नेपाली रंगमञ्च र सिने जगतको बलियो हस्ताक्षरको नाम हो बिपिन कार्की । उनले काठमाण्डौँको गुरुकुल थिएटरमा कमलमणी नेपाल र उनका गुरु सुनिल पोखरेलसँग 'मञ्च' नाटक प्रस्तुत गरेर सन् २००५ देखि आफ्नो रंगमञ्चको सफर सुरुवात गरेका थिए । त्यो भन्दा अगाडि उनले कलिलो उमेरमा आफ्नो दाई अर्जुन कार्कीसगँ स्टेज नाटकहरुमा प्रस्तुति दिँदै आएका थिए । उनले एक स्कृन अभिनेताका रुपमा पहिलोपटक 'लुट' चलचित्र (२०१२)मा छोटो भूमिकाबाट चलचित्र यात्रा सुरु गरे । त्यसपछि 'छड्के', 'पशुपति प्रसाद' , 'प्रसाद', 'जात्रा', 'द ब्ल्याक हेन','जात्रै-जात्रा','सेल्फी किङ्ग' जस्ता चलचित्रमा अभिनय गरेर आफुलाई एक कुशल कलाकारको रुपमा स्थापित गरिसकेका छन् । उनले उत्कृष्ट अभिनय मार्फत नेश्नल फिल्म अवार्ड(२०१६), डि सिने अवार्ड (२०१६),९ औँ डि सिने अवार्ड (२०१७), डि सिने अवार्ड (२०१९) र FISCON क्रिटिक्स अवार्ड (२०१७) को उपाधि समेत जितिसकेका छन् । उहाँसँगको छोटोमिठो गन्थनको क्रममा उहाँको मूडलाई तस्वीरमा उतार्ने प्रयास गरेका छौँ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...