्रोमा नै लगभग एकवर्षसम्म झुण्ड्याएर राख्छन् । बच्चाको जीवन रक्षाकालागि माङ्गेना (शीरउठाउनी) पुजा नगरुञ्जेलसम्म युप्पारुङ् कोक्रोमा वाहेक अन्य स्थानमा राख्नु नहुने विश्वास छ ।
अध्ययन क्षेत्र :
युप्पारुङ विषयमा पाःन्थःर जिल्लाकाे याम्बोःङ् गाउँका बुढापाकाहरुसँग २०४७/०४९ तिर भेटवार्तामा आधारित छ । यो युप्पारुङ् सम्बन्धि ज्ञाता मुन्धुमविद स्वरुपसिं नेम्बाङ् थिए । वहाँ जत्ति अरु बुढापाकाहरुले युप्पारुङ्को वास्तविकता ल्याउन सकेनन् । टिप्पणी लिएका बुढापाकाहरु स्वरुपसिं याङ्देम्बा नेम्बाङ्, जसबहादुर याङ्देम्बा नेम्बाङ् र सुभाष फेजोङ् नेम्बाङ् जीवित हुनुहुन्न, अहिले । वहाँ गुरुहरुलाई हार्दिकपूर्वक समवेदना छ ।
ऐतिहासिकता र सन्दर्भ :
ढुङ्गेयुगदेखि कृषियुगमा प्रवेश कालखण्डको ईतिहास र याक्थुङ् मुन्धुम अनुसार प्राचिनकालको कृषियुगमै मानव सभ्यतामा वैज्ञानिक, वौद्धिक र आध्यात्मिक क्षमताका थिए । यहि पेरीफेरीबाटै युप्पारुङ्को प्रचलन आएको कुरा मुन्धुम वर्णित गर्छ । प्राचिनकाल देखिनै परम्पराको रुपमा चल्दै आएको पुरातन धर्मको संस्कारमा यु्प्पारुङ्को प्रयोग याक्थुङ् लाजे भित्र बस्ने प्रत्येक याक्थुङ् घरका हरेक व्यक्तिले जन्मदेखि मृत्यु पर्यन्तसम्मका विधिहरुमा प्रयोग गरे र प्रथा चलाए । कथित नेपाल एकिकरण पूर्व हरेक याक्थुङ्हरुले युप्पारुङ् आफैं बनाउने, आफ्नो श्रीमतिलाई जिम्मा दिई पटुकीको फेरोमा लगाउन लगाउने, शुव्यफाव्यको प्रतिक बनाउने, जनना वा मर्दनाको पहिचान गराउने, मृत्युको भविष्यता प्रकट गराउने, जीवनको भावी रुपरेखाको मार्गदर्शक तथा कर्म व्यवहार बनाउने, जीवन रक्षा र कल्याणको सहयोगी रहने आदि प्रयोजनकालागि उपयोग गर्थे ।
जीवन रक्षा र कल्याण, भावी कर्मरेखाको प्रतिक, शुव्यफाव्यको पहिचान गराउने युप्पारुङ्को प्रयोगमाथि नेपाल सरकारले अदृष्य रुपमा बन्देज लगाए । प्रथम र दोश्रो विश्वयुद्दमा तत्कालिन नेपाल सरकार (राणा शासक)ले याक्थुङ्लाजेका सुब्बाहरुलाई वेलायत साम्राज्यवादी पक्षबाट लड्न हरेक घरबाट जन र धनको सहयोग मागे । घरलौरी हुकुम पर्माङ्गी गरी आदेश पठाए र सरकारको हुकुमबमोजिम सु्ब्बाहरुले आफ्ना रैतिहरुको हरेक घरबाट जन र धन सहयोगको उर्दिगरि विश्वयुद्दमा जवान र धन सहित पठाए । ‘अनिकालमा विऊ जोगाउनु, हुलमुलमा जीऊ जोगाउनु’ उक्तिले कुनै प्रभाव पारेन, त्यसबेला । हरेक घरले जनमा लाठे छोराहरु र धनमा घरमा भएको युप्पारुङ्का पुस्तावली हारहरु दिएर विश्वयुद्दमा पठाई दिए । युप्पारुङ् सहयोग गरेको हो /होइन भन्ने बारे खोजको विषय छ ।
युद्दमा गएका धेरै छोराहरु घर फर्की आउन सकेनन् । युप्पारुङ्का झुप्पाहरु पनि फर्केर आएनन् । केहि छोराहरु फर्केर आएपनि युप्पारुङ्को हारका ढक्किका झुप्पाहरु फर्केनन् । यहि पीडाका कारण याक्थुङ्बाहरुले युप्पारुङ् स्थापना गर्न छोड्दै लगे । बुद्धिको विर्को नखुलेपछि प्राचिनकालदेखि कालान्तरसम्म पुस्तावली स्थापित युप्पारुङ्का हारहरुलाई सरकारी भैपरी आउने कार्यमा सिद्धिने भए भन्ने सोँचे । युध्दमा धनको सहयोग पठाउनु पर्ने र छोरा पनि पठाएर गुमाउनु पर्ने अवस्था होला भन्ने डर र त्रासले युप्पारुङ् छोडेर लगे । खोजको विषय छ । यसर्थ पुरातन धर्म–संस्कारमा चाहिने चाँदीका ढकहरु प्रयोग भएनन् । युप्पारुङ् प्रयोग गर्न छोड्दै लगेपछि अचेल मुन्धुम र लोकोक्तिमा मात्र साँघुरिएर आएको कुरा बुढापाकाहरुले बताए ।
लिखित भेटवार्ता क्रममा याम्बोङ् ८ हाङ्यक निवासी श्री जसबहादुर नेम्बाङ (१९६४–२०५५)ले ‘युप्पारुङ् पुरातन संस्कार हो तर अचेल प्रयोग गरिँदैन र यसको सट्टामा पैसाका ढकमात्र प्रयोग गर्न थाल्यौं । संष्कार विर्सिन्छ भनेर महागुरु फाल्गुनन्दले युप्पारुङ्को विधि संस्कार मुन्धुममा राखेका हुन् । यसरी नै याम्बोङ् ३ निवासी सुब्बा श्री स्वरुपसिं नेम्बाङ् (१९७६–२०५८)ले ‘युप्पारुङ् जीवन हो र यसबाट मानिसको हरेक कर्मसंस्कार सम्पन्न हुन्छ’ । संस्कारविद तथा ईतिहासकार श्री सुभाष फेजोङ नेम्बाङ् (१९९८–२०६९) ले ‘विश्वयुध्दताका जन र धनको सहयोग गर्दा युप्पारुङ् दुरुपयोग भएको’ बताए । अब युप्पारुङ् प्रचलनको विषयमा सोधखोजका लागि स्रोतव्यक्तिहरु नै पाउन सकिने अवस्था छैन ।
प्रथम र दोश्रो विश्वयुद्दमा तत्कालिन नेपाल सरकार (राणा शासक)ले याक्थुङ्लाजेका सुब्बाहरुलाई वेलायत साम्राज्यवादी पक्षबाट लड्न हरेक घरबाट जन र धनको सहयोग मागे । घरलौरी हुकुम पर्माङ्गी गरी आदेश पठाए र सरकारको हुकुमबमोजिम सु्ब्बाहरुले आफ्ना रैतिहरुको हरेक घरबाट जन र धन सहयोगको उर्दिगरि विश्वयुद्दमा जवान र धन सहित पठाए । ‘अनिकालमा विऊ जोगाउनु, हुलमुलमा जीऊ जोगाउनु’ उक्तिले कुनै प्रभाव पारेन, त्यसबेला । हरेक घरले जनमा लाठे छोराहरु र धनमा घरमा भएको युप्पारुङ्का पुस्तावली हारहरु दिएर विश्वयुद्दमा पठाई दिए । युप्पारुङ् सहयोग गरेको हो /होइन भन्ने बारे खोजको विषय छ ।
युप्पारुङ् संस्कार जान्नका लागि प्रथम र दोश्रो विश्वयुध्द भन्दा पहिले जन्मेको मानिस हुनुपर्दछ । अब त्यस्ता बुढापाकाहरु यो धर्तिमा विरलै होला । यसरी नै विश्वयुध्दताका अमाल, आगे, ठिङ्गे र किनुवा तिरुवा भरुवा सुब्बा चलाएर बस्ने बुढापाकाहरु पनि भेटिने अवस्था छैन । विश्वयुध्दमा हरेक घरमा घरलौरी जनधन उठाएको हो कि होइन ? भन्ने विषय पनि खोजको विषय छ । लिखित दस्तावेज पनि राखेको पाइएको छैन । ‘तिन त्रिलोक चौँध भुवन’ खोजे पनि सक्कल भुक्तभोगीहरुको प्राप्ति सम्भव छैन । युप्पारुङ् चलनको विषयमा वास्तविक लेखेर राखेनन् किनभने शैक्षिक चेत र सभ्यता याक्थुङ् समुदायमा त्यसबेला थिएन । वर्तमान महिला चेलीहरुको विहा हुन थाल्नु, इङ्मे चलन बिर्सेर जानु, वर्थडेहरु मान्न थाल्नु, गोड्द्वार दिन थाल्नु जस्तै युप्पारुङ् प्रचलन स्वतसिद्ध कम हुँदै गए। पालाम ख्याली हाक्पारे हराएझैं । लेख्य परम्परामा अधिककम भएको पुरातन धर्म अन्तर्गत युप्पारुङ्बारे धेरै पुस्तक तथा पत्रपत्रिकाहरु प्रकाशित हुन सकेन, खोजअनुसन्धानसँगै । तसर्थ यसको उपादेयतामाथि प्रश्नहरु खडाहुँदै गए ।
