सुनिल पोख्रेल बरिष्ठ रङगकर्मी हुन् । आधुनिक नेपाली रङगमञ्चलाई सबैभन्दा बढी उचाई (मंचन, स्कूलिङ, सृजना, संवाद र आलोचनात्मक सँस्कृति) दिने श्रेय उनैलाई जान्छ । कलाका समग्र विधा र स्रष्टाहरुलाई एकआपसमा घुलमिल बनाउने श्रेय पनि उनीलाई दिए हुन्छ । उनी 'आरोहण', 'गुरुकुल' र 'ज्ञ' मार्फत नाट्यविधामा निरन्तर सक्रिय छन् । द डल्स हाउस, कर्णाली दख्खिन बग्दो छ, रसोमन, जयमाया आफुमात्र लिखापानी आइपुगी, लगायत दर्जनौ उनका नाटक नेपाली रङगमञ्चका अमिट छापहरु हुन् । उनै रङगकर्मी सुनिल पोख्रेलसँग हामीले केही अन्तरङग संवादहरु गर्याैं। यो स्तम्भ ति समग्र गन्थनको लागि नभई, गन्थनको बेला खिचिएका फरक मुडका तस्वीरहरुका लागि शुरु गरिएको हो ।







फोटोः जेडी तमु**


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार