नबिन सुब्बा एक नेपाली फिल्म निर्देशक, पटकथा लेखक र निर्माता हुन्। उहाँलाई सामान्यतया नेपाली सिनेमामा 'चौथो सिनेमा'आन्दोलनको अग्रणी व्यक्तित्व र अग्रगामीको रूपमा लिइन्छ । जसले नेपाली आदिवासी समुदायमा फिल्मको आधार बनाउँदछ। उनीद्वारा निर्देशित शेर्पा समुदायमा आधारित चलचित्र 'खान्ग्री' र लिम्बु समुदायमा आधारित चलचित्र 'नुमाफुङ' लाई विश्वभरिका धेरै चलचित्र समारोहहरूमा सम्मानित गरिएको छ। उनीद्वारा निर्देशित अर्को पछिल्लो चलचित्र 'गुडबाई काठमाडौँ ' पनि विभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भैसकेको छ । उनले निर्देशन गरेको टिभी सिरियल 'दलन' नेपाल टेलिभिजनको इतिहासको सबैभन्दा लोकप्रिय धारावाहिक सिरियल हो,यस सिरियललाई विकासोन्मुख देशहरूमा सामाजिक मुद्दामा उल्लेखनीय कार्यका लागि बेलायतको एक विश्व मिडिया ट्रस्टको लागि मनोनित समेत गरिएको थियो। उनी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फिल्म पुर्याउने पहिलो फिल्म निर्देशक,निर्माता हुन् । जसले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा भाग लिएका थिए । सुब्बा विगत नौ बर्षदेखि वार्षिक रूपमा काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (NIIFF) आयोजना गर्ने आदिवासी फिल्म संग्रह (IFA) को प्रमुख पनि हुनुहुन्छ । उहाँसँगको गन्थनको क्रममा उहाँको मूडलाई तस्वीरमा उतार्ने प्रयास गरेको छौँ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...