इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । २० अगस्तले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले इतिहासकाे एउटा कडी निर्माण गरे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँ ।
लियोन ट्रोट्स्कीकाे हत्या
२० अगस्त १९४० अर्थात आजकै दिन रुसी क्रान्तिका अग्रणी नेतामध्येका एक लियोन ट्रोट्स्कीकाे हत्या भयाे । उनकाे हत्या मेक्सिकोमा रेमन मरसेडर नामका एकजना स्पेनिस कम्युनिस्टले गरेका थिए ।
वास्तवमा रसियन क्रान्तिका जनक भ्लादिमीर लेलिनकाे शेषपश्चात जाेसेफ स्टालिन साेभियत संघका नयाँ राष्ट्रपति बनेका थिए । ट्रोट्स्कीले स्टालिनसँग गम्भीर मतभेद राखेका कारण उनलाई देश निकाला गरिएकाे थियाे । निर्वासनमै रहेका बेला ट्रोट्स्कीकाे हत्या भएकाे थियाे ।
ट्रोट्स्कीकाे जन्म सन् १८७९ मा युक्रेनमा भएकाे थियाे । सानै उमेर मार्क्सवादी बनेका ट्रोट्स्कीले आफ्नाे पढाइ छाेडेर श्रमिकहरूलाई संगठित गरी रसियन जारविरुद्धकाे क्रान्तिकाे आधार तयार पारेका थिए । परिणामतः उनलाई १९०० मा साइबेरियामा कैद गरिएकाे थियाे ।
पछि सन् १९०२ मा उनी भागेर इग्ल्याण्ड पुगे । जहाँ उनकाे भेट भ्लादिमीर लेलिनसँग भयाे । उनले लेलिनसँग क्रान्तिकाे नयाँ कार्यदिशाबारे लामाे विचारविमर्श गरे । यद्यपि उनीहरूकाे विचारमा ठूलाे अन्तर देखा पर्याे । लेलिन सशस्त्र क्रान्तिका पक्षधर थिए भने ट्रोट्स्की एक सतत् विकास प्रकियाद्वारा समाजवादकाे स्थापना हुने कुराका पक्षधर थिए ।
यद्यपि, कालान्तरमा उनी लेलिनकाे विचारसँग सहमत भए र १९१७ काे रुसी क्रान्तिमा अग्रणी भूमिका निर्वाह गरे । क्रान्तिपछि उनी देशका परराष्ट्रमन्त्रीसम्म बने । सन् १९२४ मा लेलिनकाे मृत्युपछि ट्रोट्स्कीले राष्ट्रपति स्टालिनकाे कडा आलोचना गरे । ट्रोट्स्कीले स्टालिनमाथि तानाशाही तरिकाले शासन गरेकाे गम्भीर आरोप लगाएका थिए । पश्चात स्टालिनले उनकाे पद खाेसे र उनलाई निर्वासनमा पठाए ।
१९२८ मा उनी टर्की पुगे । त्यहीँ उनले आफ्नाे आत्मकथा लेखे ।
आफ्नाे निवासमा ट्रोट्स्की । फाेटाेः वर्ल्ड हिस्ट्री
पठाइयाे पहिलाे टेलिग्राम सन्देश
२० अगस्त १९११ का दिन आधुनिक विश्व इतिहासकाे पहिलाे टेलिग्राम पठाइएकाे थियाे । न्युयाेर्क टाइम्सकाे कार्यालयबाट पठाइएकाे पहिलाे टेलिग्राम एक व्यावसायिक प्रयाेजनका लागि पठाइएकाे थियाे ।
टेलिग्राम पठाउनुकाे उद्देश्य यसकाे कार्यकुशलता पत्ता लगाइ व्यावसायिक प्रयाेजनकाे यसकाे उपयाेगित पत्ता लगाउनु थियाे ।
२० अगस्तका बेलुका पठाइएकाे टेलिग्राम सन्देशले १७ मिनेटमा २८ हजार माइलकाे दूरी तय गरी न्युयाेर्क टाइम्सकाे कार्यालयमा प्रत्युत्तर ल्याएर फर्कियाे ।
फाेटाेः स्टडी
भारतमा भयाे सर्वाधिक ठूलाे रेल दुर्घटना
२० अगस्त १९९५ का दिन भारतमा सम्भवः अहिलेसम्मकै ठूलाे रेल दुर्घटना भयाे । फिराेजावादस्थित दुईवटा रेलकाे ठक्कर हुँदा भएकाे यस दुर्घटनामा ९ सय भन्दा बढीकाे मृत्यु भयाे ।
दुर्घटित रेल । फाेटाेः मिडिया इण्डिया
सोभियत संघले चेकोस्लोभाकियामाथि गर्याे हस्तक्षेप
२० अगस्त १९६८ मा साेभियत संघले चेकाेस्लाेभाकियामाथि हस्तक्षेप गर्याे । चेकाेस्लाेभाकियामा उठिरहेकाे साेभियत विराेधी प्रतिराेध राेक्न साेभियतले याे हस्तक्षेप गरेकाे थियाे । साेभियतकाे याे कदमले विश्व नै हैरतमा परेकाे थियाे ।
घटनापछि साेभियत संघ र संयुक्त राज्य अमेरिकाकाे सम्बन्धमा थप खटास उत्पन्न भयाे । चेकाेस्लाेभाकियामा साेभियतकाे विराेध हुनुकाे कारण अलेक्जेन्डर ड्यूबेक देशकाे कम्युनिस्ट पार्टीका नयाँ अध्यक्ष बन्नु थियाे ।
उनी चेकाेस्लाेभाकियाकाे कम्युनिस्ट पार्टी आफ्नाे पूर्ण स्वतन्त्रता उपभाेग गर्न पाउनुपर्ने माग राखेका थिए । तर, साेभियत उनकाे याे माग पूरा गर्न चाहन्थेन ।
कालान्तरमा जब ड्यूबेकले चेकोस्लोवाकियामा आफ्नाे स्वविवेकअनुसार शासन गर्न शुरू गरे । साेभियत संघले यसकाे घाेर विराेध गर्दै हस्तक्षेप गर्न थाल्याे । परिणामस्वरूप चेकाेस्लाेभाकियाका जनता सडकमा उत्रिए । पश्चात साेभियत संघले सैनिक पठाएर साे विद्राेह कुल्चियाे ।
साेभियतकाे विराेधमा चेकाेस्लाेभाकियाका नागरिक । फाेटाेः अलजजिरा
नेपाली भाषाले भारतमा पायाे संवैधानिक मान्यताः
१९९२ अगस्त २० मा नेपाली भाषाले भारतमा संवैधानिक मान्यता पाएकाे थियाे । यसदिन नेपाली भाषा भारतीय संविधानकाे अनुसूची-८ मा सूचीकृत भएकाे थियाे । भारतमा बस्ने नेपाली भाषीहरूकाे लामाे संघर्षपछि नेपाली भाषा संवैधानिक रूपमा सूचीकृत भएकाे थियाे ।
फाेटाेः thedarjeelingchronicle
प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूकाे सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...