जब तपाईं एक साँघुरो सडक हुँदै मोडिनुहुन्छ, तपाईंको सामुन्ने एक पहाडी शृंखला देखिनेछ । भारतको बिहारको यस क्षेत्रमा माइल पर-परसम्म, सिर्फ पहाड र मात्रै पहाड देखिनेछ ।
पर्वतीय यस शृंखला पर्यटकका लागि एक सुन्दर पुष्प गुच्छाझैं लाग्न सक्छ तर यस क्षेत्रका वासिन्दाका लागि यो एक निर्मम र बन्जर चट्टानीय ढलान शिवाय अर्कोथोक केही होइन । यस क्षेत्रका ठाउँठाउँमा तपाईं बोर्ड लागेको देख्नसक्नुहुनेछ, जहाँ लेखिएको छ - ‘जानवर शेड योजना अर्थात् जनावर छायाँ योजना ।’
बिहारको यस ग्रामीण क्षेत्रका वासिन्दाहरू पर्वतको सोही छायाँमा बाख्रापालन गर्ने गर्दछन् । यहाँ तपाईं खालीपनको अपार विस्तार महसुस गर्न सक्नुहुन्छ । यसप्रकारको विराट खालीपन देखेर तपाईं पक्कै सोच्नुहुनेछ, यस बन्जर भूमिमा जीवननिर्वाह गर्नु कति कष्टप्रदायक हुँदो हो ? कति विकारल जीवनपद्धति यहाँ प्रवाह भइरहेको होस् ? यसको अन्दाज तपाईं तबमात्र लगाउन सक्नुहुनेछ जब तपाईं यहाँदेखि कहीँ जानको लागि निस्कनुहुन्छ । र, बस समात्नको लागि मात्र माइल पर-परसम्म यात्रा गर्नुहुन्छ । तर, यही बन्जर इलाका एक कहानी सुप्रसिद्ध छ- संघर्षको कहानी ।
त्यहाँ एकजना दाबी गर्छन्, उसले एक्लैले तीन किलोमिटर लामो नहर खनेका छन् । र, उनले यस कामको लागि आफ्नो जीवनको तीस वर्ष आयु खर्च गरेका छन् । जुन गाउँका यी वासिन्दा हुन्, सो गाउँको नाम हो- कोठीलवा । कोठीलवा विहारको यस निर्जन, निर्मम एवं अपार विस्तारित क्षेत्रमा अवस्थित छ ।
लौन्गी भुइयाँको गाउँ
सूर्य ढल्दैछ, साँझको क्षितिजमा लालीमा थपिएको छ । सूर्यको सुनौला, गुलाबी किरणले मानौँ यस क्षेत्रमा रहने गरिबहरूको झुपडीमा आद्रताको च्यादर ओढाइरहेको छ । तपाईं देख्नसक्नुहुन्छ, यहाँ खेलिरहेका बच्चाबच्चीहरूलाई, जसको होचा कदभरि प्रकाशको सुनौलो किरण छरिएको छ । यद्यपि यी बाछाहरू कुपोषणका शिकार भइरहेका छन् ।
यो त्यो क्षेत्र हो, जहाँ कुनैबेला बिहारको माओवादी उग्रवादीहरूको राज चल्ने गर्थ्यो । यो उग्रवादीहरूको किल्ला थियो । साँघुरो सडक हुँदै गुज्रदै केही किलोमिटर अझ पार गर्नुहोस्, तब तपाईंको सामुन्ने एक कार नजर आउनेछन् । र, त्यो कार त्यस व्यक्ति कहाँ पुग्दैछ, जसले एक्लैले तीस वर्ष लगाएर तीन किलोमिटर लामो नहर खन्ने साहस गरे । ती व्यक्ति हुन्- लौन्गी भुइयाँ ।
हिन्दुस्तान अखबारका एक स्थानीय पत्रकारले लौन्गी भुइयाँको कहानी पहिलोपटक छापेका थिए । त्यसपछि कोठीलवा गाउँ आकर्षणको केन्द्र बन्न पुग्यो । यो त्यही गाउँ हो जहाँ आजभन्दा केही वर्ष पहिलेसम्म एउटा प्राथामिक विद्यालयसम्म थिएन ।
साँघुरो बाटो अगाडि पुगेर सानो सडकमा जोडिन्छ । र, यसको साथै कारको रफ्तार पनि कम हुँदै जान्छ । कच्ची सडकमा खाल्डाखुल्डीको कुनै सीमा छैन । खल्डयाङ,खुल्डुङ..! कच्ची सडकमै देखिन्छन्- गाई, भैंसी र बाख्राहरू चलिरहेका । ती घरपालुवा जीवजन्तु कारको आवाज र आकारसँग परिचित छैनन् । सोहीकारण यिनीहरू कारदेखि डराउँदै दायाँदेखि बायाँ र बायादेखि दायाँतर्फ तितरबितर हुन् पुग्छन् ।
फलस्वरूप यस निर्जन गाउँमा ट्राफिक जामको जस्तो माहोल निर्माण हुन् पुग्छ ।
गाउँलेको आकांक्षा
हाम्रो कार रोकिनासाथ नै एक युवक आएर हामीलाई बताउँछ, “कोठीलवा गाउँ यो सडक हुँदै जाँदा अझै अगाडप पर्छ।” यद्यपि उसले धुलो भरिएको यस साँघुरो सडकमा सफासुघरीझैं देखिएका कारभित्रका उज्याला चेहरा निकै विस्तारले नियाल्ने कुचेष्टा गरेको थियो ।
सन् २०११ को जनगणनाअनुसार कोठीलवा गाउँ, बिहारको गया जिल्लाको बाँके बजारमा अवस्थित छ । यो गाउँ, जिल्ला मुख्यालय गयादेखि लगभग ८० किलोमिटर टाढा छ । यो पूरै गाउँ करिब ४४५ हेक्टर (४.४५ वर्ग कि.मि.) क्षेत्रफलमा फैलिएको छ । कोठीलवा गाउँको कुल जनसंख्या करिब ७३३ रहेको छ । सरकारी आँकडाको अनुसार कोठीलवा गाउँमा कुल ११० घर छन् । यहाँदेखि नजिकको बजार भनेको कस्बा शहर (बजार) हो, जुन गाउँदेखि २३ किलोमिटर टाढा पर्दछ ।
केही समय अझै खाल्डाखुल्डीमा ढलपल ढलपल गरेपश्चात कार रोकिन्छ । र, कारबाट चार जना व्यक्ति ओर्लिन्छन् । उनीहरूको गाउँको एक गल्लीतर्फ मोडिन्छन्, जहाँ गाउँका वासिन्दाहरू आ-आफ्नो काममा व्यस्त रहेको देख्न सकिन्छ ।
यो सन् २०२०, १९ सेप्टेम्बरको कुरा हो । सोही दिन लौन्गी भुइयाँको झोपडीको सामुन्ने एक चौतारो (प्लेटफर्म) जस्तो बनाइएको थियो, जहाँ बिहारको पूर्व मुख्यमन्त्री जीतनराम माँझी आउँदै थिए ।
माँझी जो पहिले बिहार राज्यको सत्ताधारी पार्टी जनता दल (युनाइटेड )मा कार्यरत थिए । उनले पछि आफ्नो अलफ हिन्दुस्तानी अवाम मोर्चा (एच.ए.एम.) बनाए । माँझीले लौन्गी भुइयाँको राष्ट्रपतिबाट सम्मानित गराउने वचन दिएका थिए । साथै गाउँलेले जीतनराम माँझीसँग गाउँमा एक पक्की सडक एवं एक अस्पताल बनाइदिन माग गरेका थिए । गाउँवासीलाई थाहा थियो, यो राम्रो मौका हो। राम्रो मौका बारबार आउँदैन । यो त अझ चुनावको माहोल पनि हो ।
गाउँमा छन् बहुसंख्यक दलित
कोठीलवा गाउँमा प्रायश: दलित आवादी रहेको छ। यतिखेर हरकोही कोठिलवा गाउँको गुणगान गाइरहेका छन् । तर, लौन्गी भुइयाँको यस चर्चित कहानीको पछाडि निकै कष्टकर यात्रा र गल्छेडाहरू लुकेर बसेको छ । यतिका वर्ष बितिगए, तर यसपहिले कसैले यस गाउँको नामसम्म उच्चारण गरेको थिएन । गाउँमा न पिउने पानीको व्यवस्था छ, न सडक । यस कुराले कुनै पनि राजनीतिज्ञ, समाजसेवी या संस्थाहरूलाई कुनै फरक परेको थिएन ।
स्थानीय पत्रकार जयप्रकाश बताउँछन्, “आजभन्दा केही वर्ष पहिले लुतुआ ब्लकमा एक पुलिस थाना ‘केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)’ को स्थापना भएको थियो । त्यतिबेला बल्ल यस गाउँले ‘विकास नामको चरा’को नाम सुनेको थियो । जयप्रकाश तिनै व्यक्ति थिए, जसले ३ सेप्टेम्बरमा लौन्गी भुइयाँको कहानी हिन्दुस्तान अखबारमा छापेका थिए । तब न, गाउँले एवं गरिब किसान लौन्गी भुइयाँको प्रसिद्धि मिडियाका फ्रन्ट पेजहरूमा छाएको थियो ।
वास्तवमा जयप्रकाश, यस गाउँमा एक सेप्टेम्बरमा आएका थिए । त्यतिबेला गाउँवासीहरू मिलीजुली श्रमदान गरेर सडक बनाइरहेका थिए। श्रमदानकै क्रममा जयप्रकाशको भेटघाट भुइयाँसँग भयो । जयप्रकाश भुइयाँको साथमा जंगलतर्फ पुगे । भुइयाँको साहसको अनुपम नमुना देखेर जयप्रकाश आश्चर्यचकित बने ।
जयप्रकाश बताउँछन्, “जबसम्म मेरो आँखाले उक्त नहर देखेको थिएन, तबसम्म मलाई यो ठिकठाकको एक फिल्मी कहानी लागिरहेको थियो । जब हामी मोटरसाइकलमा बसेर उनले बनाएको नहर देख्न गयौँ, तब विश्वास गर्न गाह्रो पर्यो ।”, उनी अगाडी बताउँछन्, “मैले देखे, लौन्गीले सिंचाईको लागि एक पातलो नहर खनेका थिए । उनले त कमालै गरेका रहेछन् ।”
मनुसनको दिनहरूमा नजिकैको छोटो बाँधमा पानी जमेको थियो । यस बाँधलाई जल विभागले पछिल्लो साल नै निर्माण गरेको थियो । अहिले गाउँवासीले यस बाँधको नाम ‘लौन्गी बाँध’ राखिदिएका छन्। यस बाँधदेखि निक्लिएको नहर लौन्गीले खनेका हुन्, जसबाट गाउँवासीलाई आफ्नो खेतिकिसानी गर्न सहज भएको छ ।
उसो त कोठीलवा गाउँमा लौन्गीको दुई विघा जमिन रहेको छ । जहाँबाट उनको परिवार पालिँदै आएको छ।
कोसेली एवं भेटघाटको सिलसिला
१९ सेप्टेम्बरको गया शहरमा महिन्द्राको एक शो रुमको बाहिर एक धजिएको ट्रयाक्टर खडा थियो । कसैले नागरिकहरूलाई सौगातको स्वरूप नयाँ कपडा दिइरहेका थिए । साथमा नागरिकहरू गुलाबको गुलदस्ता लिएर खडा थिए, पोस्टरको फोटो खिचाइरहेका थिए ।
यसक्रममा लौन्गीको एक छोरा एवं नजिकैको गाउँको एक शिक्षक रिन्कु कुमार पनि साथमा थिए । रिन्कु कुमार, कोठीलावा गाउँको प्राथमिक विद्यालयको प्राध्यापक हुन् ।
रिन्कु कुमारले बताए, “हामी यही रहने गर्छौं। हामीलाई थाहा थियो कि लौन्गी नहर खनिरहेका थिएँ । गाउँको सब व्यक्तिहरूले लौन्गीको यो कामसँग परिचित थिए । तर कसैले यो सोचेको थिएन कि लौन्गी जसरी खनिरेहका थिए, त्यसबाट गाउँलाई सिचाइँमा मद्दत पुर्याउने नहर निर्माण हुन्छ ।”
दमयन्ती देवी, जसले दुवै कानमा चमकदार मुन्द्रा झुण्डाएकी थिइन्, त्यो उनले नजिकैको बाँके बजारदेखि खरिद गरेकी थिइन् । यसको लागि उनी १५ किलोमिटर पैदल हिडेकी थिइन् । र, ४० रुपैया (भारतीय) खर्च गरेर सो मुन्द्रा आफ्नो कानमा झुण्डाएकी थिइन् ।
दमयन्तीलाई मुन्द्राहरूको जरुरत यसकारण पर्न गर्यो की दूर पहाडी शृंखलाको बीच लुतुआ ब्लकमा बसेको उनको गाउँमा अचानक मानिसहरूको आवतजावत बाक्लिन थालेको थियो । निकै अपरिचित व्यक्तिहरू लौन्गीलाई भेट्न, उनीसँग कुरा गर्न आउन् थालेका थिए। दमयन्ती लौन्गीको भाइबुहारी थिइन् ।
जब हामी गाउँ पुग्यौं, त्यतिबेला लौन्गी त्यहाँ वरपर देखिएन् । उनलाई गया लिएर गइएको थियो, जो कोठीलवा गाउँदेखि ९० किलोमिटरको दुरीमा अवस्थित छ । गयामा महिन्द्रा ग्रुपको तर्फबाट उनलाई एक ट्रयाक्टर उपहारस्वरूप दिइँदै थियो । महिन्द्रा एण्ड महिन्द्राको मालिक आनन्द महिन्द्राले ट्वीटरमा तब लौन्गी भुइयाँको बारे जाने जब स्थानीय पत्रकारले एक ट्वीट गर्दै बताएका की ‘लौन्गी चाहन्छन् कि उनीसँग एउटा ट्रयाक्टर होस् ।’
जिन्दगी बद्लिने आश
महिन्द्रा ग्रुपले लौन्गीको एक ट्रयाक्टर उपहारस्वरूप दिने फैसला गर्नुको पछाडि सोही ट्विट कारण थियो । अहिले कोठीलवा गाउँ सरकारको नक्शामा अंकित हुन थालेको छ । लौन्गीको आफन्तजनको विश्वास छ, अब लौन्गीको जिन्दगी बदल्नेवाला छ । तर लौन्गीको पत्नी रामरती देवीको दिनचर्या अहिले पनि उस्तै छ । उनी आफनो बाख्राहरू चराएर फर्किएकी छन् र घरायसी काममा सुस्ताइरहेकी छन् ।
रामरतीले बताइन, “उहाँ (लौन्गी) केही राम्रो काम गर्दै हुनुहुन्थ्यो । तर मलाई लाग्थ्यो कि यो उनको पागलपन थियो । हाम्लाई लाग्थ्यो कि उनी पागल थिए । र, कयौँपटक हामीले उनलाई खानासम्म दिएनौँ । तर उनी सुध्रिएनन् ।”
कोठामा रामरतीको नजिकै बसेका एक अर्का छोरा ब्रह्मदेवले भने, “उनको बचपन निकै कष्टकर थियो। घरमा पैसा हुँदैनथ्याे । उनी जंगलमा गएर दाउरा बटुल्ने गर्थे। र, सोही दाउरा बाँके बजारमा लगेर बेच्ने गर्थे । यसको अलवा बाख्रापालन मात्रै पारिवारिक आयस्रोतको मुख्य थलो थियो ।”
ब्रह्मदेव बताउँछन्, “हाम्रो पिताजी कहिल्यै घरमा रहँदैन थिए । हामीले उनीबाट कुनै आशा पनि राख्न छाडिसकेका थियौँ । हाम्री आमा उनलाई कराइरहन्थिन्, पिताजीले हाम्रो लालापालनको अभिभारा उठाउने कोसिस् गरून् ।”
परिवारसँगको कुराकानीबाट हामीले यस कुराको अन्दाज लगाउन सक्छौँ कि लौन्गीमाथि कुनै दैवीय शक्ति या चमत्कार थियो । परिवार मान्ने गर्थ्यो कि लौन्गीमाथि कुनै सुरी दैवीय शक्तिको छायाँ परेको थियो । भूत-प्रेतको आत्मा उनको मस्तिष्कमा विराजमान थियो । परिवारले कयौंपाताल लौन्गीलाई समातेर जबर्जस्ती धामी-झाक्री कहाँ पनि प्रुयाएको गाउँवासी बताउँछन् । तर लौन्गीले नहर खन्ने काम रोकेनन् ।
गाउँवासीको नजरमा लौन्गी भुइयाँ एक पागल..!
लौन्गीको कच्ची झुपडीको बाहिर एक लाख भारतीय रुपैयाँको चेकको तस्वीर झुण्डिरहेको छ । यो चेक लौन्गीलाई म्यानकाइन्ड फर्मा कम्पनीले दिएको थियो।
आइतबार अझ एक खुसीको खबर लौन्गीको झुपडीको दैलो ढकढकाउन आइपुग्यो । बिहार राज्यको जल मन्त्री संजय झाले निर्देश दिए की लौन्गीद्वारा खनिएको नहरलाई तुरुन्त पुरा गराइओस् ।
बिहारमा चुनावको माहोल थियो । यसैकारण लौन्गीको यसपटक निकै सम्मान एवं पदवी मिलिरहेको छ । जबकी एक वर्ष पहिलेसम्म लौन्गी एक्लै बंगेठा जंगलमा गएर नहर खनिरहेका हुन्थे । त्यतिबेला कसैले लौन्गीलाई गहिराइपूर्वक स्वीकारेको थिएन । गाउँवासी त् उनलाई पागलको संज्ञा दिएर उनको हाँसीमजाक गर्दथे । र, अहिले गाउँवासी याद गर्दै बताउँछन् कि लौन्गी अक्सर कोदालो, डाली लिएर जंगलतर्फ जाँदै गरेको देखिन्थ्यो । र, प्रश्न सोध्दाखेर लौन्गीको जवाफ हुन्थ्यो, ‘पहाडी शृंखलाबाट पानी गाउँसम्म आउनेछ । जसको मद्दतले गाउँवासी विना पानी उम्रने फसल, मकै, चनाको ठाउँमा गहूँ, धान एवं सागसब्जीको उत्पादन गर्न सक्नेछन् । यस नहरले गाउँमा हरियाली ल्याउनेछ ।
आफ्नो समयमा लौन्गीले देखेका थिए की गाउँवासी(जवान) एक-एक गरेर गाउँ छोड्दै सहर या विदेश भासिने गर्दथे । लौन्गीका आफ्नै तीन छोराहरू रोजगारीको खोजीमा लग-अलग शहरमा काम गरिरहेका थिए । लौन्गीको इच्छा थियो कि आफ्ना छोराहरू गाउँमै रहून्, र गाउँमै केही गरून् ।
लौन्गी बताउँछन्, "मैले देखेको थिए वर्षाको समयमा पहाडी शृंखलाको फेदीमा पानी आएर जम्मा भए पनि बगेर कहीँ अन्तै पुग्ने गर्थ्यो। मलाई लाग्ने गर्थ्यो यदि मैले नहर खनेर पानीको बहाव मोडीदिए भने गाउँमा हरियाली छाउने थियो । गाउँको अनुहार बद्लिने थियो। यो एक नहर खनेर म गाउँवासीलाई शहर पलायन हुनबाट रोक्न सक्छु झैँ लाग्थ्यो ।”
लौन्गीले नहर खन्ने काम तीन दशक पहिलेदेखि शुरू गरेका थिए । गाउँकै सामाजिक कार्यकर्ता पासवान भन्छन्, “वर्षौ पहिले जब म स्कुल आउजाउ गर्ने गर्थे, त्यतिखेर म लौन्गी मलाई नहरको उपयोगिताबारे लामो कथा हालेर सुनाउने गर्थे । तर मलाई त्यतिखेर त्यो सब अन्य गाउँवासीलाई झैँ परिकथा वा बकबास फिल्मी कथा लाग्ने गर्थ्यो ।” उनी बताउँछन्, “हुनसक्छ त्यतिखेर देखि नै लौन्गीले आफ्नै सुरमा नहर खन्न शुरु गरेका थिए। मेरो हिसाबमा त्यो घटना कम्तीमा पनि तीस वर्ष पुरानो हो ।”
पहाडी क्षेत्रको सानो गाउँमा लगभग हराइसकेका लौन्गीको बारे आज दुनियाँ खोजनीति गरिरहेको छ । र, आज गाउँका हरकोही लौन्गीको कहानी सुनाइरहँदा आफ्नो भूमिका बढाइचढाई सुनाउँदा प्रफुल्ल महसुस गरिरेहका छन् ।
पीपली लाइवको याद ताजा भयो
प्रेस हरहमेशा सनसनीपूर्ण खबरको तलाशमा हुने गर्छ । तर, प्रेसलाई सनसनीपूर्ण खबर जनताको नजिक नपुगी पाउन गाह्रो पर्छ ।
यतिखेर लौन्गी भुइयाँको अगाडिपछाडि लागिपरेको मिडियाको जोरजुलुम देखेर सन् २०१० मा निर्देशक अनुषा रिजवीको पहिलो फिल्म ‘पीपली लाइव’को याद ताजा हुन्छ । जहाँ एक रिपोर्टर एक अँधबैंस आइमाईसँग कुरा गरेपश्चात भन्छ, “यो ल हेन्रुहोस, यिनी हुन् मदर इन्डिया।.. जसको कलेजो च्यातिएको छ ।”
फिल्म पिपाली लाइवको कहानी एक पागल सरह देखिने एक किसानको वरपर घुम्ने गर्छ फिल्ममा नत्थाको भूमिकामा ओंकार दास माणिकपुरीको अभिनय कौशलता देख्न मिल्दछ ।
फिल्ममा नत्था स्वयं आफूलाई मार्ने नतिजासम्म पुग्छ । जसबाट उसको परिवारलाई सरकारको त्यो योजनाबाट लाभ मिलोस, जसको लागि आत्महत्या गर्ने किसानहरूलाई सरकारी राहात प्राप्त होस् । नत्था आत्महत्या गर्छ या गर्दैन, यही विषयलाई लिएर मिडिया घन्टौँ बहसमा उत्रने गर्दथे ।
यहाँ पनि उसैप्रकार किसानको उद्दारको कुनै गुन्जाइस देखिँदैन । लौन्गीको कहानी त्यस समय हिन्दुस्तानमा सनसनी मच्चाइरहेको छ । जब देशको कयौं हिस्सामा किसान कृषि सुधारको लागि बनेको नयाँ कानुनको विरोधमा कोरोना कहरको समयमा समेत सडकमा निस्किएका छन् । त्यो कानुन जसले कृषि क्षेत्रमा व्यापक बदलावको अपेक्षा गरिएको छ, सोही कानुनको विरोधमा उत्तरी प्रदेश देखि कार्नाटकसम्म आन्दोलन मच्चिएको छ । यद्यपि सरकार अझै पनि नयाँ कानुनद्वारा कृषि उदारीकारणको बाटो सहज हुने बताइरहकै छ ।
आज भारतमा किसानहरूको आत्महत्याको तथ्यांक निकै डरलाग्दो संख्यामा देख्न सकिन्छ । अब यहीबीच, कुनै एक गरिब किसानले नयाँ नहर खने या पुरानो कुनै नहरलाई फेरि जीवित गरे ?, यसप्रकारको बहसले कुनै मतलब राख्दैन ।
सच्चाइ त बस्, गाउँवासीको कथन हो, जो बारबार भनिरहेको छ कि गाउँमा वर्षौदेखि पानी आइरहेको थिएन । यसलाई अब ‘सिकाइएको या सुगा रटाइ’ को संज्ञा दिनु एक मूर्खता शिवाय केही होइन ।
यस किसिमको मूर्खतापूर्ण बहसले यस वास्तविकताको लुक्दैन कि, भयङ्कर गरीबीमा लौन्गीले आफ्नो जीवन बिताए । उनकाे जिन्दगी प्राय उसिनेको मकै खाएर बितेको छ । बिहारको यस क्षेत्रमा मकै शिवाय अरू कुनै पनि प्रकारको अन्नबाली उब्जिदैन । तर, यो एक कटु यथार्तता हो कि लौन्गीको शासनसत्ताको विरुद्ध तीस वर्षदेखि बिगुल फुकिरहेका थिएँ । जसको कारण लौन्गी आज भीड माझ पनि अलग तटस्थ उभिएका छन् ।
