इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २६ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
मदर टेरेसाकाे जन्मदिन
२० औँ शताब्दीकी महत्त्वपूर्ण व्यक्तित्वको पहिचान बनाएकी मदर टेरेसाको जन्म १९१० अगस्त २६ मा भएको थियो ।
उनी तत्कालीन स्पप्जे र हालको मसेदोनियामा भएको थियो । उनको वास्तविक नाम ‘अगनेस गोंझा बोयाजिजू’ थियो । अलबेनियन भाषामा गोंझाको अर्थ फूलको कोपिला भन्ने हुन्छ ।
मानव सेवामा आफ्नो जीवन समर्पित गरेकी टेरेसाले १२ वर्षकै उमेरमा मानव सेवालाई जीवनको उद्देश्य बनाउने संकल्प बनाइन् । त्यस्तै १८ वर्षको उमेरमा उनी ‘सिस्टर्स अफ लोरेटो’मा सामिल भइन् ।
उनी १९७० सम्ममा गरिब र असहाय तथा अन्य विभिन्न मानवीय कार्यका लागि प्रसिद्ध भइन् । उनलाई सन् १९७९ को नोबेल शान्ति पुरस्कार समेत दिइयाे ।
कालान्तरमा उनकाे मिशनरीज अफ च्यारिटीले १३० देशमा मानवसेवाको कार्य गरिरह्याे । त्यसमा एचआइभी एड्स संक्रमित, कुष्ठरोगी तथा अन्य विभिन्न संक्रामक रोगीको उपचार, परामर्श तथा शिक्षादीक्षाको काम समेत पर्थे । त्यस्तै विभिन्न देशहरूमा उनका अनेकाैँ विद्यालय समेत सञ्चालित छन् ।
मदर टेरेसा मूलतः एक रोमन कैथोलिक सन्यासी थिइन् । उनले आफ्नो जीवन नै गरिबगुरुवा र जरुरतमन्दहरूको सेवामा व्यतीत गरिन् ।
बालबालिकहरूसँग टेरेसा, फाेटाेः gohighbrow
आङ सान सू कीले दिइन् आफ्नो पहिलो भाषण
२६ अगस्त अर्थात आजकै दिन म्यान्मारकी अहिंसावादी नेतृ आङ साग सूकीले म्यान्मारको सैन्य शासनको विरुद्ध आफ्नो पहिलो भाषण दिएकी थिइन् । उनको भाषण समारोहमा लाखौँ म्यान्मारी नागरिकहरू उपस्थित थिए । उनको भाषणपछि म्यान्मारको क्रुर सैन्य शासनविरुद्ध जनताको विद्राह मुखर भएको थियो ।
२६ अगस्त १९८८ को त्यो दिन लाखौँ नागरिकको विद्रोह रंगुनतिर सोझियो । तानाशाही सेनाले सो भिडलाई रोक्न भिडतर्फ बन्दुक सोझ्यायो । तर, भिडको मनोबल कायम राख्द सूकीले भाषण शुरू गरिन् ।
सो भाषणपछि उनी लोकतान्त्रिक आन्दोलनकी अथक लडाकुको रूपमा चिनिइन् ।
यसै दौरान उनलाई १५ वर्षसमम्म नजरबन्दमा राखियो । यसैबीच सन् १९९१ मा उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइन् । अहिले पुनः म्यान्मारमा सैन्य शासन लागू छ र सू पुनः नजरबन्दमा छिन् ।
आङ साग सूकी, फाेटाेः CNN
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूकाे सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...