इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २१ अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः
४५ साल भदौ ५ को त्यो भूकम्प
२१ अगस्त १९८८ अर्थात २०४५ साल भदौ ५ गतेका दिन नेपालमा भूकम्प गयो । ६.५ रेक्टर तीव्रताको भूकम्प तुलनात्मक रूपमा ठूलो नभएपनि त्यसको क्षति भने ठूलो थियो । भूकम्पबाट सयौँको मृत्यु भयो भने देशले करोडौँको नोक्सानी भोग्नुपर्यो ।
बिहान ५ बजेको समयमा गएको उक्त भूकम्पलेले पूर्वी नेपालमा ठूलो क्षति पुर्यायो । घटनामा झण्डै ७५० जनाको ज्यान गयो भने कयौँ घाइते भए । त्यस्तै करिबकरिब ५०० जति घरसंरचनाहरू ध्वस्त भएका थिए । उदयपुरको मुर्कुची केन्द्रबिन्दु रहेको उक्त भूकम्पको असर उत्तरभारतीय राज्य बिहारसम्म पुगेको थियो । त्यहाँ झण्डै २७७ जनाको मृत्यु भएको थियो । त्यस्तै सयौँ घाइते भएका थिए भने करोडौँका संरचना ध्वस्त भएका थिए ।
नेपालमा भूकम्प तस्वीरः Adam
क्यामरुनमा घातक ग्यास बिस्फाेटमा २ हजारको मृत्यु
२१ अगस्त अर्थात आजकै दिन सन् १९८६ मा क्यामरुनको एउटा तालमा भएको घातक ग्यास विस्फाेटमा परी २ हजार जनाको मृत्यु भयो ।
क्यामरुनको उत्तरपश्चिमी न्यासास्थित मोनून तालमा रहेको एक ज्वालामुखी क्रेटर फट्दा वरिपरिका ३७ जनाको मृत्यु भइसकेको थियो । बिजुली र टेलिफोनरहित सो ठाउँ वरिपरि झण्डै ५ हजार मान्छे बस्थे ।
त्यो दिन उक्त तालमा विष्फोटको भयानक आवाज आयो । लगभग १५-२० सेकेण्डसम्म आएको उक्त आवाज पछि सो क्षेत्रको हावामा विषालु ग्यास हावामा फैलियो ।
बिस्तारै ग्यासले नजिकैका गाउँका सबैको ज्यान लियो । घटनामा सो गाउँका १ बच्चा र २ महिलामात्रै बाँच्न सफल भए । त्यस्तै हावा वरिपरिका सबै गाउँसम्म पुग्यो ।
तथ्यांकअनुसार यस विस्फोटमा परी झण्डै २ हजार मान्छेले ज्यान गुमाए भने ३५ सय भन्दा बढी जनावरसमेत यसको चपेटामा परे ।
घटनामा परी ज्यान गुमाएकाहरू । तस्वीर ः Taringa
रोमानियामा संविधान लागू
२१ अगस्तमा रोमानियामा संविधान जारी भएको थियो । १९६५ मा त्यहाँको कम्युनिस्ट पार्टीले अनुमोदन गरको संविधान रोमानियामा लागू भएको थियो । रोमानियाको संविधान १९६५ को ग्रेट नेशनल असेम्बलीको एउटा समितिले तयार पारेको थियो । जसलाई २८ जुन १९६५ को रोमानियन कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले अनुमोदित गरेको थियो ।
राेमानियाकाे संवैधानिक अदालत । तस्वीर ः Marilyn Stowe
त्यस्तै आजकै दिन सन् १९१५ मा पहिलो विश्वयुद्धको दौरान इटलीले टर्कीसँग युद्धको घोषणा गरेको थियो । यता आजकै दिन सन् १९७२ मा भारतमा वन्यजन्तु संरक्षण कानून पारित गरेकाे थियाे ।
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूकाे सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छ ।
याे पनिः डे इन हिस्ट्रीः लियोन ट्रोट्स्कीकाे हत्यादेखि रेल दुर्घटनासम्म
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...