फिल्म ‘ पीपली लाइव’ किसानको आत्महत्यालाई तमाशाको रुपमा मिडियाले लियो । फिल्मको निष्कर्ष गाउँ देखि शहरतर्फ भइरहेको पलायनको वास्तविक चित्रणको तितो कथा थियो । र, यतिखेर कोरोना महामारीको कारण लकडाउन चलिरहेको छ । लकडाउन चलिरहँदा शहरको कामकाजी व्यक्तिहरू गाउँ फर्किएका छन् । तब यो प्रश्न खडा हुन्छ कि के आप्रवासी कामदार गाउँको हिस्सा हुन् सहरको ? लौन्गीको कहानीले यस प्रश्नको उत्तर दिने गर्छ ।
फिल्म ‘पिपली लाइव’ भारतीय टिभी च्यानलको रेटिङ बढाउने होडबाजीको एक कुस्ती थियो । जसको कारण पत्रकार सिर्फ तमाशा देखाउने एक नर्तकी बनेका थिए ।
लौन्गीको कहानीमा यही प्रकरण दोहोरिने प्रवल सम्भावाना देखिन्छ । तर, यस समय भारतीय मिडिया/न्यूज च्यानल ‘ड्रग सिन्डिकेटमा कुन चाहिँ अभिनेत्री सामिल छन् भनेर बहसबाजी गर्नबाट पछाडि हट्ने जमर्को गर्ला र ?’ प्रश्न उत्तर नपाउन्जेल अनुत्तरित रहने छ ।
र, यो एक तितो वास्तविकता हो कि यस व्यक्ति नहर खन्न तीस वर्ष लगाउँछ भने शासनसत्ता र सरकारको यो भन्दा ठूलो बेइज्जत, असफलता अर्को के हुनसक्छ ? यतिखेर मिडिया नहर साच्चै खनेको हो-होइन भन्ने प्रश्नमा अड्किएको छैन । जबकी लौन्गीको भनिरहेका छन् कि- नहर मैले नै खनेको हो ।
नहर पहिले थियो या थिएन ? - बहस निरर्थक
लौन्गीको कहानी एक यस्ता व्यक्तिको कहानी हो जसले असम्भवलाई सम्भव गरी देखाए । सँगसँगै यो शासनसत्ताको उपेक्षा वाम असफलताको बलियो प्रमाण पनि हो ।
एक स्थानीय पत्रकारले लौन्गीको वास्तविक धरातललाई पूर्ण रूपमा उपेक्षा गर्दै सोसियल मिडियामा लेख्ने दुस्स्हास गरे कि लौन्गीको सम्पूर्ण कहानी फौजी हो, नक्कली हो ।
ती पत्रकारले सन् १९१४ को एक योजना हवाला दिँदै भनेका छन्, कोठीलवा गाउँमा पहिले देखि नै एक नहर थियो । तर, भारतमा बिहार लगायत अन्य भूभागका यसप्रकारको समाजवादी योजनाको खात छ, जो सिर्फ कागजमा देख्न मिल्छ, निकै सुनाद्र अक्षर र मोटामोटा हस्ताक्षर सहित ।
यसप्रकारको योजना हरहमेशा बन्ने गर्दछन् तर त्यसको लाभ जनताले कहिल्यै लिन पाएका छैनन् । यही कुरा त्यो साँझ दमयन्ती देवी पनि बताउँछिन् । “इन्दिरा आवास योजनालाई लिएर घर बनाउनको लागि सरकारद्वारा मिल्ने पैसा पाउनको लागि उनले अधिकारीलाई दस हजार रुपैयाँ कमिशन दिन परको थियो। कागजमा भारत एक लोकतान्त्रिक देश हो, जहाँ लोककल्याणकारी राज्यसभा छ, प्रतिनिधिसभा छ । तर भुइँ धरातलमा एक गाउँमा पनि छ, जहाँको आवादी पिउनको लागि, सिंचाईको पानीको प्यासमा छट्पटाइरहेको थियो ।
यसप्रकारको देशमा यो बहस निर्रथक छ - नहर पहिले थियो कि थिएन ?
गया जिल्लाधिकारी अभिषेक सिंहले यसप्रकारको दावाको वास्तविकता थाहा पाउने हेतु हामीले सोधेको कुनै पनि प्रश्नको उत्तर दिएनन् । डीएम अभिषेकले यसप्रकारको दावालाई न पुर्णरूपमा खारेज नै गरे ।
त्यही प्रखन्ड विकास अधिकारीले यस प्रश्न आधाअधुरा जवाफ दिए । यसप्रकार यो बहसको तस्बिर सफेद हुनुको बदला धमिलो हुन् पुग्यो । लुतुआ ब्लकको बीडीओ सोनु कुमारले बताए, “तपाईं स्वयं यहाँ आएर टेक्निकल बहसलाई किनारा लगाउनुहोस् ।”
विभिन्न व्यक्तिले नहरलाई लिएर प्रश्न उठाएका छन्, तर यसको जवाफ दिनु लौन्गीको जिम्मेवारी होइन ।
दशरथ माँझीको त्यो कहानी
वर्षौ पहिले हामीले दशरथ माँझीको कहानी सुनेका थियौँ । दशरथ माँझी गया जिल्लाको वासिन्दा थिएँ । दशरथ माँझीलाई मिडियाले ‘ माउन्टेन म्यान’को दर्जा पनि दिलायो ।
दशरथ माँझी एक भूमिहीन मजदुर थिए । उनी पनि लौन्गी भुइयाँझैँ एक कथित निम्न जातिकै थिए । दशरथ माँझीले सन् १९६० मा गया जिल्लाको गेहलौर पहाडको काट्न शुरू गरेका थिए । २२ वर्षसम्म लगातार पहाडमा हथौडा बजारे पश्चात दशरथले पहाड काटेर ३६० फूट लम्बाई, २५ फूट गहिराइ र ३० फूट चौडाई एक विस्तारित सडक निर्माण गरेका थिए ।
दशरथ माझी र उनले खनेकाे सडक
गेहलौरको मुसहर समुदायलाई आफ्नो दैनिक जीवन निर्वाहको लागि समेत सो पहाडको चक्कर खाएर करिब ७५ किलोमिटरको बाटो हरदिन तय गर्न पर्थ्यो ।
दशरथ माँझी, जो पहाड पारीको एक जमिन्दारको खेतमा काम गर्ने गरिब किसाब/मजदुर थिए । उनी पनि दिनहुँ सोही पहाड चढेर कामको लागि जाने गर्दथे। एकदिन दशरथको पत्नी पहाडबाट तल खसिन, सख्त घाइते भइन् ।
यहि घटनाले दशरथ माँझीलाई यो जंगी पहाड काटेर बाटो बाउने निचोडमा पुर्यायो । आफ्नो बाख्राहरू बेचेर उनले एक हथौडा र छिनो खरिद गरे । तत्पश्चात दिनहुँ उनी बिहानदेखि साँझसम्म पहाड काट्न निरन्तर साहससहित जुटिरहे । यसबाट उनको बाटो करिब ५ किलोमिटर छोटो पर्न गयो ।
हाड काटेर दशरथ माँझीले बाएको सो सडकको आसपास करिब ६० गाउँहरू अहिले लाभान्वित छन् । दशरथ माँझीको सन् २०१६ मा निधन भयो ।
लौन्गी भुइयाँ, दोस्रो दशरथ माँझी :
यतिखेर तीस सालमा तीन किलोमिटर लामो नहर खनेका लौन्गी भुइयाँलाई ‘दोस्रो दशरथ माँझी’को नामले पुकार्न थालिएको छ ।
लौन्गीको सफलताको बारे गीत लेखिएको छ । यति मात्रै होइन, लौन्गी भुइयाँलाई बिहार सरकारले ‘जल जीवन हरियाली योजना’को ब्राण्ड एम्बेसडर समेत बनाएको छ ।
दशरथ माँझीको निधनको समय दशरथ माँझीद्वारा बनाइएको ताजमहल बारबर हैसियत दिने माग भएको थियो । सो सडक दशरथ माँझीको प्रेमको प्रति लगाव थियो । सो सडक दशरथ माँझीको प्रेमको अटुट प्रतिमा थियो ।
आनन्द महिन्द्राले यहि कुरा लौन्गी भुइयाँको बारेमा सोसियल मिडियामा लेखेका छन् ।
आनन्द महिन्द्राले लेखेका छन्, “भुइयाँले खनेकाे नहर ताजमहल भन्दा कम छैन । तर, लौन्गी भुइयाँले ताजमहल देखेका छैनन् । उनलाई यो कुरा पनि थाहा छैन कि ताजमहल एक बादशाहको प्रेमको निशानी हो ।”
यदी लौन्गी भुइयाँले खनेको नहर केही हो त त्यो एक व्यक्तिको मेहनतको फल हो । एक व्यक्तिको जिद्दीपनाको मिसाइल हो। यो शासनसत्ताको विरुद्ध फुकिएको संघर्षको एक विगुल हो ।
बीबीसी हिन्दीबाट नेपालीमा अनुवाद (राजु झल्लु प्रसाद)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...