माङ्गेन्ना (शीरउठाउनी) पुजामा प्रयोग : न्यूनतम वर्षमा एकपटक माङ्गेन्ना (शीरउठाउनी) सेवा गर्ने चलन छ । कतिपयले उधौली र उभौली गरी वर्षमा दुइपटक पुजासेवा गर्ने चलन छ । यसवेला युप्पारुङ्को प्रयोग हुन्छ । युध्द दबाबका कारण यसलाई माङ्गेन्ना?याङ् भने । युप्पारुङ् भनेनन् । माङ्गेन्ना कार्यपनि जीवनान्त सम्ममा तिन प्रकारले उपयोग गर्दछन् । बच्चा जन्मेर दाँत नउखेलिञ्जेल सम्मको पुजाविधि, दाँत उखेलिएपछि विवाह नभईञ्जेल सम्मको पुजाविधि र विवाह पश्चात मृत्यु नभईञ्जेल सम्मको पुजाविधिहरु छन् । यसमा फलाक्ने मुन्धुम (शाष्त्र)का ऋचा तथा मन्त्रहरु तिन वटै प्रकारमा एउटै शब्द र लय रहेपनि पुजास्थलको लासो (केरा वा तितेपाती वा कुनै पातहरु ओछ्याउने कार्य) राख्ने विधि, पुजा स्थापना गर्ने विधि र पुजाका सामग्रीहरु प्रयोग गर्ने विधिहरु फरक–फरक ढंगले प्रयोग गर्छन् ।
तथापि पनि पुरातन धर्म अन्तर्गतको थुङ्साप् (मौखिक परम्परावादी शाष्त्र)बाट पेसाप् (लिखित) प्रचलन प्रयोगधर्मीमा सत्यहाङ्माहरु पर्छन् । यी सत्यहाङ्मा पन्थका गुरु श्री देववहादुर तुम्बापो (लाफये:ङ्)को प्रधानसम्पादित चम्जिक मुन्धुममा भने ‘युप्पारुङ् चेम्मा मुन्धुम’ राखेर संस्कारगत संरक्षण गर्दै ल्याए । महागुरु फाल्गुनन्दका चेलाभुलाहरुले पेसाप बनाई उनीहरुका भक्तिहरुले युप्पारुङ्को सेवा–पुजासम्म गर्दछन् । सत्यहाङ्मा पन्थको महागुरुभक्ति मन नपराउनेले यी प्रमाण भेटेनन् र जानेनन् नै । किनभने ‘सागर भित्रको एउटा मोति’ पनि हुन सक्छ । युप्पारुङलाई स्थापित गरी पुजा अर्चनामात्र गर्ने रहे भने युप्पारुङ्बाट कर्मकाण्ड संस्कार चलाएनन् । लिखित दस्ताको रुपमा थुङ्साप् (मौखिकशाष्त्र)लाई संकलन गरेर पेसाप् (लिखित)मा मैले ‘याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र २०४९’मा युप्पारुङ् सम्बन्धि प्रयोगबारे पुस्तक प्रकाशित गरेँ ।
युप्पारुङ् प्रयोग क्षेत्र :
याक्थुङ् जातिको पुरातन धर्म अन्तर्गत युप्पारुङ् संस्कारको प्रयोग न्यूनतम तिन चरणमा उपयोग गरिन्छ । (क) स्थापनाको चरण, (ख) प्रयोगको चरण र (ग) समापनको चरण ।
क) स्थापनाको चरण :
-युप्पारुङ् निर्माण : कोखमा गर्भ रहेको जानकारीपछि श्रीमानले युप्पारुङ् निर्माण गर्छन् । तेरे:ङ् (माटोको भाँडा) फुटाएको खबटामा अन्दाजी एकतोला बराबरको चाँदीलाई तताएर पगाली सिकुवामा डलर पैसा आकारको डोलो खोविल्टो बनाई त्यहाँ गालेको चाँदी भुईसम्म हुनेगरी लगाएर भर्नुपर्छ । सेलिएपछि त्यो सुन्दर ढक्कि बन्छ, डलर पैसाजस्तो । त्यै ढक्कि नै युप्पारुङ् हो । युप्पारुङ् श्रीमतिले पाएपछि आफ्नो पटुकाको फेरोमा सिउरी राख्छन्, सुत्केरीसम्म । कोखको बच्चाका जीवन रक्षाका लागि कोखपुजा (साप्पोःक् चोमेन्) गर्दा युप्पारुङ्लाई मुख्य आधार बनाई कोखपुजा गरिन्छ । शक्तिशाली देवारी (फेदाङ्मा)ले कोखपुजाको बेला युप्पारुङ् हेरेर गर्भमा छोरा वा छोरी खुट्याउने, जन्मने समय वताउने, बच्चाको भविष्यबारे वाणी गर्ने, सग्ला (कुजेइ) र असग्ला (कुसोभि) गर्भ समेत पत्ता लगाउने गर्दछन् । यसरी वाणी गरेका भविष्यत जोखनाहरु पुग्ने समेत बुढापाकाहरु विश्वास गर्दछन् ।
ख) प्रयोगको चरण :
-जन्मावस्थामा प्रयोग : बच्चा र साल–नाल झरी सकेपछि आमाको पटुकामा लुकाई राखेको युप्पारुङ्लाई अचानो बनाएर छिप्पेको काँचो लिसिङ् बाँसको धारेबोक्राले साल–नाल काटिन्छ । यसपछि युप्पारुङ्लाई सुरक्षित रुपमा बच्चासँगै राख्ने चलन छ । कोक्रो (याङ्दाङ्) उठाउँदा युप्पारुङ् समेतलाई उठाएर कोक्रो (याङ्दाङ्)मा झुण्ड्याउनु पर्छ । कोक्रोमा राखेको युप्पारुङ्लाई तातोपानी खरानीले धोई खानाको पहिलो गाँस खुवाउने गर्दछन् । यसपछि कोक्रोमा नै लगभग एकवर्षसम्म झुण्ड्याएर राख्छन् । बच्चाको जीवन रक्षाकालागि माङ्गेना (शीरउठाउनी) पुजा नगरुञ्जेलसम्म युप्पारुङ् कोक्रोमा वाहेक अन्य स्थानमा राख्नु नहुने विश्वास छ ।
-माङ्गेन्ना (शीरउठाउनी) पुजामा प्रयोग : न्यूनतम वर्षमा एकपटक माङ्गेन्ना (शीरउठाउनी) सेवा गर्ने चलन छ । कतिपयले उधौली र उभौली गरी वर्षमा दुइपटक पुजासेवा गर्ने चलन छ । यसवेला युप्पारुङ्को प्रयोग हुन्छ । युध्द दबाबका कारण यसलाई माङ्गेन्ना?याङ् भने । युप्पारुङ् भनेनन् । माङ्गेन्ना कार्यपनि जीवनान्त सम्ममा तिन प्रकारले उपयोग गर्दछन् । बच्चा जन्मेर दाँत नउखेलिञ्जेल सम्मको पुजाविधि, दाँत उखेलिएपछि विवाह नभईञ्जेल सम्मको पुजाविधि र विवाह पश्चात मृत्यु नभईञ्जेल सम्मको पुजाविधिहरु छन् । यसमा फलाक्ने मुन्धुम (शाष्त्र)का ऋचा तथा मन्त्रहरु तिन वटै प्रकारमा एउटै शब्द र लय रहेपनि पुजास्थलको लासो (केरा वा तितेपाती वा कुनै पातहरु ओछ्याउने कार्य) राख्ने विधि, पुजा स्थापना गर्ने विधि र पुजाका सामग्रीहरु प्रयोग गर्ने विधिहरु फरक–फरक ढंगले प्रयोग गर्छन् ।
युप्पारुङ् भएको व्यक्ति परदेश गई घरमा नरहेको अवस्थामा वा महिलाहरु विवाह गरी घरमा नभएको अवस्थामा उनीहरुको युप्पारुङ्को माध्यमबाट जीवन रक्षा र कल्याणकालागि माङ्गेन्ना? पुजासेवा गरिदिने चलन छ । परदेश जाने व्यक्तिकालागि एकसय वर्षसम्म उनको युप्पारुङ्बाट माङ्गेन्ना गरिदिने प्रथा छ भने विवाहगरी जाने महिलाहरुले सैमुन्द्रि (वागदत) नछिने वा नलगेसम्म माइतमै रहेको युप्पारुङ्बाट माङ्गेन्ना गरिदिने चलन छ । युप्पारुङ् नलगेसम्म चेलीको वारवर्जित जुठो माइतमा लाग्ने संस्कार छ ।
शुभविवाहको लगनमा प्रयोग : युप्पारुङ् बिना विवाहको लगन हुँदैन । विवाह गर्ने दुलहाले दुलहीलाई युप्पारुङ् हस्तान्तरण गरी घरको सबै हकहरु जिम्मा दिन्छन् र अधिकारयुक्त बनाउँछन् । जीवन बन्धनका मौलिक विधि पनि हो, युप्पारुङ् हस्तान्तरण । युप्पारुङ्को माध्यमबाट सेसेफुङ् (सिन्दुर) दुलहिको निधारमा दूलहाले लगाउने गर्छन् । लाग्छ यो चैं आयातित हिन्दु संस्कार जस्तो लाग्छ । दुलहिले युप्पारुङ् लिएर दुलहाको घरको कूलथान (हाङ्साम्)मा प्रवेश गर्ने र घर जिम्मा लिने गर्छिन् । युप्पारुङ् हस्तान्तरण गर्दा तुम्म्याहाङले ‘केल्ला माइल् कुमिक्किन् फेक्काङ् पेःक्लो, खेक् लेप्तो’ अथवा सौताको आँखा फुटेर जावस्, ठ्वाक्क हान्नु है भन्छन् । अर्को ‘श्रीमानले सौता लगाइदिएमा यसै युप्पारुङ्ले श्रीमानको निधारमा ठ्वाक्क हानी राखेर जानु’ पनि भन्छन् । ठ्वाक्क हान्ने (खेक्लेप्पा) युप्पारुङ्लाई खेक्लुङ् भनेर अर्को नाम जुराई दिएकाे कारण विश्वयुध्दको पीडावोध होला । दुलहाको युप्पारुङ् दुलहिको जिम्मा हुन्छ भने दुलहिको युप्पारुङ् माइतमै रहन्छ । यसर्थ माइतमा उनीहरु जाँदा धेरै स्वतन्त्र हुन्छन् ।
हरेक माङ्गेङ्ना कार्यमा श्रीमति अगुवाई हुन्छिन् । उनकै हातमा सबै युप्पारुङ्हरु हुन्छन् । कसैले माइतमा माङ्गेन्ना (शीरउठाउनी) गरेपनि श्रीमानको आज्ञा लिएर बैनायाङ् (मगनी गर्दा दिईएको पैसा)बाट माङ्गेन्ना गर्ने प्रथा पनि छ । तसर्थ बैनायाङ्लाई प्रयोग गरेर विस्तारै त्यसालाई माङ्गेन्ना?याङ् भने । यसैको घानमा युप्पारुङ् पनि छिरे । बच्चाहरु जन्मेर उमेर ढल्कँदो अथवा माइत जान नसक्ने अवस्था आएपछि रितपूर्वक माइत गएर युप्पारुङ् ल्याउँछ । यसलाई सैमुन्द्रि (बागदत) भन्दछन् ।
मृत्यु संस्कारमा प्रयोग : आफ्नो कालगतिले मृत्यु भएमा प्राण गएलगत्तै युप्पारुङ् निकाली मृतकको निधारमा राख्नु पर्दछ । यस विधिलाई लायाङ् भनिन्छ । युप्पारुङ् नलगाएमा मृतकको आत्मा तारान्तार हुन सक्दैन भन्ने लोकविश्वास छ । श्रीमति भईसकेकि महिलाले माइतबाट युप्पारुङ् नल्याई मृत्यु भएमा माईतीहरु आएर बागदत विधीबाट युप्पारुङ् प्राप्त नभइञ्जेलसम्म मृतकको निधारमा युप्पारुङ् लगाउन पाउँदिनन् । माइत बिना महिला मृतकको निधारमा युप्पारुङ् (लायाङ्) लगाउने अधिकार छैन । तसर्थ मामा-मावली अनिवार्य चाहिने यहि संस्कारबाट सुरु भएको हो । तसर्थ महिला मृतकको माईतहरुलाई अनिवार्य बोलाएर युप्पारुङ किनेर सैमुन्द्रि छिन्नुपर्दछ । अनिमात्र मृतकको निधारमा युप्पारुङ् (लायाङ्) लगाउने पुरातनी धर्म संस्कार छ । युप्पारुङ् किन्नु पर्दा ‘उन्छोःन् सिसा मेःत्तिल्ले कुहोरिक्पेन् लक् इङ्मा पोःक्खेरछ, खेल्ले चोगुल्ले सोनेत् चोःक्मा खोःमेदेरेन् । आल्ल कुयेःपेन्ने इङुम्बारो’ । भावार्थ उहिले श्रीमतिको छालामात्र किनिएछ र जुठो वारवर्जित नलाग्ने भयो तसर्थ हाड नै किन्यौं है भनेर रितपूर्वक रकमहरु राखेर बागदतको युप्पारुङ किन्छन् ।
मृतकको निधारमा युप्पारुङ् लगाएपछि चिहान (लास गाड्ने) क्षेत्रमा दहन गर्न लैजान्छन् । खाल्डोमा लासलाई लगाएर त्यहाँबाट साम्लःप्मा (सातो निकाल्ने) विधि छ । निधारमा रहेको युप्पारुङ्लाई झिकेर साम् (सातो) थाप्ने एकल महिलालाई साम् (सातो) थाप्न लगाएपछि मात्र शवलाई पुर्ने चलन छ । युप्पारुङ् थाप्ने महिलालाई जुठो र वारवर्जित किरियापुत्री जत्तिक्कै लाग्छ ।
साम्दाक्खोःङ् संस्कारमा प्रयोग : मृतकको निधारबाट युप्पारुङ् झिकि मृतकको घरमा पुर्याउँछन् । यसलाई साम् भन्दछन् । घरमा पुगेपछि युप्पारुङ् साम्दाक्खोःङ् विधिमा पुग्छ । साम्दाक्खोःङ्मा मुख्य गरेर मृतकको युप्पारुङ् राखेर मात्र साम् (सातो)लाई बोलाई पिण्ड चढाउने चलन छ । यसपछि राखीकाम गर्ने हो भने युप्पारुङ्लाई उठाएर चोखो स्थानमा लुकाई राख्छन् । लगत्तै गर्ने हो भने जाग्राम बसी साम्दाक्खोःङ् रुँग्ने गर्दछन् । राखी कामको कार्जेमा सामेला बेलुका युप्पारुङ्लाई पूनः साम्दाक्खोःङ् स्थापना गरी भोलीपल्ट अथवा सुद्ध–साङ्खेका दिन ताक्तेन् (मृतकको आत्मालाई बाहिर निकाली पिण्ड अर्पण गर्ने स्थल)मा लगेर मामा–मावली, चेलीबेटी, नातागोता, दाजुभाई, कुलकुटुम्बहरुले खाउःमा (शाष्त्र फलाक्ने कार्य) गरी मृतकलाई थुङ्साप् (मौखिकशाष्त्र) विधिबाट फलाकेर मृतकको आत्मालाई ईश्वर–लोकको स्थानमा तारान्तार गर्दछन् । साम्दाक्खोःङ्को युप्पारुङ्लाई उठाएर पुनः घरमा नै फर्काउँछन् । यहि युप्पारुङ्बाट मिक्वासाङ्मा (आँशु सुद्धिकरण) विधि गर्ने गर्दछन् । युप्पारुङ् भएको व्यक्ति परदेश गई सय वर्षसम्ममा पनि जन्मघरमा फर्केर आउन सकेन भने उसको युप्पारुङ्को माध्यमबाट साम्दाक्खोःङ् बनाई खाउः गरेर उनको आत्मा (सातो)लाई ईश्वर लोकमा तारान्तार गरीदिने परम्परा पनि छ ।
समापनको चरण
-मिक्वासाङ्मा (आँसु शुद्धिकरण) विधिमा प्रयोग : ताक्तेन्को साम्दाक्खोःङ्बाट फर्काएर ल्याएको मृतकको युप्पारुङ्लाई वेलुका नै शक्तिदाता मुलदेवारीबाट मृतकको घरको मुलखाँबोमा मिक्वासाङ्मा (आँसु शुद्धिकरण) गर्दछन् । कत्तिपयले बाहिरै एक्कैचोटी आँशु सुद्धिकरण गर्ने चलन पनि गर्दछन् । यस कार्यपछिमात्र कूलपुजा गर्न, सेवाढोग गर्न, पुजाहाका गर्ने लोक–विश्वास छ । तसर्थ मिक्वासाङ्मा कार्यमा युप्पारुङ्लाई मुुन्धुम् याङ् भनी उपयोग गरे । युप्पारुङ् नाममा विस्थापित भए । यहि युप्पारुङ्को माध्यमबाट मृतकको सबै नातागोताहरुलाई आँसु शुद्धिकरण गरिदिने प्रचलन छ । यो कार्यसम्पन्न भएपछिमात्र युप्पारुङ् पुस्तावली हारमा उन्ने चलन छ ।
युप्पारुङ् बिना विवाहको लगन हुँदैन । विवाह गर्ने दुलहाले दुलहीलाई युप्पारुङ् हस्तान्तरण गरी घरको सबै हकहरु जिम्मा दिन्छन् र अधिकारयुक्त बनाउँछन् । जीवन बन्धनका मौलिक विधि पनि हो, युप्पारुङ् हस्तान्तरण । युप्पारुङ्को माध्यमबाट सेसेफुङ् (सिन्दुर) दुलहिको निधारमा दूलहाले लगाउने गर्छन् । लाग्छ यो चैं आयातित हिन्दु संस्कार जस्तो लाग्छ । दुलहिले युप्पारुङ् लिएर दुलहाको घरको कूलथान (हाङ्साम्)मा प्रवेश गर्ने र घर जिम्मा लिने गर्छिन् । युप्पारुङ् हस्तान्तरण गर्दा तुम्म्याहाङले ‘केल्ला माइल् कुमिक्किन् फेक्काङ् पेःक्लो, खेक् लेप्तो’ अथवा सौताको आँखा फुटेर जावस्, ठ्वाक्क हान्नु है भन्छन् । अर्को ‘श्रीमानले सौता लगाइदिएमा यसै युप्पारुङ्ले श्रीमानको निधारमा ठ्वाक्क हानी राखेर जानु’ पनि भन्छन् । ठ्वाक्क हान्ने (खेक्लेप्पा) युप्पारुङ्लाई खेक्लुङ् भनेर अर्को नाम जुराई दिएकाे कारण विश्वयुध्दको पीडावोध होला । दुलहाको युप्पारुङ् दुलहिको जिम्मा हुन्छ भने दुलहिको युप्पारुङ् माइतमै रहन्छ । यसर्थ माइतमा उनीहरु जाँदा धेरै स्वतन्त्र हुन्छन् ।
- पुस्तावलीको हारमा स्थापना : मिक्वासाङ्मा (आँसु शुद्धिकरण) विधि सम्पन्न भएपछि भोलीपल्ट दाजुभाईहरुको सल्लाह बमोजिम युप्पारुङ्लाई वंशजको पुस्तावली हारमा उन्छन् । मूलघरबाट मृतक छुटेर गएको हो भने उनले नयाँ युप्पारुङ्को पुस्तावली हार प्रारम्भ गर्न पाउने अधिकार छ । यसमा युप्पारुङ्लाई बीचमा प्वाल पारेर सिदि या मादि (वेत)मा सिउरेर कूलथान (हाङ्साम्)मा धुप–धुवाँर गरी स्थापित गर्दछन् । यसपछि मात्र मृतकको आत्मा साँच्चिनै ईश्वरलोकमा पुगेको भनी विश्वास राख्दछन् । युप्पारुङ् जब साम्माङ् याङ्मा परिवर्तन हुन्छ अनिमात्र माङ् वरुःम्मा कार्य हुन्छ । वर्षमा एकचोटी खोलामा लगेर धोइ पखाल गरी कूलथानमा ल्याएर पुजासेवा गर्दछन् । यसलाई माङ् वरुःम्मा भन्दछन् ।
-मृत्यु संस्कारमा युप्पारुङ् वर्जित हुनसक्ने – मृत्यु संस्कारमा युप्पारुङ् प्रयोगमा वर्जित हुने स्थिति आउँछ । मृतक आफ्नो कालगतिले मरेको हो भने युप्पारुङ् पाउँछ । काल गतिले नमरी लडेर, झुण्डेर, विष सेवन गरेर, पानीमा डुबेर, जलेर, बच्चा जन्माउन नसकेर, कसैले हत्या गरेर, आत्महत्या तथा अकाल आदीबाट मरेमा त्यस्ता मृतकको निधारमा युप्पारुङ पाउँदैनन् । युप्पारुङ् नलगाई लास वोकेमा अकालमा मृत्यू भएछ भन्ने लोकविश्वास छ । यस्ता मृतकलाई कुसालाम्बा भन्दछन् । कुसालाम्बा मृतकले युप्पारुङ् पाउँदैनन् । मृत्यु अवस्था दुई प्रकारको हुन्छ, कालगति र अगति । कालगति र अगतिका आधारमा शवको दाहसंष्कार समेत हुन्छ । कालगतिमा मरेका मृतकलाई सम्मानपूर्वक शवदहन गर्दछन् भने अकालमा मरेका लासलाई चिहानमा लगे पनि गाड्ने चलन गर्दैनन्, घोप्टो पारेर जलाउँछन् । जलाउँदा अकालमा मृत्यु भए भन्ने मुन्धुमी विश्वास छ । याक्थुङ् परम्परामा जलाउनु भनेको अकाल अगति भन्ने हुन्छ ।
कत्तिपय अकाल मृत्यु जुन स्थानमा हुन्छन्, त्यै ठाउँमा मृतकलाई घोप्टो पारी आत्मापमानित ढंगले विजुवाको लिसो–पासोले लास जलाएर खाग गर्दछन् । त्यस्तो मृतकको युप्पारुङ् विजुवा (येबा)ले राखेर प्रेतात्मा दफन तथा तारान्तार गर्दछन् । यसमा खाउःमा गरेर, पिण्ड चढाएर मृतात्मालाई तारान्तार गर्दैनन् । अकालमा मर्ने मृतात्मालाई प्रेतात्मा भनेर डरमर्दो आत्माको रुपमा मुन्धुम वर्णित गर्छ । मुन्धुम (शाष्त्र) आधारमा यस्ता आत्माहरु रातमा जाग्ने (दृष्यमा आउने), आवाज दिने, तर्साउने, मानिसलाई तान्ने तथा ठेल्ले, ढुङ्गा हान्ने आदि गर्छ । यसरी अकालमा मरेको मृतकको युप्पारुङ्बाट सग्ला–आत्मा र प्रेत–आत्मा छुट्याउने कार्य गर्दछन् । जसलाई मुइसेम्मा विधि भन्दछन् । मुइसेम्मा विधि सम्पन्न भएपछि मात्र अकालमा मृत्यु भएको व्यक्तिको युप्पारुङ् सेलाउने या पुस्तावली हारमा राख्ने भन्ने दाजुभाईहरुको सल्लाह हुन्छन् । यदि पुस्तावली हारमा राख्ने हो भने युप्पारुङ्को बिटमा खुकुरीले खोट बनाएर मात्र लगाउनु पर्नेहुन्छ । धेरै याक्थुङ्बाहरुले मुइसेम्मा गर्दा खेरीनै अकाल आत्मा वंशजमा कहिले नआवस् र नसरोस् भनेर युप्पारुङ्लाई सेलाउँछन् वा विजुवालाई दिई पठाउँछन् ।
बिसाउनी
याक्थुङ् पुरातन धर्मको आधारमा जन्मदेखि मृत्युपर्यान्तसम्म जीवन रक्षा र कल्याणका लागि युप्पारुङ् प्रयोग र प्रचलन गर्दै आए । हाल युप्पारुङ् नाम विर्सँदै गए, पालाम् ख्याली ताम्के जस्तै । तथापी युप्पारुङ् नाम विर्षेता पनि यसको अलावामा पैसा (डलर) वा ढक प्रयोग गर्दै आए । जीवन रक्षा र कल्याणका लागि शीर उठाउनी (माङ्गेन्ना) पुजासेवामा प्रयोग गर्ने पैसालाई माङ्गेन्ना याङ् (पैसा), विवाहको लगनताकामा प्रयोग गर्ने पैसालाई खे:क्लु्ङ्, श्रीमतिको युप्पारुङ्को सट्टामा प्रयोग गरिने पैसालाई बैना याङ्, मृतकको निधारमा राख्ने पैसालाई लायाङ्, मृतकको सातो निकालेपछि प्रयोग गरिने पैसालाई साम्दाक्खोःङ्, मृतआत्माको तारान्तारपछि मिक्वासाङ्मा (आँसु शुद्धिकरण) कार्यमा प्रयोग गर्ने पैसालाई मुुन्धुम् याङ् (पैसा), अकाल आत्मासँग छुट्टिँदा प्रयोग गरिने पैसालाई सेम्मुइ याङ् भन्ने गर्छन् । यो नै युप्पारुङ् विधिका संस्कारहरु हुन् ।
आफ्नो कालगतिले मृत्यु भएमा प्राण गएलगत्तै युप्पारुङ् निकाली मृतकको निधारमा राख्नु पर्दछ । यस विधिलाई लायाङ् भनिन्छ । युप्पारुङ् नलगाएमा मृतकको आत्मा तारान्तार हुन सक्दैन भन्ने लोकविश्वास छ । श्रीमति भईसकेकि महिलाले माइतबाट युप्पारुङ् नल्याई मृत्यु भएमा माईतीहरु आएर बागदत विधीबाट युप्पारुङ् प्राप्त नभइञ्जेलसम्म मृतकको निधारमा युप्पारुङ् लगाउन पाउँदिनन् । माइत बिना महिला मृतकको निधारमा युप्पारुङ् (लायाङ्) लगाउने अधिकार छैन । तसर्थ मामा-मावली अनिवार्य चाहिने यहि संस्कारबाट सुरु भएको हो । तसर्थ महिला मृतकको माईतहरुलाई अनिवार्य बोलाएर युप्पारुङ किनेर सैमुन्द्रि छिन्नुपर्दछ । अनिमात्र मृतकको निधारमा युप्पारुङ् (लायाङ्) लगाउने पुरातनी धर्म संस्कार छ । युप्पारुङ् किन्नु पर्दा ‘उन्छोःन् सिसा मेःत्तिल्ले कुहोरिक्पेन् लक् इङ्मा पोःक्खेरछ, खेल्ले चोगुल्ले सोनेत् चोःक्मा खोःमेदेरेन् । आल्ल कुयेःपेन्ने इङुम्बारो’ । भावार्थ उहिले श्रीमतिको छालामात्र किनिएछ र जुठो वारवर्जित नलाग्ने भयो तसर्थ हाड नै किन्यौं है भनेर रितपूर्वक रकमहरु राखेर बागदतको युप्पारुङ किन्छन् ।
युप्पारुङ्का पुस्तावली हारहरु खोलामा लगि धोइपखाल गरेर कुलथानमा राख्ने प्रचलन याक्थुङ् जातिको पुरानो चलन हो । र यो परम्परा हरेक घरमा छ । अचेल युप्पारुङ्को सट्टा अन्य पैसाहरु कुलथानमा राखेर माङ् वरुःम्मा (देउस्नान) गर्छन् तर युप्पारुङ हुँदैनन् । त्यसको सट्टा चाँदीको एकविटे वा जोरविटे हुन्छन् । यो नै युप्पारुङ् हो भन्ने कुरा विश्वयुद्द पीडाले सिकाएर ल्याएनन् । आफ्नो युप्पारुङ् निर्माण र नामलाई विर्सेर संस्कारमा अन्य नामले सम्बाेधन गर्दै ल्याए । तसर्थ युप्पारुङ्को पहिचान गुम्ने स्थितिमा पुगे । यहि पुस्ताहरुबाट युप्पारुङ् निर्माण गरी आफ्नो वंशजको जीवन रक्षा र कल्याणका लागि प्रयोग गराउँदै जानु पर्दछ । पुन:उत्थानकाे समय छ । नभए ‘नहुनु मामाभन्दा कानो मामा ठिक’ भन्ने अर्थमा लागियो भने युप्पारुङ् बेअर्थमै सकिएला । नुम्–चेदोरो ।
स्रोत सामग्रीहरु :
तुम्बापो देववहादुर (लाफये:ङ्), चम्जिक् मुन्धुम्, हात्तिलेदा माङ्हिम् ईलाम
लिम्बू मलिसा याक्थुङ्बा, याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र २०४९, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय उत्थान प्रतिष्ठान २०७३ लगनखेल ललितपुर
याङ्देम्बा जसबहादुर नेम्बाङ् (१९६४–२०५५) हाङ्यक् याम्बोःङ् पाःन्थःर्, २०४७/०४९ सालसम्मको पटक–पटक भेटवार्ता
याङ्देम्बा स्वरुपसिं नेम्बाङ् (१९७६–२०५८) कोःक्माहिम् याम्बोःङ् पाःन्थःर्, २०४७/०५५ सालसम्मको पटक–पटक भेटवार्ता
फेजोङ् सुभाष नेम्बाङ् (१९९८–२०६९) तिङ्ग्रेक्:थुक्पा याम्बोःङ् पाःन्थःर्
लिम्बू मलिसा याक्थुङ्बा, ‘याक्थुङ् जातिभित्र युप्पारुङ् संस्कार प्रयोग’ लोकवार्ता परिषद नेपालको आठौं सम्मेलन भोजपुर २०७५ कात्तिक १३ गते वेलुका जिल्ला समन्वय समितिको सभाहलमा प्रस्तुत कार्यपत्र ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...