तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २४ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, ती विविध घटनामध्येबाट एउटा ऐतिहासिक घटनाबारे चर्चा गराैँः

जब विदेशी सैनिकले ह्वाइट हाउसमा लगाए आगो

सन् १८१४ अगस्त २४ का दिन अमेरिकाको सर्वोच्च प्रशासनिक भवन ह्वाइट हाउसमा आगलागी भयो । त्यतिमात्रै होइन सो दिन अमेरिकी राजधानी वाशिंगटन डिसीका अनेक स्थानमा विदेशी सेनाले भारी नोक्सानी गर्यो । 

१८१२ मा संयक्त राज्य अमेरिका र इग्ल्याण्डबीच युद्ध शुरू भयो । युद्धमा अमेरिकाले क्यानाडा ओन्टारियोको यार्क शहरमाथि हमला गरेपछि ब्रिटिश सेनाले २४ अगस्त सन् १९१४ मा अमेरिकी राजधानी शहर वाशिंगटन डीसी प्रवेश गरी ह्वाइट हाउसमा आगो लगाइदिए ।

आगो लाउनुअघि ब्रिटिश सेनाले ह्वाइट हाउसमाथि कब्जा जमाइ राष्ट्रपति कार्यालयको स्वादिष्ट भोजन समेत ग्रहण गरेका थिए । 

ब्रिटिश सेना ह्वाइट हाउस पुग्नुअघि नै त्यसबेलाका अमेरिकी राष्ट्रपति  जेम्स मैडिसन भने सुरक्षित स्थानमा सरिसकेका थिए । 

हमलापछि तत्कालीन राष्ट्रपति जेम्स आफ्नो बाँकी कार्यकाल ह्वाइट हाउस गएनन् । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 

याे पनिः ‘डे’ इन हिस्ट्रीः पहिलाे पब्लिक वेबसाइट लञ्च, चन्द्रमाबाट खिचियाे पहिलाे तस्वीर

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...