संगीत सुर ताल मात्र होइन । संगीत जीवनको साधना हो, ध्यान हो । र त्यो ध्यानमा आफुलाई सधैँ तल्लिन राख्न रुचाउने र आफुलाई अभिव्यक्त गर्न रुचाउने कलाकारहरुको नाम मध्येको एक नाम हो गायक तथा संगीतकार भुपू पाण्डे ।

दाङमा जन्मिएका पाण्डे केन्द्रमै रहेर विगत एक दशक देखि संगीत कर्ममा निरन्तर लागिरहेका छन् । सरल र मिजासिलो स्वभाव उनको परिचय हो । उनी गायक बन्ने सपना बोकेर बि.सं २०६२ सालमा काठमाण्डौँ छिरेका हुन् । चाहे २०६६/६७ तिर क्लबमा अक्टो प्याड बजाएर होस्, या भजन मण्डलीसँग भजन गाएर होस् अथवा अहिले कमर्सियल गायन तर्फ रहेर होस् । उनले संगीतमा आफ्नो आयु खर्चिनै रहेका छन् । 

सरस्वती भजन गाएर सुरु गरेको उनको गायन यात्रामा आजसम्म ५० बढि गीतमा आवाज दिइसकेका छन् भने ३०/ ३५ को हाराहारिमा संगीत भरिसकेका छन् । म्यूजिक भिडियोमा चरित्र खोज्नु र इमान्दार भएर चरित्र निभाउनु उनको अर्को खुबी हो ।  उनको 'छोटो छ जिन्दगी फोटो खिचेर राख', 'चम्पा', 'मालती' लगायत गीतहरु दर्शक स्रोताकाे मनमा बस्न सफल गीतहरु हुन् । पछिल्लो समय उनका गीतहरुले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेका छन् ।  'द मार्जिन'ले उहाँसँग गरेको कुराकानीको क्रममा उहाँको मूडलाई यसरी कैद गर्ने प्रयास गरेको छौँ ।







 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार