इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २३ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
संसारको पहिलो पब्लिक वेबसाइट लन्च
तीन दशक पहिले आजकै दिन पहिलो पब्लिक वेबसाइट लन्च भएपछि इन्टरनेट क्रान्ति शुरू भएको थियो । आज विश्वभर यति धेरै वेबसाइट छन् कि ती सबैको भिजिट गर्न समेत सम्भव छैन । सन् १९९१ अगस्त २३ का दिन पब्लिक वेबसाइट लन्च भएसँगै सो दिनलाई ‘इन्टरनेट डे’ समेत भनिन्छ ।
संसारकै पहिलो वेबसाइट टिम बर्नर्स लीले डिजाइन गरेका थिए । उनी ऋभ्च्ल् ९यूरोपियन काउंसिल फर न्यूक्लियर रिसर्च०मा सफ्टवेयर इन्जिनियर थिए ।
टिम बर्नर्स ली । पहिलो पब्लिक वेब निर्माता
चन्द्रमाबाट लिइयो पृथ्वीको पहिलो तस्वीर
सन् १९६६ अगस्त २३ का दिन दुनियाँसामु पृथ्वीको ‘फस्ट लुक’ सार्वजनिक भयो । नासाद्वारा प्रक्षेपित यानले चन्द्रमाको अर्बिटबाट आजकै दिन पृथ्वीको तस्वीर कैद गरी सार्वजनिक गरिएको थियो । जसको नाम चन्द्र अर्बिटर १ थियो ।
प्रक्षेपित यान अर्थात स्पेसक्राफ्ट मानवरहित थियो । यद्यपि यो यान चन्द्रमाको अर्बिटमा पठाउनुको उद्देश्य पृथ्वीको फोटो खिच्नु थिएन । अपितु, यसको उद्देश्य त चन्द्रमामा अन्तरिक्ष यानहरूको ल्यान्डिङ साइटबारे पत्ता लाउनु थियो । चन्द्रको अर्बिटबाट खिचिएका ती तस्वीरहरू श्यामश्वेत थिए ।
चन्द्रमाबाट खिचिएको पृथ्वीको पहिलो तस्वीर । स्रोतः टाइम
महात्मा गान्धी भए रिहा
भारतले ब्रिटिश प्रशासकहरूका विरुद्ध शुरू गरेको शान्तिपूर्ण स्वतन्त्रता आन्दोलन तथा वैदेशिक वस्तु बहिष्कार अभियानबाट सर्वस्वीकार्य नेता महात्मा गान्धी ४ अगस्त १९९३ मा पक्राउ परे । पश्चात उनले जेलभित्रै अनशन शुरू गरे र उनको खस्किँदो स्वास्थ्यस्थितिका कारण उनलाई २३ अगस्तमा निशर्त छोडियो ।
मार्चमा सहभागी हुँदै महात्मा गान्धी । तस्वीरः टाइम
छापियो पहिलो बाइबल
आधुनिक प्रिन्टीङ प्रविधिका जनक मानिने योहानेस गुटनबर्गले सन् १४३९ मा प्रिन्टीङ प्रेस बनाएका थिए । जसका कारण प्रिन्टीङको दुनियाँमा नयाँ क्रान्ति शुरू भयो । उनको प्रिन्टिङ प्रेसले दिनमा हजार भन्दा बढी पेज छाप्न सक्थ्यो । जबकि यसअघिका प्रेसले दिनमा ५० (६० पेज मात्र छाप्थे ।
गुटनबर्गको यही प्रेसद्वारा संसारको पहिलो बाइबल छापियो । जसलाई गुटनबर्गको बाइबल भनिन्छ । हाल संसारभर २१ वटा गुटनबर्ग बाइबल छन् ।
न्यूयोर्कको सार्वजनिक पुस्तकालयमा रहेको गुटनबर्ग बाइबल
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् ।
थपः डे इन हिस्ट्रीः लियोन ट्रोट्स्कीकाे हत्यादेखि रेल दुर्घटनासम्म
‘डे’ इन हिस्ट्रीः जब नेपालमा एकैदिन ७५० जनाको मृत्यु भयो
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...