तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २५ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, ती विविध घटनामध्येबाट एउटा ऐतिहासिक घटनाबारे चर्चा गराैँः

२५ अगस्त सन् १९०९ मा वैज्ञानिक ग्यालिलियो ग्यालिलीले टेलिस्कोपको आविष्कार गरी भेनिसको सिनेटसमक्ष प्रस्तुत गरे ।

उनले आविष्कार गरेको टेलिस्कोपबाट झण्डै ५० माइल टाढा हेर्न सकिन्थ्यो ।

कालान्तरमा ग्यालियो ग्यालिलीले यसको उपयोग ग्रह तथा ब्रह्माण्डको अध्ययनका लागि गरे । उनले सो टेलिस्कोपबाट चन्द्रमा, सूर्य तथा बृहस्पति र अन्य ग्रहहरूको समेत अध्ययन गरे । यही अध्ययनका आधारमा उनले १६१० मा स्टारी म्यासेन्जर नामक किताब समेत लेखे ।

किताबमा उनले ब्रह्माण्डका अनेक रहस्यहरूमाथि प्रकाश पारे । किताबमा उनले चन्द्रमाको सतह समथल नभइ उबडखाबड रहेको तथ्य पेश गरे ।

त्यस्तै उनले यो अध्ययनबाट पृथ्वीले सूर्यको परिक्रमा गर्ने तथ्य समेत उनले पत्ता लगाए ।

त्यसपछि ग्यालिलियोलाई आधुनिक फिजिक्सका पिता समेत भनिन थालियो । 


इटालीकाे फ्लाेरेन्सस्थित विज्ञान संग्राहलयमा राखिएकाे ग्यालिलियाेकाे टेलिस्काेप 


प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...