नेपाली लोक नृत्यलाई संस्थागत गरेर विधाको रूपमा विकसित गर्न महत्त्वपूर्ण योगदान दिने बहुआयामिक प्रतिभाको धनी व्यक्तित्व हुन् नृत्यगुरु भैरवबहादुर थापा । 

नेपाली लोकनृत्यका प्रवर्तक, लोक संस्कृतिका अन्यान्य पक्षमा समर्पित साधक, स्रष्टा, शिल्पी र अध्येता भैरव बहादुर थापाले आजसम्म कसैले लेख्न आँट गर्न नसकेको कलात्मक-शास्त्रीय कृति रचेर नेपालको गौरव बढाएका छन् । 

६५ वर्ष लगाएर नाचको प्राविधिक पाटोलाई समेटेर उनले ‘नृत्याक्षर विज्ञान’ नामाक एक अभूतपूर्व कृति तयार पारेका छन्, जसले ०७८ को जगदम्बा श्री पुरस्कार समेत प्राप्त गर्यो । 

काठमाडौं उपत्यकाको कला, संस्कृतिलाई प्रचारप्रसार गर्न आफ्नै अग्रसरतामा उनले विस २०१० मा ‘भैरव नृत्य दल’ सुरु गरेका थिए, जसबाट उनले विभिन्न कार्यक्रमहरू भारत, चीन एवं युरोपेली देशहरूसम्म पुर्याई नेपाली लोक-संस्कृतिको प्रदर्शन गर्ने-गराउने काम गरेका छन् । यसकारण उनी नेपालको पहिलो सांस्कृतिक सूत्राधार समेत हुन् । थापा नेपाली मूकनाट्य (ब्याले) र गीतिनाट्य (अपेरा)को सुरुवात गर्ने प्रथम सर्जक हुन् । 

९० वर्ष पुगेका उनी अझै पनि फुर्तिला देखिन्छन् । गोलो अनुहार, हँसिलो मिजास अनि आकर्षक ‘वाक् शैली' भएका उनै नृत्यगुरु भैरवबहादुर थापासँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएको छः








यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार